बधाई कृष्णचन्द्र नेपालीलाई कि दीपक मनाङ्गेलाई ?



केशवप्रसाद भट्टराई ।
बधाई कृष्णचन्द्र नेपालीलाई कि दीपक मनाङ्गेलाई ? भन्ने मेरो जिज्ञासामाथि कतिपय स्वनामधन्य काङ्ग्रेसी मित्रहरूको मेरा यस अघिका टिप्पणी समेतलाई जोडेर उहाँहरूका टिप्पणी र प्रश्नहरू अनि दावीहरूलाई मैले बुझे अनुसार तल प्रस्तुत छ ।
१. परिवेश र सन्दर्भ
निसन्देह सौम्य, शिष्ट, त्यागी र निष्ठावान कृष्णचन्द्र नेपाली मैले सम्मान गर्ने काङ्ग्रेसी नेता हो ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेल त मेरा नेता नै भए ।
पृथ्वीसुब्बा गुरूङलाई त म प्रतक्ष चिन्दा पनि चिन्दिन ।
केपी शर्मा ओलीको हकमा पनि त्यस्तै हो ।
वैचारिक आधारमा पृथ्वी सुब्बा गुरूङ्ग भन्दा कृष्णचन्द्र नेपाली मूख्य मन्त्रीमा र केपी ओली भन्दा शेरबहादुर देउवा प्रधानमन्त्रीमा मेरो रूचि र छनौटका हुन् !
मेरो आस्था पनि उनीहरूसँग जोडिएको र उनीहरूसँग मेरो लामो चिनजानले पनि मेरो त्यो रूचि र छनौट रहेको हो ।
तर देउवा र नेपाली दुवै सिद्धान्तहीन र अवशरवादी गठबन्धनको भरमा नभएर आफ्नो पौरखले, आफ्नो संगठनको बलमा, स्वस्थ्य राजनीतिक अभ्यासबाट ती पदमा पुगुन र पुग्नु पर्दछ भन्ने मेरो मान्यता र विश्वास हो क्ष्

२. वर्तमान काङ्ग्रेस नेतृत्व कतिपय युवा स्वनाम धन्य काङ्ग्रेसी मित्रहरूको वर्तमान शैलीको राजनीति, अभ्यास, दृष्टिकोण र टिप्पणीहरू र ती टिप्पणीहरूबाट उठ्ने सम्भावित प्रश्न, टिप्पणी र दावीहरूलाई मैले देहाय अनुसारका समेट्ने कोशिस गरेको छु र तिनलाई विनम्रतापूर्वक तिनलाई प्रस्तुत गर्ने अनुमति चाहन्छु –

३. १.
“पृथ्वी सुब्बा गुरुङ्गले हुने, कृष्ण चन्द्र नेपालीले नहुने ?
दीपक मनाङ्गेलाई तिनले नायक मान्न हुने, हामीले नहुने ?
ओलीले हुने, देउवाले नहुने ?
प्रचण्ड–बाबुरामले हुने, हामीले नहुने ?

३. २. माकुने– झलनाथले हुने, पौडेल –सिटौलाले नहुने ?
उनीहरू लूटपाट –हत्या हिंसामा लाग्दा हुने , हामीले नहुने ?
ओली सरकारले भ्रष्टाचार गर्न हुने हामीले नहुने ?
हामीले खानु पर्दैन, कार्यकर्ता पाल्न पर्दैन ?
ओलीहरूले खाएको मात्रै हेरेर बस्ने हामीले ?
उनीहरू अनुशासनहीन हुँदा हामी हुन नपाउने ?
उनीहरूले सत्ताको लागि गति छोडेर लुछाचुँडी गरिरहँदा हामीले नहुने ?
गर्छौँ , गर्छौँ , गर्छौँ !
जे जे ख्यास्नु छ ख्यास !
पद र सत्ताको लागि जे जे गर्नु पर्छ गर्छौँ !

३.३ . कसैले सिकाउनु पर्दैन, कसैले भन्नु पर्दैन !
समर्थन गरे गर , नगरे नगर !
भोट हाल्न मन लागे हाल मन न लागे नहाल !
माओवादी –माकुने गूटसँगको सहकार्यबाट त्यसको भरपाई गरौँला !
जहाँ जानु छ जाऊ , जे गर्नु छ गर !
हाम्रो बाटो यही हो !
हिजो एक दुई ठाउँमा हँसिया –हथौडामा भोट हाल्यौँ अव मुलुकभरी आधा आधा सिट बाँडेर लड्छौँ !
दुई तिहाई ल्याउँछौँ ।
ओलीले माओवादीसँग मिलेर दुई तिहाई ल्याए हामी पनि त्यसैगरी माओवादीसँग ल्याउँछौँ !
ओलीले हुँदा, देउवाले किन नहुने ?
देउवा के कम ?
हामी के कम ?
१२ बुँदे १२ बुँदे एक हौँ भन्न किन नहुने ?
१२ बुँदेका मालिकहरूप्रति प्रष्ट प्रतिवद्धता र सेवक भाव नभएका ओली फालेर त्यस्तो प्रतिवद्धता र सेवक भाव भएका माओवादी र एमालेका विद्रोही साथीहरूसँग बसेर १२ बुँदेको परिकल्पना अनुसारको नयाँ नेपाल निर्माण गर्न हामीले किन नपाउने ? “
यो भारत होइन, हामीलाई १२ बुँदे कै भारत चाहिन्छ, त्यही भारतको सेवा गर्छौं भन्न किन नपाउने ?

३.४ . अनि बाहिरी र उहाँहरूका बेसरोकारका प्रश्न –
उनीहरूको चोर्दा हुने ,अनि भोली काङ्ग्रेसको चोरिंदा , चोर्दा के हुने ?
कथं संसद पुनर्स्थापना भएमा काङ्ग्रेसका चोरेर भोली देउवा भन्दा अघि कसैले संसदमा वहुमत देखाए के हुने ?
माओवादी र माकुने बोकेर, चुनावी तालमेल गरेर जाँदा काङ्ग्रेस मतदाता घरैमा बसिदिए के हुने ?
एमाले सांसदहरूले ह्विप उल्लङ्घन गर्न हुने, काङ्ग्रेसी सांसदले नहुने ?
एमालेका उछिट्टिएका सांसद बोकेर देउवाले सरकारको दावी गर्न हुने , भोली काङ्ग्रेसका त्यस्तै सांसद बोकेर ओलीले सरकारको दावी गर्न हुने –नहुने ?

अन्त्यमा तीन वर्ष अघिको आफ्नो एउटा पोस्ट –

“कुनै पनि युगमा सत्य झूठबाट पराजित भएको छैन !
तर सत्यलाई सत्य हो भनेर भन्न नसक्ने,
सत्य जान्न नखोज्ने,
सत्यको उपेक्षा गर्ने
र सत्यको पक्षमा उभिने साहश नगर्नेहरूबाट भने सत्य पराजित भएको छ !
भइ नै रहेको छ !“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले