कुमार शर्मा आचार्य ।
सरकारले कोरोनाको व्यवस्थापन जटिल बनाएको रहेछ! सरकारले अस्पतालको व्यवस्था गर्न सक्दैन र घरमै आइसोलेशनमा बस्न भन्छ! घरमा आईशोलेशनमा बसेको व्यक्तिको मृत्यु भए सबैभन्दा पहिले PCR चाहिने, त्यसको आधारमा वडाको सिफारिस चाहिने, वडाको सिफारिसको पनि ढाँचा मिल्नुपर्ने, नमिले CCMC ले सेनालाई नभन्ने रहेछ! मृतकका मान्छेले सबै कार्यविधि पुराएपछि सेनालाई खबर गरिने र सेनाको आन्तरिक संयन्त्र परिचालन हुने रहेछ! सेनाले पालो प्रणालीमा घरमा रहेको लाश उठाउने हुनाले परिवारजनले लाशसँगै बस्नुपर्ने रहेछ! मेरो सालो भरत खरेलको मृत शरीर १९ घण्टा पछि उठेको छ!
संक्रमित परिवारले आफ्नो स्वास्थ्यको ख्याल गर्ने कि ? मृत्युमा शोक गर्ने कि? CCMC को प्रकृया पुरा गर्ने ? परिवारजनको यो पीडालाई कसले बुझ्ने ?
CCMC को यो कार्यविधिलाई सजिलो बनाउने भन्दा जटिलता थप्न खप्पिस कर्मचारीतन्त्र कहिले सुध्रिने?
घरमा कोरोना संक्रमित भए परिवारका सदस्यलाई आईशोलेशनमा राख्नु पर्नेमा PCR, वडाको सिफारिस, CCMC मा दर्ता, CCMC को दर्ता पछि सेनालाई खबर गर्नुपर्ने र लाशलाई प्लास्टिकले बेर्नुपर्ने दायित्व परिवार कै हुने ! सबैकाममा संक्रमितको परिवारको सदस्य लाग्नुपर्दा COVID को Chain Brake हुन्छ त? संक्रमितको सूचना कुनैपनि माध्यमबाट (धेरै हटलाईन नम्बर) सरकारी संयन्त्रले प्राप्त गर्ने र बाँकी कार्यविधिलाई पुरागर्न उक्त संयन्त्र परिचालित हुनुपर्ने गरी अदालतले नै आदेश गर्नुपर्ने भयो! PIL त यस्मा पो जानुपर्ने हैन र?

प्रतिक्रिया