गर्भवान् पुरुष र सिजेरियन विधिको वैदिक विज्ञान
डा. गोविन्दशरण उपाध्याय ।
अमेरिकाको होनोलुलु नामक सहरमा सन् १९७४ मा जन्मिएका थोमस बेटी नामक पुरुषले आफ्नै कोखबाट सन् २००७ सम्ममा चारवटा सन्तान जन्माए । अहिलेको समयमा पुरुष गर्भवान् भएर बच्चा जन्माएको यो पहिलो उदाहरण हो । त्यसपछि भने धेरै पुरुषहरूले बच्चा जन्माएका छन् ।
आधुनिक चिकित्सा विज्ञानले पुरुषहरूको पेटमा गर्भाशय निर्माण गरेर महिलाको डिम्ब र पुरुषको शुक्रयन्त्रमा निषेचित गराई प्राकृतिक विधिबाट नै बच्चा कोरालिंछ । धेरैले पुरुषले बच्चा जन्माउँनुलाई अप्राकृतिक भनेर आलोचना गरेका छन् भने अन्य केहीले यस विधिको प्रसंशा गरेका छन् ।
सूर्यवंशी राजा युवानश्वका कुनै सन्तान थिएनन् । उनले आफ्ना कुलागुरु भृगु ऋषिसँग सन्तानका लागि प्रार्थना गरे । ऋषि भृगुले यज्ञमा जल अभिमन्त्रित गरेर युवानश्वकी रानीका लागि सुरक्षित गरे । लामोसमयसम्म यज्ञका खटेका राजाको अचानक रात्रीमा निन्द्रा खुल्यो । प्यास मेटाउन राजाले त्यही अभिमन्त्रित पानी पिए ।
अभिमन्त्रित जलका कारण राजा गर्भवान् बन्न पुगे । नौमहिना पछि राजा युवानश्वको पेट चीरेर एउटा बालक निकालियो । स्तनपानको अभावमा इन्द्रले आफ्नो कान्छी औंला चुसाए । इन्द्रको औला पान गरेको कारण बालकको नाम “मान्धाता“ राखियो ।
यो प्रसंग ऋग्वेदमा समेत उल्लेख छ तर अलिफरक रूपमा । अथर्ववेदमा सन्तान प्राप्तिका लागि अनेकौं विधिहरूको उल्लेख गरिएको छ ।
यो प्रसंग भागवतको नवौं स्कन्ध, महाभारत, अग्निपुराण, पद्मपुराण र अन्य थुप्रै पुस्तकहरूमा इतिहासका रूपमा दर्ता छ । यस प्रसंगमा तीनवटा तत्थ्यहरू उजागर हुन्छन्–
१. प्राचीनकालमा पुरुषहरूले बच्चा जन्माउन सक्ने उन्नत प्रविधि विद्यमान थियो ।
२. आधुनिक समयमा सिजेरियन विधिले बच्चा वाहिर निकालेझैं प्राचीन समयमा पनि सिजेरियन विधि थियो ।
३. विशेष अवस्थामा पुरुषहरूले जमाएका अप्राकृतिक बालबालिकालाई १३ दिनमै किशोर–किशोरी अवस्थामा विकसित गर्ने औषधि उपलब्ध थियो ।
आजको मेडिकल विज्ञानले भनेझैं पुरुषहरूले बच्चा जन्माएका थोमस बेटी पहिलो व्यक्ति होइनन् । दोस्रो, सिजेरियन विधिको पहिलो प्रयोग पनि युवानश्वको गर्भबाट मान्धतालाई निकाल्न प्रयोग गरिएको थियो । यसरी पुरुषले बच्चा जन्माएको र सिजेरियन विधिले बच्चा निकाल्ने प्रयोग वैदिक ऋषि बैज्ञानिकहरूको अन्वेषण हो ।
आज यसरी अप्राकृतिक तवरले जन्मेका बालबालिकालाई १३ दिनमै किशोर–किशोरी बनाउने प्रविधि नष्ट भैसकेको छ । अश्विनी कुमारहरूले बूढा च्यवन ऋषिलाई नवयुवक बनाएका थिए भने अर्कोतिर इन्द्रले शिशुलाई जन्मेको पन्ध्र दिनमा किशोरमा रुपान्तरण गरेका थिए ।
पुराणमा उल्लेखित यी कथाहरू कल्पना नै भए पनि आयुर्वेदको इतिहास हुन् । पुरुष गर्भधारण, शल्यविज्ञानको इतिहासमा आधुनिक मेडिकल साइन्सले उपरोक्त मान्धाताको जन्मलाई आफ्नो जेनेसिस मान्नु पर्छ । कसेकम भारतवर्षका मेडिकलका विद्यार्थी, विज्ञ तथा अनुसन्धाताले उपरोक्त प्रसंगलाई साहित्य–समीक्षाको पहिलो सोपानमा राख्नुपर्छ ।