नेतृत्वलाई टिकाउने कार्यकर्तालाई तुच्छ गाली नगरौं



गणेश प्रसाद दुलाल।

महाधिवेशन केन्द्रित बहसमा पूरक विचार

१. नेतृत्वले कार्यकर्तालाई गाली गर्नु वाञ्छनीय हुँदैन । कार्यकर्ताको अवमूल्यन, नेतृत्वकै अवमूल्यन हो । गण नभई गणनायक हुँदैन ।

२. हतियारबन्द माओवादी, गणतन्त्रवादी लगायतका सयौं प्रहार खेपेर नेतृत्वलाई टिकाउने कार्यकर्ताको तुच्छ शब्द प्रयोग गरेर सार्वजनिक मानमर्दन गर्नु हुँदैन ।

३. राजनीतिक दल सार्वजनिक संस्था हो । वैयत्तिक सम्पत्ति होइन ।

४. प्रजातन्त्र भनेकै विधिप्रधान अभ्यास हो । रहर र लहडमा चल्ने अवधारणा होइन ।

५. पार्टी नेता, कार्यकर्ताले मात्रै होइन, प्रजातन्त्रमा आम नागरिकले समेत दलमाथि चासो, समर्थन, खुला आलोचना गर्छन् ।

६. आलोचना, स्वतन्त्र टीप्पणी, मत मतान्तर, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, बहस छलफल र प्रतिपक्षी विहीनतामा प्रजातन्त्रको कल्पना समेत गर्न सकिन्न । सार्थक प्रजातन्त्र र मुर्दा प्रजातन्त्र बीचको भिन्नता छुट्याउन यसैले अपरिहार्य हुन जान्छ ।

७. नेतृत्व चयन, पुस्तान्तरणको माग र बहस प्रजातान्त्रिक पद्धति र अधिकार भित्रकै अभ्यास हो ।

८. प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त हुने कार्यकर्तालाई नेतृत्वबाट प्रेरणा, उत्साह प्राप्त हुनु अन्यथा होइन ।

९. प्रजातन्त्रमा अभिव्यक्ति माथिको अवरोध कतै स्वीकार्य हुन्न । विचारशून्यता विधानको परिकल्पना होइन ।

१०. कार्यकर्ताको सम्मान नेतृत्वकै सम्मान हो, पार्टीकै सम्मान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

के नेपाली पर्यटक होइनन् ?

डा. गोविन्दशरण उपाध्याय । एउटा तीतो अनुभव छ । केही महिना अगाडी मुक्तिनाथ