किन एमसीसीको मात्र कुरा ?



डा. युवराज संग्रौला ।
राजनीतिलाई बिम्ब बनाएर हेरौं । कोही पनि देश र जनताको कुरा गर्दैनन्, हाम्रो देशमा । कोही एमसीसीको कुरा गर्छन्, कोही धर्मको कुरा गर्छन्, कोही आरक्षणका कुरा गर्छन्, कोही चुनावका कुरा गर्छन्, त्यस्तै त्यस्तै। एक थोक कुरा कोही गर्दैन, त्यो हो, देश किन गरीब भयो, जनता किन निरीह भए, कति जनता गरीब छन्, देशको उत्पादन कस्तो छ ?

१. सबैलाई सत्ता चाहिएको छ। जो सत्तामा छन्, उनीहरुलाई त्यो कायम राख्नु छ। पार्टी नभएर सत्तामा जान नपाएकालाई सत्तामा भएकलाई जसरी पनि लडाएर आफू सत्तामा जानुछ । एउटा भनाइ छ रिट्ठोका बिउबाट आँप उमिदैन।

२. समाजशास्त्रीहरु भन्छन्, जब समाज कमजोर हुन्छ अवसर पर्खिरहेकाहरु हतार हतार चर्चाको अघिल्लो पंक्तिमा आएर आफूलाई मसिहा देखाउने प्रयत्न गर्छन्, जसरी फ्रान्समा मारा र रोबेसपियरले गरे।

३. भागवत गीतामा कृष्णले भने “राजा निधिपती होइन प्रतिनिधि हो।“ चीनमा मेन्सियसले भने “शासक होइन जनता देशका मालिक हुन्।“ तर नेपालमा राजा, धर्म, जात आदिका कुरा गर्नेहरु जनताका कहिल्यै कुरा गर्दैनन्, किनकी यी चालबाज मान्छेलाई राजनीति सत्ताका चाहिएको हो, सभ्य र भब्य देश अनि समृद्ध जनताका लागि होइन। जनता त सत्ताधारी र चटके दुबैलाइ सुंगुर जस्तै लाग्छन् । बिचार बिनाको राजनीति धोका मात्र हो। यसले देशभक्ति, परिवर्तन र समृद्धिको भ्रम मात्र बेच्छ। रास्ट्र तब मात्र बाँच्छ जब जनता बलिया हुन्छन् ।

४. राजनीति फुटबल खेल हो ? राजनीति जुवा खेल हो ? राजनीति चौरस खेल हो ? राजनीति प्लेटमा हालेको खाना हो ? वा जंगलमा खेलिने शिकारको खेल हो ? नेपालमा यो सबै हो। त्यतिमात्र होइन यो बगौंमा चरा समात्न राखेको लिसो पनि हो। राजनीतिमा जसले उन्नत बिचार बोकेर, जनतालाई रास्ट्रको मालीक बन्ने सपना देखाउँदै, उसैको समृद्धिका लागि कर्म गर्न प्रेरित गर्छ, त्यसले रास्ट्रको नेतृत्व गर्न सक्तैन ।

५. सखुवा कसरी उम्रन्छ थाहा छ ? जब जमिन बाँझो हुन्छ, झार उम्रीन्छ जसरी अहिले राजनीतिको झार जताततै देखिन्छ। चार पाँच बर्षसम्म झार नकाटेपछि जमिन चिसो हुन्छ। तब बुट्यान पलाउँछ । जमीन झन् चिसो हुन्छ। तब जंगल पलाउँछ । अनि त्यही जंगलमा सखुवाका बिरुवा उम्रीन्छ्न् र त्यो जंगललाई डढेलोले पनि मास्तैन ।

राजनीति फुर्सद भएका मानिसको गलैंचामा बसेर खेलीने सतरन्ज होइन । यो त दुनियाँ परिवर्तन गर्ने यज्ञ हो । मदारीलाई धेरैले ताली बजाउँछन्, तर मीत लगाउँदैनन् । राजनीतिलाई रोमान्स ठान्ने मान्छे कित कसैको एजेन्ट हुन्छ, कित भुद्दु हुन्छ, कित मुर्ख हुन्छ । अल्बर्ट आइन्स्टाइन भन्छन्, “ब्रह्माण्ड र मुर्खताको सिमाना छैन । ब्रह्माण्डको होलाकी ! मुर्खताको पक्कै हुन्न।“ तपाइँलाई यो देशको समुन्नति चाहिएको छ, होइन ? हो भने, राम्रो व्यक्ति होइन उपलब्धिमूलक कार्यमुलक विचार खोज्नु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो