अर्थशास्त्रमा नयाँँ मोडल बनाउने व्यक्तिहरु नोबेलको लागि उपयुक्त मानिन्छन्
डा. विश्व पौडेल ।
यसपाली अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने हिडो इम्बेन्सले बर्कलिमा मलाई एप्लाइड एकोनोमिक्सको कक्षा पढाएका थिए। उनको दुइवटा डिपार्ट्मेन्ट्मा सयुक्त अप्वाइन्टमेन्ट थियो। सबै विद्यार्थीलाई माया गरेर व्यवहार गर्थे। उनकी श्रीमती पनि अत्यन्त प्रभावशाली अर्थशास्त्री हुन (सुसान अथे)। बर्कलिमै श्रम अर्थशास्त्रका प्राध्यापक डेभिड कार्डको त्यहिवेला देखी ढिलो चाँडो नोबेल पाउने व्यक्तिको रुपमा चर्चा थियो। कार्डले बेट्स क्लार्क मेडल जितिसकेका थिए। अर्थशास्त्रमा नयाँँ मोडल बनाउने वा नयाँँ मेथड ल्याएर त्यसलाई लोकप्रिय वनाउने व्यक्तिहरु नोबेलको लागि उपयुक्त मानिन्छन। यिनीहरु दोश्रो खालका हुन। एङ्रग्रिस्ट बास्टनमा एमआइटिमा पढाउँथे र निकै प्रभावशाली थिए। मैले सम्झदा यि जम्मै प्रोफेसरहरु सज्जन र सिदासादा,ऋषिमुनिजस्ता , थिए, रिसर्चमा रातोदिन लाग्थे र विद्यार्थीहरुसँग नजिक भएर काम गर्थे।
अर्थशास्त्र भनेकै story telling हो। यसो भयो भने यसो हुन्छ भन्ने। ९० को दशक मा ठुलाठुला तथ्यांकमा कम्प्युटरको प्रयोग गरेर नतिजा निकाल्ने चलन शुरु भयो। त्यही बेला कजल इन्टर्प्रिटेसन कसरी गर्ने भन्ने सोचाइमा पनि निकै क्रान्ति भयो जस्तो लाग्छ। ९० कै दशकमा हो, रिग्रेसन गर्नेहरुलाई सेमिनारहरुमा तिम्रो रिसर्च क्वेसनको “इन्डाजनिटी इस्स्यु ” के हो र ” आइडेन्टिफिकेसन स्ट्राटजी ” के हो भनेर दुई वटा प्रमुख प्रश्न सोध्ने गरिएको। यसको लागि यो वर्ष नोबेल पाउनेहरुको सवैभन्दा धेरै योगदान छ।
अर्थशास्त्रमा साना साना कुरामा पनि अझै सहमति बनेको छैन। उदाहरणको लागि धनीमानिलाई कर घटाए के हुन्छ भन्ने कुरा। कर घटाए पनि उसले फेरी लगानी गर्ने भएकोले साधारण मान्छेले जागिर पाउँछन र अर्थतंत्रले गती लिन्छ वा धनी झन धनी हुँदै जान्छन र असमानता तथा अस्थिरता बढ्छ ? अरु कुरा के गर्नु, डिमान्ड कर्भको डाउनवार्ड स्लोप हुन्छ भन्ने कुरा पनि फिजिक्स मा जस्तो मान्य छैन। अर्थात कुनै चिज को भाउ बढ्यो भने त्यसको माग कम हुन्छ? हो जस्तो लाग्छ तर हाम्रो देशको शेयर मार्केट सम्झनुस् त , पोहोर साल जतीखेर शेयरको भाउ बढ्दै थियो, त्यो बेला सबैभन्दा बढी माग थियो। त्यसैले यो बेथितिलाई “कजल” सम्बन्ध हरु पत्ता लगाउन गरिने धेरै रिसर्च ले विस्तारै क्लियर गर्दै लैजानेछन भन्ने विश्वास गर्नसकिन्छ।