यो दुर्दशालाई बदल्न फेरि पनि ज्ञान नै चाहिन्छ
डा. युवराज संग्रौला ।
यो समाज अनौठो हुन्छ वा छ। धेरै दार्शनिकहरुले इङ्गित गरेकै छन्, मानिस दुनियाँको एक अंश हो तर ऊ आफैंलाई संसार ठान्छ । यो भ्रमबाट कृष्ण, बुद्ध, महाबीर, कन्फुसियस, क्राइस्ट, प्लटो, मार्क्स र टोल्सटोयले के के मात्र बताएनन् तर आज यि सबैका अनुयायी दुनियाँ म नै हो भन्ने ठान्छन्, अहिले पनि । अर्थात् दुनियाँ ज्ञान निर्माण गरिरहन्छ तर शासन चैं भ्रमले गर्छ । यो विवेक र भ्रमको प्रतिस्पर्धामा तीन किसिममा मानिस उम्रिँदा रहेछन् ।
१. आफ्नो दिमागमा आफूले राख्न चाहेको कुरा राख्ने र संसारको विश्लेषण त्यसैका आधारमा गर्ने मानिसको जंगल सानो छैन । तर दुनियाँलाइ निजी विश्वासले होइन तथ्य हाँक्छ भन्नेले आफ्नो नियन्त्रणमा दुनियाँलाई राख्न खोज्दा दुनियाँ मानिसले बस्न कठिन हुँदो रहेछ । नेपालको राजनीति यही हो । राजनीतिले जब भ्रममात्र सिर्जना गर्छ तब त्यो मार्क्सको वादबाट होस् जोन लक वा कृष्ण वा जेससका बादबाट प्रभावित त्यो फोहोरी नै हुँदो रहेछ । अर्थात् एकखालका मानिस भ्रमको खेती गर्ने हुन्छ्न, जे सुकै रंङ्गका भएपनि तिनका सन्तानमा पनि तिनकै रङ्ग हुँदो रहेछ।
२. अर्काखालका मानिस निरपेक्ष हुँदा रहेछन् । यिनलाई दुनियाँको चासो छैन । नितान्त आत्मकेन्द्रित यो जत्थाको जंगल पनि सानो छैन । यसलाई आफनै बियर, आफ्नै भुँडी, आफ्नै पहिरन, जागिर, स्वार्थ बाहेक केही छैन । जब यिनमा भ्रमको पनि नसा थपिन्छ तब त्यो बन्दो रहेछ मन्त्रीको आकांक्षी। अहिलेको नेपाल उदाहरण हो।
३. अरु मनानिस जो काम गर्छन् तिनको हुर्मत। यो दुर्दशालाई बदल्न फेरि पनि ज्ञान नै चाहिन्छ ।