विचारको ग्राह्यता…



डा. गोविन्दशरण उपाध्याय

मेरो विचार र मैले प्रतिपादन गरेको सिद्धान्त नै असली सिद्धान्त हो र पूर्ण छ अरूचाहिं अपूर्ण छन् भन्ने पूर्वाग्रह भएका केही विद्वानहरू भेटेको छु । आफ्नो विचार सन्तान भन्दा प्यारो हुन्छ तर जसरी फलानोका सन्तानहरू सबैका लागि “प्रिय र स्वीकार्य“ हुँदैनन् तेसैगरी विचारहरू पनि सबैका लागि मान्य वा स्वीकार्य हुँदैनन् ।

निश्चयनै विचारका (Concept) जन्मदाताले आफ्ना विचारहरू स्थापित होउन्, स्वीकार्य होउन् भन्नका लागि निरन्तर प्रयत्न गरिनै रहनु पर्छ तर यदि “मेरा विचार मात्रै“ भन्ने पूर्वाग्रह रह्यो भने यस्तो विचार केवल “मतग्रह“ हुन्छ । अन्त्यमा, पूर्वाग्रहको आगोमा “राम्रो“ सिद्धान्त पनि जलेर सधैंका लागि समाप्त हुन्छ । समालोचनात्मक पूर्वाग्रह अनुचित हुँदैन ।

पूर्वाग्रह मान्छेको प्राकृतिक स्वभाव हो । पूर्वाग्रहसहित व्यक्ति भेट्न सजिलो छैन । नाम, जातथर, परिवार, गाउँ, जिल्ला, देश र अन्त्यमा मानव–समाजका लागि मान्छेको पूर्वाग्रह विभिन्न रूपमा प्रकट हुन्छ । मानवाधिकार र मानवतावादको चर्चाको तुलनामा पशुअधिकार, प्राणीमात्रको अधिकार निकै कमजोर देखिन्छ । उदाहरणका लागि राष्ट्रवाद पनि एउटा पूर्वाग्रह नै हो तर एस्तो पूर्वाग्रहलाई “धेरैको समर्थन“ प्राप्त हुन्छ ।

विचारप्रतिको पूर्वाग्रह पनि यस्तै हो । यदि विचार–निर्माताका विचारहरूले दोस्रो पक्षलाई प्रभावित पार्न सफल भयो भने क्रमशः घनिभूत हुँदै जान्छ, एउटाबाट अर्कोमा सर्दै जान्छ र विचार–निर्माताको देवत्वकरण पनि हुन्छ । जतिधेरै विचार फैलिन्छ त्यतिनै विचार–दाता प्रतिष्ठा बढ्छ । तर विचारको स्वीकार्यता भने निकै “काकताली“को विषय हुन्छ ।

विचारहरूले सिद्धान्तको रूप तेतिवेलामात्र लिन्छन् जव विचारदाताहरू बीच “विचार“को स्वीकार्यता बढ्छ । जतिसुकै महत्वपूर्ण विचार भए पनि विचारदाताहरूले स्वीकार्न नगर्दासम्म सवन्धित विचार “सिद्धान्ततह“मा उक्लन सक्दैन । एउटा विचार कुन वेला सिद्धान्तका रूपमा स्थापित हुन्छ, भविष्यवाणी गर्नै सकिन्न ।

मनोबैज्ञानिक तत्थ्य के हो भने मान्छेको मष्तिस्कमा प्रकट हुने विचारहरू आवश्यकता, वातावरण, भोगाई, बुझाई तथा सम्बन्धित व्यक्तिको पृष्ठभूमिमा आधारित हुन्छन् । केही विचार अकस्मात मानवीय बुद्धिमा झुकिन्छन् भने केही विचारहरू निरन्तर साधनाले खारिएका हुन्छन् । तर विचारशून्यता असम्भव नै हुन्छ भन्ने कुरा गीताले पनि स्वीकार गरेको छ ।

सबै विचारहरू सिद्धान्त हुँदैनन् तर सिद्धान्त निर्माणको लागि विचार चाहिन्छ । विचारहरूलै सिद्धान्तका कच्चापदार्थ हुन् । विचारहरूको अविछिन्न शृंखलाबाट सिद्धान्त बन्न सक्ने विचारहरूको पहिचान र ती पहिचानहरूको क्रमबद्ध व्यबस्थापन सजिलो काम होइन । यो काम केवल मान्छेले गर्न सक्छ । स्मरणको निरन्तरतालाई सिद्धान्त भन्न मिल्दैन ।

चिन्तनले विचारहरु प्रगाढ हुन्छन् । चिन्तनले विचारहरुलाई अझैं घनिभूत, व्यवहारिक र सैद्धान्तिक आवरणमा रुपान्तरित गर्छन् । विचारहरू सरल, सहज र परिवर्तनशील हुन्छन् भने चिन्तन प्रगाढ, कम परिवर्तनशील र अलिअलि पूर्वाग्रहयुक्त हुन्छन् । जव विचारहरू स्थिर बन्न थाल्छन् यसको अर्थ हुन्छ, विचारहरू चिन्तनको तहमा परिपक्व हुँदैछन् । चिन्तनको तहमा प्रवेश नगर्ने विचारहरू स्वतः नष्ट हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरौं

-सुदन किराँती । साथीहरु फेरि भन्छु ! म धरानमा विमानस्थल बनाउन चाहन्थें तर

नवलपरासीको पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख भन्दाबढी हिनामिना

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको

मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै समाधान गर्न सक्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजलाई फेरि सामन्ती

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित

काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन्