के कोभिड भ्याक्सिन व्यापार नै हो भन्ने लाग्छ ?



नारायण गाउँले ।

-नेपालले अनुदान पाएको बाहेक किनेको कोभिशिल्ड खोपको मूल्य प्रतिडोज ३ डलर हो । नेपाललगायतका गरिब देशले उत्पादन-मूल्यमैं यो खोप प्राप्त गरेका छन् । दुई डोज दिनुपर्ने हुनाले प्रतिव्यक्ति खोप-मूल्य ६ डलर अर्थात ७ सय रुपियाँ जति पर्न आउँछ । यो नेपालले खरिद गरेको एउटा मास्कको मूल्यभन्दा कम हो ।

-नेपालले ओम्नीमार्फ़त खरिद गरेको एउटा एन-95 मास्कलाई नै ८ डलरभन्दा धेरै तिरिएको थियो । एउटा स्वास्थ्यकर्मीले दिनमा ३-४ वटा यस्ता मास्क प्रयोग गर्नुपर्ने हुन्छ । पन्जा, अन्य पीपीई, जुत्ताकभर, स्यानिटाइजरलगायतमा दैनिक ठूलो खर्च जोडिन्छ ।

-पीसीआर परीक्षणमा नै प्रतिव्यक्ति एक लाखसम्म खर्च भएको त सरकारका प्रवक्ताले नै बताएका थिए । सङ्क्रामक रोग भएकाले पहिचान, आइसोलेशन र औषधिउपचारमा धेरै ठूलो खर्च हुन्छ । यसको तुलनामा खोपको मूल्य नगण्य हो ।
लगभग एउटा मास्कको मूल्यमा आउने भ्याक्सिनबाट कुनै देशले टन्न पैसा कमाउँछन् भन्ने तर्कका लागि पर्याप्त तथ्य भेट्न सकिन्न । बरु भ्याक्सिन नआउन्जेल धेरै देश र कम्पनीले पीपीई लगायतका सामग्रीबाट पर्याप्त नाफ़ा कमाउँदै आएका छन् र धेरै राजनीतिकर्मीले मोटो कमिशन खान पाएका छन् ।

सरकारले किनेका मास्क, स्यानिटाइजर, पन्जा र पीपीई स्वास्थ्यकर्मीभन्दा पहिले नेताकहाँ पुग्ने गरेको देखिएकै हो । खोप त आफू र आफन्तलाई लगाउने बाहेक थन्क्याउने गरी तिनको घरमा जाने संभावना कम हुन्छ ।

-कोभ्याक्समार्फ़त धेरै गरिब देशले लाखौं डोज भ्याक्सिन निःशुल्क पाउँदै छन् । यसमा बेलायतले अरबौ रुपियाँ सहयोग गरेको छ । अमेरिका र रूसले सहयोग नगरे पनि अन्य थुप्रै देशले यसमा योगदान दिएका छन् ।

भ्याक्सिन लगाउने जतिलाई कोरोना भाइरसले नछुने भन्ने पनि होइन । ७० देखि ९५% सम्म प्रभावकारिता भएका भ्याक्सिन छन् । यसको अर्थ सय जना भ्याक्सिन लगाएका मध्ये ३० जनासम्ममा भाइरस सर्न सक्छ । तर भ्याक्सिन लगाएकाहरूमा कुनै न कुनै प्रकारको इम्युनिटी विकास हुने हुनाले सङ्क्रमण भए पनि सिकिस्त हुने या मृत्यु हुने संभावना अत्यन्त न्यून हुन्छ । त्यसैले भ्याक्सिनको उपयोगिता झन्डै १००% नै हुने मानिएको छ । यो अध्ययन र निष्कर्ष विश्वका प्रतिष्ठित विश्वविद्यालय, प्रयोगशाला र वैज्ञानिक अनुसन्धानबाट आएको हो, कुनै एउटा देशको प्रपोगण्डा होइन । खोप कुनै एउटा देश या कुनै एउटा मात्रै कम्पनीले बनाएको छैन । अब सिङ्गो विश्व, विश्वविद्यालय र वैज्ञानिकलाई मूर्ख मान्न पनि सजिलो छैन । तिनकै गहन अनुसन्धान र उत्पादनले गर्दा पोलियो, धनुष्टङ्कार र क्षयरोगजस्ता घातक बिमारीबाट आज हामी लगभग मुक्त छौं र बाँच्न पाएका छौं ।

अझै पनि भ्याक्सिन व्यापार नै हो जस्तो लाग्छ भने, तर्क र तथ्य प्रस्तुत गर्नुहोला । कन्भिन्सिङ् लाग्यो भने म पक्कै लाइक गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक