मुलुकको सङ्कटमा यिनीहरूको भूमिका पनि कम छैन
केशवप्रसाद भट्टराई ।
१२ बुँदे पछिको नेपालले केही दलहरूका अराजनीतिक नेताहरूका साथै धेरै मिडियाकर्मी,नागरिक अगुवा, वौद्धिक भनिने प्राध्यापक, विश्लेषक, अनुसन्धानकर्ताको आर्थिक स्थिति पनि आकासिएको छ । विदेशीहरूले यिनीहरू माथि पनि ठूलो लगानी गरेका छन् ।
वाह्य शक्तिहरूप्रतिको यिनीहरूको जवाफदेहिताले कतै १२ बुँदेको जगमा खडा भएको यो नेपाल राष्ट्र विरोधी राजनीति छेउ लाग्ने त होइन भन्ने पिरोलो यिनीहरूलाई देखिन्छ ।
त्यसकारण नेपालको वर्तमान सङ्कट पछाडि यिनीहरूको भूमिका पनि कम छैन । राष्ट्रको सङ्कटको बाटो यिनीहरूले खने र कथित नेताहरूले उक्त बाटोमा गाडी दौडाए । नेताहरूको मात्रै होइन, यिनीहरूको सम्पत्तिको पनि छानविन हुनुपर्दछ । सम्पत्तिको स्रोत खोजिनु पर्दछ । अनि मात्रै मुलुकको सङ्कट टर्न र वातावरण संग्लिन थाल्दछ । अहिले फेरि यिनीहरू वाह्य शक्तिका लागि दलहरूलाई उकास्न लागिपरेका छन् ।