धूर्त नगरी



हरिप्रसाद रिमाल ।

(‘मनोज दास’रचित यो कथा निकै मनोरञ्जक र धूर्तहरूको अनौठो चर्तिकलायुक्त लागेर अनुवाद गरी यहाँ प्रस्तुत प्रस्तुत गरिएको छ )।

१.धेरै वर्ष पहिलेको कुरा ! । कुनै देशमा एक व्यापारी थिए । ती व्यापारीले दुई घोडा पालेका थिए । एक दिन तिनले आफ्नो छोरा अर्जुनलाई बोलाएर भने ‘छोरा हामीसँग असल जातका दुई घोडा छन् । म बुढो भैसकेँ जान सक्तिन । यिनलाई लिएर तिमी जाउ र यस्तो ठाउँमा लगेर बेच, जहाँ बेच्दा हामीलाई बढीभन्दा बढी रुपयाँ आओस् । हाम्रो घरबाट दक्षिणतर्फ एक यस्तो देश छ, जहाँ लगेर बेच्यौ भने धेरै पैसा आउँछ । बाबुको कुरा सुनेर अर्जुन पनि बहुतै खुशी भयो । त्यस बेला उसका बाबुले उसलाई सचेत गराएर भने — ‘कुनै पनि हालतमा पश्चिमतर्फ चाहिं नजानू है ! । त्यता गयौ भने धूर्तको देशमा पुग्छौ । त्यसपछि त त्यहाँबाट उम्किएर हिढ्न नै नसकिने हुन्छ । एक पटक म पनि त्यहाँ जाँदा फेला परिसकेको छु ।’

२.ती व्यापारीले ‘आफू कसरी फसेँ’ भन्ने कुरा छोरालाई यसरी बताए । —‘छोरा अर्जुन तिमी सानै थियौ म पन्ध्र वर्षअघि व्यापारको सिलसिलामा बाहिर जानुपर्ने भयो । जाँदा मैले बाहिरको रहन—सहन देख्छ, सिक्छ पनि भन्ने विचारले तिम्रो दाजुलाई पनि सँगै लिएर गएँ । फर्कँदा भुलवश हामी त्यही पश्चिमतर्फको अनजान देशमा पुग्यौँ । डर त निकै लागेको थियो । तैपनि रात परिसकेकाले हामी एक होटेलमा गएर बास बस्यौँ । भोलिपल्ट होटेलवालालाई पैसा तिरेर हिढ्नै लागेका बेला होटेलवालाको भाइ दौडँदै आयो र छाती पिटी पिटी रुन थाल्यो । उसको भनाइअनुसार उसकी श्रीमतीले मरेको बच्चा जन्माई र त्यसको दोषी म हुँ अरे ।

म त आश्चर्य चकित भएँ । त्यस बेला त्यस धूर्तले भन्यो—‘ हिजो जब तिमी घोडाबाट ओर्लदैँ थियौ त्यस बेला बेसरी छिटो छिटो सास फेरिरहेका थियौ । त्यस बेला होटेलबाट उँडेर बाहिर जान लागेको एक किरो तिम्रो कडा सासको कारण डराएर त्यहाँबाट फर्किएर होटेलभित्रै पस्यो र जहाँ मेरी श्रीमती सुतिरहेकी थिर्ई त्यही पुग्यो । मेरी श्रीमतीको बच्चा जन्मनेवाला थियो । किरो उसको नाकमा छि¥यो । उसले जोरले ‘हाच्छ्युँ’ गरी । त्यसले गर्दा पेटको बच्चा मर्यो ।’ .‘म उसका ती झुटा कुराको प्रतिवाद गर्दै थिएँ त त्यस बखत त्यहाँ थुप्रै मानिसहरूको भिड लाग्यो । त्यहाँ जम्मा भएका सबै मानिसहरूले उसकै पक्ष लिए र तिम्रो दाजुलाई बलजफती नै समातेर लगे । अहिले पनि ऊ तिनीहरूकै घरमा नोकर भएर काम गरिरहेको होला ।’यति भनेर बाबुचाहिनेले गहभरी आँशु बनाए ।
३..आफ्ना बाबुको कुरा सुनेर र अवस्था देखेर छोराले भन्यो—

‘ पिताजी म कुनै पनि हालतमा त्यस देशमा जाने छैन । तपाइँ ढुक्क हुनुहोस् ।’यति भनेर अर्जुन दुवै घोडा लिएर घरबाट निस्कियो केही दिन हिडेपछि बाटामा एक नदी देखियो । त्यस बेला नदीमा बाढी आएको थियो । उक्त नदी घोडा सहित तार्न माझीहरूले ‘आफ्नो डुङ्गा सानो भएकाले नसकिने’ भने । साथै उनीहरूले ‘थोरै पश्चिमतर्फ गएदेखि ठूलो डुङ्गा भएको माझी भेटिन्छ र उसले तारिदिन सक्छ ’ पनि भने । त्यसपछि अर्जुन पश्श्चिमतर्फ लाग्यो । त्यहाँ जाँदाजाँदै ठूलो आँधीबेहरी आयो । अर्जुनलाई आफू र घोडा बचाउन नै मुस्किल होला जस्तो अनुभव भयो । त्यसै बखत उसले पश्चिमतर्फको पहाडमा धुवाँ आएको देख्यो र आफ्ना दुबै घोडा सह्मालेर ऊ त्यस पहाडमा चढ्न थाल्यो । अब आँधी थामियो । अर्जुनले पहाडको तलतिर यसो हेरेको त एक गाउँ देख्यो । त्यसै बखत उसले सोच्यो कि ‘कतै त्यो ‘धूर्त नगरी’ त होइन ? फर्काैैं क्यार !’तर मनमा कुतुहलता पनि उत्पन्न भयो । उक्त पहाडको किनारबाट अलिकति नुहेर यसो तल गाउँतिर हेरेको त उसको खुट्टा चिप्लियो र ऊ तल गाउँको नजिकै पछारिन पुग्यो । उसका घोडाहरू पनि उसलाई पछ्याएर त्यही आइपुगे । त्यसै बखत एक बुढो मानिस जो त्यही बाटो कतै जाँदै थियो, अर्जुनकै नजिकमा आइपुग्यो । उसलाई देखेर अर्जुन पनि पछारिएको ठाउँबाट उठ्यो । भाग्यले उसलाई कुनै गहिरो चोट लागेको थिएन । त्यस बेला त्यस बुढो मानिसले उसलाई गहिरोसँग हेरिरहेको उसले देख्यो । अर्जुनले मनमनै सोच्यो ‘धूर्तका देशमा पनि यस्ता अपरिचित मानिसलाई ख्याल गर्ने मानिस हुँदारहेछन् ।’ यस्तो सोचेर ती बुढालाई धन्यवाद दिने विचार मात्र के गरेको थियो त्यसै बेला त्यो बुढो मानिस बेसगरी डाँको छोडेर रुन पो लाग्यो । बुढो छाती पिटी पिटी रोइरहेको थियो । ऊ भन्दै थियो ‘ ए मेरो प्यारो छोरा भ्यागुता ! मेरो बच्चा ! म तेरो मृत्युको बदला कसरी लिउँ ।’

.अर्जुनले केही सम्झन सकेन । ‘कस्तो भ्यागुतो ? कुन भ्यागुतो ?’ त्यस बुढाको त्यो अलाप—बिलाप सुनेर गाउँलेहरू जम्मा भए । उनीहरूले त्यहाँको स्थानीय भाषामा बुढासँग केही कुराकानी गरे र अर्जुनतिर फर्किएर भने ‘ यी बुढाको कुनै सन्तान छ्रैन । त्यसै भएर यिनले एक भ्याकुतोलाई नै छोरो बनाएर पालेका थिए । त्यो भ्यागुतो बुढालाई असाध्यै माया गथ्र्यो र बुढा पनि उसका लागि ज्यान दिन पनि तयार हुन्थे । आज त्यही भ्यागुतो तिमी पछारिँदा किचिएर म¥यो । अब यस दुनियाँमा उनलाई माया गर्ने कोही पनि छैन ।’ उनीहरूले त्यति भनिनभ्याउँदै अरु अरु गाउँलेहरू पनि आए र रुन कराउन थाले । अर्जुनको होसहवास गुम भयो र ऊ अब जतिसक्यो चाँडो त्यहाँबाट भाग्न चाहन्थ्यो । उसले सोध्यो ‘अब बुढा मान्छेको चित्त कसरी बुझ्छ ?’त्यसपछि त त्यो बुढाले एक्कासी भन्यो ‘मलाई तिम्रा दुई घोडामा एक घोडा देउ ।’
आश्चर्यचकित हुँदै अर्जुनले भन्यो ‘ भ्यागुताको बदलामा घोडा ?

त्यसपछि बुढाले भन्यो —‘ ए युवक ! मलाई तिम्रो भनाई समझमा आइरहेको छैन के छोरोभन्दा घोडा किमती हुन्छ ?’
अर्जुनले यस विषयमा लामो बहस ग¥यो तर उसको केही लागेन । आखिर भ्यागुताको बदला एक घोडा दिएर ऊ बाटो लाग्यो ।
अर्को घटना

१. त्यसरी अनाहकमा एक घोडा छोडेर त्यस गाउँबाट हिढ्नुपर्दा ऊ ज्यादै दुखित भैरहेको थियो । मनमा नानाथरीका कुरा खेलाउँदै जाँदा ऊ एक अर्कै गाउँमा पुग्यो । उसलाई ज्यादै भोक र तिर्खा पनि लागेको थियो । उसले जाँदै गर्दा बाटामा पर्ने एक घरको ढोका ढकढक्यायो । त्यस घरबाट एक कानो मानिस निस्कियो । ऊसँग उसले केही खाने र पिउने कुरा माग्यो । त्यस कानो मानिसले भन्यो —‘खाने कुरा त केही छैन । तर पिउने कुरा दिन्छु । पानी बेसरी पिउ पेटभरिइहाल्छ नि । आखिर पेट भर्नु हो’ अर्जुनले पानी खायो र उसलाई धन्यावाद दियो ।

२.जब अर्जुन हिढ्न लाग्यो त त्यस कानाले उसको बाबुको नाम सोध्यो । अर्जुनले सोझै आफ्ना पिताको नाम बतायो त त्यस कानो मानिसले अर्जुनको पिताको नाम सुन्नासाथ उसको नारीमा च्याप्प समायो र भन्यो—‘युवक आखिर तिमी भेटिइहाल्यौ । सुन बीस वर्षपहिले तिम्रो देशमा म व्यापारका लागि गएको थिएँ । दुर्भाग्यले मेरो सबै पैसा चोरियो । म तिम्रो पिताजीलाई रामरी चिन्थें  । मैले उनीसँग केही पैसा सापट मागें । उनले पैसा सापटी दिन स्वीकार त गरे तर केही धरौटी मागे । त्यस बेला मसँग धरौटी राख्यो  कुरा केही थिएन । तिम्रा पिताले भने —‘तिमीसँग धरौटी राख्यो  केही कुरा नभए एक आँखा झिकेर देउ ।’ मलाई पैसाको अत्यन्तै खाँचो थियो । त्यसैले मैले एक आँखा झिकेर तिम्रा पितालाई दिएको थिएँ र उनले त्यो आँखा ‘एक वर्षपछि यसै हाम्रो देशमा आएर फिर्ता दिउँला’ भनी जमान गरेका थिए । उनले कबोल गरेको बीस वर्ष बितिसक्ता पनि मेरो आँखा फिर्ता गरेका छैनन् । अहिले तिमी भेटिएका छौ । अब मेरो आँखा फिर्ता गर । बाबुले लिएको ऋण छोराले तिर्नुपर्छ । अब तिमी मेरो आँखा देउ र तिम्रो बाबुले मलाई दिएको रुपयाँ फिर्ता लैजाउ ।’

३. हेर्दाहेदै त्यस कानो मानिसका साथीहरू जम्मा भए । अर्जुन अक्क न बक्क भयो र उसले भन्यो ‘मलाई तपाइँको आँखाका बारेमा केही थाहा छैन । मैले के गर्नुपर्ने हो भन्नुहोस् र मलाई जान दिनुहोस् ।’ ‘तिमी जान सक्छौ तर तिम्रो घोडा छोडेर मात्र ।’ कानाले भन्यो । अर्जुनले अब आफ्नो अर्को घोडा पनि त्यहाँ छोडेर जान पर्ने भयो । पहाडबाट लडेकाले उसको शरीर थङ्थिलो भएको थियो भने आफ्ना दुबै घोडा गुमाउनु परेको पीडाले पनि उसलाई अत्यन्तै मर्माहत बनाएको थियो । भोकले गर्दा पनि ऊ हल न चलको अवस्थामा पुगेको थियो । त्यसैले ऊ एक रुखको फेदमा बसेर रुन थाल्यो ।

४. त्यसै बखत एक नवयुवक त्यहाँ आइपुग्यो । उसले त्यसरी रोइरहेको अर्जुनलाई देखेर सोध्यो ‘किन रोइरहेका छौ भाइ को ह्वौ तिमी ?’ त्यो युवक पनि कुनै धूर्त नै होला भन्ने ठानी अर्जुन बोलेन । तर त्यस नवयुवकले निकै दयालु भावले पुनः पुनः सोध्यो । त्यसपछि अर्जुनले पनि आफ्नो मनको बह पोखी सबै कुरा बतायो । त्यसपछि त्यस युवकले पनि प्रण गर्यो अर्जुनको अगाडि— ‘जसरी पनि तिम्रो घोडा फिर्ता गराएर नै छोड्ने छु । हिड राजाकहाँ जाउँ ।’

.पहिले त अर्जुन जान हिचकिचायो । पछि उसले विचार गर्यो ‘अब जता गएपनि मसँग के छ र ? के होला र ? केही भयो भने घोडा फिर्ता पाउँला नभए जे होला होला ।’ ऊ त्यस युवकको पछि लाग्यो । त्यस युवकले राजाका अगाडि गएर के के भन्ने भन्ने कुरा पनि सबै बतायो ।
अर्जुनले गरेको उजूरीका आधारमा राजाले त्यस तथाकथित भ्यागुताका पिता बुढा र काना दुवैलाई दरबारमा उपस्थित गराए ।

.त्यस बुढाले आफूले ‘कसरी भ्यागुतालाई धर्मपुत्र बनाएको थियो र अर्जुनको थिचाइबाट कसरी ऊ मर्यो ।’ भन्ने कुरा बतायो । उसको कुरा सकिएपछि अर्जुृनले पनि आफ्नो पगरीबाट एक भ्यागुतो निकालेर भन्यो —‘महाराज ! यो मेरो धर्मपुत्र भ्यागुतो हो । यसलाई पनि त्यस पहाडको फेदीमा लगेर राखियोस् र यी बुढाले डाँडाबाट लडेर गई यिनको धर्मपुत्रलाई मैले किचेर मारेको झै गरी थिचेर मारुन् ।’ राजाले भने ‘ यो माग ठीक छ । अब यी बुढालाई त्यसै गर्न लागाइने छ । ’ यो. कुरा सुनेर बुढाको होस—हवास गुम्यो । ऊ अर्जुनको घोडा फिर्ता गरेर त्यहाँबाट ज्यान बचाएर भाग्यो ।

७.अब कानाको मुद्दा हेरिने पालो आयो ‘कानाले आफ्नो भनाइ राखेपछि अर्जुनले भन्यो —‘महाराज मेरा पिताजीको निश्चय नै मानिसहरूको आँखा जम्मा गर्ने उहाँको अनौठो सौख थियो । त्यसैले हाम्रो घरको गोदाममा सयकडौँ आँखाहरू छन् । म यी व्यक्तिको आँखा फिर्ता गर्न त तयार छु । तर आँखाहरूको थुप्रोबाट यी व्यक्तिको आँखाको पहिचान गर्न मुस्किल छ । त्यसैले यिनको यो अर्को आँखा नमूना निकालेर लैजान पाएँ भने मलाई यिनको जोडा आँखा खोज्न सजिलो हुन्छ । महाराजबाट आज्ञा पाए म यिनको यो आँखा निकालेर नमूनाको लागि लिएर जाने थिएँ । ‘ ‘अहो कस्तो गजबको सुझाब ल त्यसै गर ’ भने राजाले । काना आफ्नो बचेको एक आँखा झिकेर दिन तयार थिएन । त्यसैले उसले कुनै प्रतिवाद नै नगरी अर्जुनको घोडा फिर्ता गरेर कुलेलम ठोक्यो ।

८. त्यसपछि त्यस नवयुवकले अर्जुनलाई भन्यो हिँड अब म तिमीलाई सीमासम्म पु¥याएर आउँछु जसले गर्दा तिमीले धूर्तहरूको फेला पर्न नपरोस् ।

यसरी जाँदै कुरा गर्दै गर्दा अर्जुनले त्यो नवयुवक अरु कोही नभएर आफ्नै हराएका दाजु हुन् भन्ने चिन्यो । तिनलाई लामो समयसम्म त्यस देशका बुढाबुढीले दास बनाएर राखेका थिए । तिनीहरू भरखरै मरेका थिए र त्यो युवक घर जाने ताकमा थियो । धूर्तको देशमा त्यति धेरै वर्षसम्म रहेर काम गर्दा उसले थाहा पाइसकेको थियो कि उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ ।

९. अब दुबै भाइ  धूर्त नगरीबाट बाहिर निस्किए । दुवै दक्षिण देशमा गए र आफ्ना दुबै घोडा महङ्गो दाममा बेचेर घर फर्किए । आफ्नो पहिले हराएको छोराका साथै अर्को छोरासँग समेत भेटेर उनीहरूका बाबु अति नै हर्षित बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

संसदको गतिरोध हटाउन प्रधानमन्त्रीले र कांग्रेससँग छलफल गर्दै

काठमाडौं । संसदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल