फेरि पनि भुक्तानी दिने कर्मचारी मात्र फस्ने त होइनन् !



शारदाप्रसाद त्रिताल ।
निवर्तमान अध्यादेशी सरकारले पूर्वप्रधानमन्त्री माननीय झलनाथ खनाललाई विदेशमा गरेको औषधि उपचार खर्च दिने निर्णय गर्नुअघि जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३० संशोधन गर्ने गरी अध्यादेश ल्याएनछ कि के हो ! हरेक कुरामा चमत्कार गर्न माहिर निवर्तमान सरकारले कतै कसैलाई थाहा नदिई अध्यादेश ल्याएर उपचार खर्च ब्यहोर्ने निर्णय गरेको पनि हुन सक्छ । ऐनको प्रावधान यथावत रहेको अवस्थामा सो निर्णय भएको भए त सम्बन्धितहरुलाई भ्रष्टाचारमा कारवाही हुने भयो ।

हुन त मन्त्रिपरिषदले गरेका निर्णयहरुलाई नीतिगत निर्णय मानी विगतमा कतिपय प्रधानमन्त्रीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएका उदाहरणहरु पनि छन् ।

ठूलाबडाहरु त भ्रष्टाचार गरेको सम्पत्ति फिर्ता गरेर पनि बच्न सक्ने नजिर अख्तियारले कायम गरिदिकै छ । फेरि पनि भुक्तानी दिने कर्मचारी मात्र फस्ने त होइनन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँः संचारमन्त्री शर्मा

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई