जतिखेर पनि उनीहरूको निन्दामा समय र उर्जा खर्च गर्नु अलि बढी नै भएन र ?



डा. गोविन्दशरण उपाध्याय ।
केही भन्नु छ –
सबैभन्दा पहिला आफूलाई भन्नुस् अनि बल्ल अरूलाई । हामी वैदिक–सनातन धर्म, संस्कृति र सभ्यताहरूका अनुयायीहरूको धेरैजसो समय इसाई, मुस्लिम तथा साम्यवादी, पूँजीवादी, प्रजातान्त्रिक, समाजवादी तथा आइएजिओलाई सत्तेसराप गर्दैमा जान्छ ।

बरू, आफ्नो धर्म, संस्कृति तथा विशिष्टताहरूका विषयमा सप्रामाण नेपाली, अंग्रेजी, हिन्दी तथा अन्य नेपाली तथा विदेशी भाषामा बताउन सके धेरै प्रगति उन्नति गर्ने थियौं । सन्दर्भमा उल्लेख गर्नु एउटा कुरा हो तर जतिखेर पनि आफ्नो भन्दा उनीहरूको निन्दामा समय र उर्जा खर्च गर्नु त अलि बढी नै भएन र ?

हाम्रो घरका हरेक सदस्यलाई कमसेकम पनि ऋग्वेद, उपनिषद्, श्रीमद्भगवत–गीता र पाणिनीका केही प्रमुख श्लोक र सूत्रहरू कण्ठ हुनुपर्छ । घरमा गीता राख्नु राम्रो हो तर गीता राखेर एउटा श्लोक पनि नजान्नु र नपढ़नु लज्जास्पद हो । त्यसैले गीता राखौं र पढौं पनि ।

कसलेकस्तो लुगा लगाउँछ र कसरी लगाउँछ त्यो सम्वन्धित व्यक्तिको रूचिको विषय हो । धोतिकुर्ता वा दौरासुरुवाल लगाउँदैमा कुनै व्यक्ति ज्ञाता र अज्ञाता हुँदैन । मुख्यकुरा हाम्रो सिकाईमा हुन्छ । यदि हामीले आफ्नो धर्म, संस्कृति तथा संस्कार सिकेका छैनौँ र सिकाउँदैनौं भने स्वधर्म र संस्कृतिको रक्षा गर्ने “नाटक“ वन्द गरे हुन्छ । वेदले आफैंलाई पढ्ने होइन वेदलाई हामीले पढ्ने/बुझ्ने र मनन गर्ने हो ।

मुस्लिमहरूले आफ्नो धर्म–संस्कृतिको शिक्षा प्रदान गर्न कुनै कसर छोड्दैनन् । इसाईहरूले पनि आफ्नो धर्म, संस्कृति र संस्कारका लागि नेपालमैं जेलनेल भोगिरहेका छन् । विदेशीको डलर खाएर नेपालीको जरोकिलो उखेल्ने सङ्कल्प लिएका डोरवहादुर र गोपाल गुरुङका चेलाहरू पनि लागिनै रहेका छन् । हामी भने उनीहरूले “विगारे“ भन्दै भाषण ठोक्न व्यस्त छौँ । मनुस्मृतिले भनेको धर्म र अहिले हामीले बोल्ने गरेको एउटा होइन भनेर सर्वसाधारणलाई बुझाउन सकिरहेका छैनौं ।

हामी सबैलाई थाहा छ, नेपालका राजनीतिज्ञहरूलाई पनि थाहा छ, विदेशीहरूलाई पनि थाहा छ वैदिक, बौद्ध, जैन–संस्कृतिमा ज्ञान, विज्ञान र अध्यात्मको अथाह भण्डार छ । विदेशीहरूले यिनै वस्तुहरूलाई “अंग्रेजी“मा प्याकेजिङ गरेपछि हामी अनुयायी बन्छौं । यदि मैले, तपाईंले वा नेपाली सर्वसाधारण अथवा गुरूहरूले नेपाल र नेपाललाई भौतिकमात्र होइन आध्यात्मिक उन्नतिको मार्ग कोरेर स्वीकार गर्न अनुरोध गर्यौं भने पटक्कै टेर्दैनौं । चिल्ला गाडी चढ्ने, आफ्नो जयजयकार गर्ने भाडाका लस्कर लिएर हिँड्ने, ठूलो पेट भएका, बडो चतुरतापूर्वक बोल्ने र नेपालको सम्पति कुम्ल्याएर लैजाने “पारिका“ वाबाजीमा बढी विश्वास गर्छौं ।

योगी नरहरिनाथ, प्रपन्नाचार्य, नयनराज पन्त, कुलचन्द्र गौतम, सुकृतिदत्त पन्तका अनुसन्धानप्रति हाम्रो कुनै श्रद्धा छैन न यी महापुरुषहरूका विषयमा जानकारी दिने पाठ्यपुस्तक तयार गर्न स्थानीय र केन्द्रीय सरकारलाई दवाव दिन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने