शासकहरु घोडालाई मृग हो भन्ने मानिसलाई बढी मन पराउँछन्



डा. युवराज संग्रौला।

सीमा यी भन्ने चिनियाँ विद्वान चाओ पि सम्राटका मुख्य मन्त्री थिए । यी दुईका बीचमा विश्वास त थिएन तर दुबै एक अर्काका लागि अपरिहार्य जस्तै थिए । चाओ पि सीमा यीले कहाँ फसाउँछ भनेर त्रस्त हुन्थे र सीमा यी कहिले परिवार सबै मार्दिने हो भनी त्रस्त थिए । यसै सन्दर्भमा सीमा यी एकदिन आफ्नो छोरालाई जो दरबारमा काम गर्न छानियो, भन्छन्, “ख्याल गर, “सत्य फ्याट्ट नबोल्नु । शासकहरु घोडालाई मृग हो भन्ने मानिसलाई बढी मन पराउँछन् ।“ अर्थात् जनताको समृद्धि होइन, सत्ताको राजनीतिले जनता ढाट्नुलाई राजनीतिको धर्म ठान्छ।
चीनमा राजनीतिको यो उपमा इसापूर्व, चीन स हुवाङ्ग को मृत्युु पछि राजाका मूर्ख छोरालाई भ्रष्ट बनाएर प्रमुख प्रसाशक बनेको छाओ गाओको शासन शैलीसँग जोडिएको छ । उसले आफ्ना सहयोगी र पिछुवालाई मुर्ख बनाएर राख्नु पर्छ भन्ने रणनीति ग्रहण गरेको थियो । एकदिन उसले केजमा हालेर लामसिङ्गे मृग बैठक कोठामा ल्याउन लगायो । र, सोध्यो “यो जन्तु मृग हो वा घोडा ?“ धेरैले भने यो घोडा हो । उसले भन्यो, “ठिक छ यो घोडा किन होइन बताउ ।“ जब उसले यसो भन्यो, चाटुकार एउटाले भन्यो, “ हो । मेरा आँखाले अघि राम्रोसँग देखेनछन्, यो घोडा नै हो।“ सबैले दोहोर्याय, हो यो त घोडा नै हो । एक जना विद्वान दरबारियाले भन्यो, “कसरी घोडा हुन्छ यो , देख्दा देख्दै झुठो बोल्न कसरी सक्छु म ?“ छाओ गाओले भन्यो, “मैले भने त्यसकारण घोडा हो यो।“

१. नेपाली राजनीतिमा तर्क समाप्त भएको बेला हो यो । अहिले सत्यको अर्थ छैन । “जब मानिसले केबल आँखाले मात्र हेर्छ, दिमागले हेर्दैन तब सत्यको बस्त्रहरण हुन्छ र तर्कको मृत्यु हुन्छ।“

२. जब राजनीति कल्याणको नीतिबाट स्खलित भएर सत्ताको नसामा परिणत हुन्छ, यसले गाँजाको जस्तै नसा सिर्जना गर्दछ। जसका हातमा सत्ता छ, ऊ त्यो आफ्नो हातमा राख्न छलछाम गर्छ, जसका हातमा छैन ऊ आफ्नो हातमा ल्याउन छलछाम गर्छ । यी दुबैलाई जनताको भलाइको अर्थ हुन्न ।

३. यी दुबैले के बुझ्न चाहँदैनन् भने “बास्तबमा ताकत केबल जनताको बिद्रोहको आँट र अठोटमा बसेको हुन्छ । अहिलेसम्म संसारमा जनतालाई पराजित गरेको इतिहास लेखिएको छैन।“

४. हारजित सत्ताको राजनीतिमा चतुर्याइँ र रणनीतिको प्रभावकारितामा भरपर्छ । तर चतुर्याइँ र रणनीतिको आयु लामो हुंँदैन । यो लडाइँ एउटा शिकारका लागि लडिरहेका दुईटा बाघको जस्तै हुन्छ । फाइदाजति अन्तमा स्याल र गिद्धके लिन्छन् । स्यालको बथानले यसरी लुट्छन् शिकार कि दुबै बाघ स्याल खेद्दाखेद्दै थाक्छन् र फ्याँफ्याँ गर्दै भुइँमा बस्छन्, मासु स्यालले खाइसक्छन् । नेपाली राजनीतिको अहिलेको अर्को विशेषता स्यालको जगजगी हो।

५. तर पनि किन नेपालीलाई देशको गन्तव्य थाहा छैन ? “संसारमा अनेक समस्या छन्, तर यथार्थमा मूल समस्या एउटै हुन्छ । नेपालको मूल समस्या “राष्ट्रलाई एक बनाएर नागरिकलाई स्वाभिमानको अनुभूति दिँदै आर्थिक समृद्धिको बाटोमा हिँड्ने राजनीति छैन । राजनीतिक बिचारधाराको पतन भएको छ।“

६. के हुन्छ यस्तो भएपछि ? मानिस दिग्भ्रमीत हुन्छ।“जब मानिस दिग्भ्रामित हुन्छ, उसले आफू इतिहासमा जोकर प्रमाणित हुने कुरा सम्झनै सक्दैन । जबसम्म राजनीतिमा सम्बन्धहरु नैतिक प्राधिकारद्वारा प्रसासित हुँदैनन्, राजनीति केबल मदारिको खेलमा सीमित हुन्छ ।

७. महाभारतमा ऋषि किन्दमले भनेका छन, “प्रजाको मग्न आनन्द नै राजाको विश्राम हो।“ उनी भन्छन्, भाग्य त केबल कर्मले ल्याउने फल हो ? आज जनताले दुबै कम्युनिस्ट पार्टी र काङ्ग्रेसलाई सोधेको एउटा अनुत्तरित प्रश्न हो “तपाईंले के त्यस्तो कर्म गर्नु भयो जसले समृद्धि ल्याओस्।“

७. नेपालको राजनीतिमा झ्याउ पलाएको अवस्था हो अहिले । राजनीति अहिले रछ्यान बनेको अवस्था हो । राष्ट्रको रक्षा गर्न नसक्ने अवस्थामा राजनीति पुगेको अवस्था हो अहिले । नेताहरू अहंकारको शिकार भएको अवस्था हो अहिले । यस्तो अवस्थामा जसले इतिहासबाट पाठ सिक्न सक्छ, इतिहासका अनुभवबाट लाभ उठाउन सक्छ, र जसले इतिहासको आलोचना गर्न सक्छ र जसका दिमागमा परिवर्तनको रेखाचित्र छ, उसले मात्र आफूलाई जनताको सेवक बनाउन सक्छ ।

के नेपालका राजनीति पार्टीका नेताहरूलाई थाहा छ, अहंकार, जलन, घमण्ड र चौरसको खेलले मानिसको दिमाग खियाले खाए झैं खान्छ ? के नेपालको राजनीतिको ठेक्का लिनेहरुलाई थाहा छ, इतिहासमा हिंसा र दमनले लाशहरु खात काँधमा बोकेको छ ? के देश सुकेका रुखको जंगल हो ? के शासन गर्नु भनेको समाजका छातीमा कुल्चिनु हो ? के राजनीति भनेको जुवा हो ? बुझ्नु होस् जब राजनीतिमा बदला लिनु लक्ष्य बन्छ, र जसले त्यसो गर्छ उसको विवेक नस्ट हुन्छ । जब छायाँ शरीर भन्दा लामो हुन्छ, सोच्नु पर्छ अब घाम अस्ताउने बेला भयो । बाँस जब फुल्छ, फल्दैन मर्छ ।

यदि देश जोगाउने र जनतालाई समृद्ध बनाउने हो भने सबैले गल्ती सच्याउने हिम्मत गर्नुहोस् । विदेशीको चौरसको गोटी बन्न बन्द गर्नुहोस् । जनतासँग माफी माग्नुहोस् । यो देश बनाउने मानिसलाई भविष्यले स्वागत गर्ने छ । अन्न उब्जाउन गोरु चाहिन्छ बाख्रा र स्यालले हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

ओखलढुङ्गाको बेतेनीमा डढेलोमा परी आमाछोराको मृत्यु

ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । सोमबार

गण्डकीमा सभामुखको कदम संविधान माथिकै ठाडो प्रहार भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट भएको असंवैधानिक कार्यप्रति घोर निन्दा र