हाम्रो मुख्य प्रश्न कसरी सस्तोमा उपभोक्तासम्म गतिलो सुविधा पुर्याउने भन्ने हुनुपर्छ



डा. विश्व पौडेल ।

लगभग एक दशक जती अघि मैले नेपालको ट्रक व्यवसायको अध्ययन गरेको थिएँ । जहाँँ बढी चर्को “सिन्डिकेट“ थियो, त्यहाँ औसतमा ट्रकहरु अली पुराना थिए, सेकन्ड ह्याण्ड ट्रकको मुल्य बढी थियो । अर्कोतिर ट्रक व्यवसायीहरु धेरैजसो सानो उमेरमा त्यो व्यवसायमा कामदारको रुपमा प्रवेश गरेका (खलासी, ड्राइभर आदि) थिए । प्रतिस्पर्धा भएर आफ्नो आम्दानीको स्रोत सुक्यो भने जीवन त्यही क्षेत्रमा विताएका तिनीहरुसँग अरु बतिभचलबतष्खभ कपष्िि विकास गर्न समय वा चाहना थिएन । लगभग दुई तिहाइसँग एउटा मात्र ट्रक थियो र अधिकांशका छोराछोरीमा त्यो व्यवसाय निरन्तरता दिने चाहना थिएन । अर्थात् एकातिर सडकहरु असुरक्षित थिए, ट्रकिङ सेवाको मुल्य चर्को थियो भने अर्कोतिर यो सब वेथितिबाट जसले फाईदा गरेका थिए भनिन्थ्यो तिनिहरु पनि सन्तुष्ट थिएनन ।

तर हेर्दैजाँदा काठमाडौंमा अन्य क्षेत्रमा पनि यो स्थिति थियो । २०४० को दशकमा खुलेका बोर्डिङ स्कुलका मालिकहरुसँग अकुत सम्पत्ति थियो। तर तिनका छोराछोरीले ति स्कुल चलाउने संभावना कम थियो । एकजना सफल बोर्डिङ स्कुलका संचालकले आफ्ना २१ मालिक साथीहरु सबैजसो अर्बपति भएपनि ति मध्ये १८ जना कम उमेरमै वितेको कुरा मलाई सुनाए । लगानी थप्ने जोश धेरै व्यवसायीमा थिएन, भएकाले लगानी थप्ने भनेकै जग्गामा थियो। मान्छेहरुलाई अन्य कुनै क्षेत्रको पनि विश्वास थिएन, ट्रक मालिक, बोर्डिङ स्कुल मालिक जस्तै अन्य हरेक क्षेत्रका मालिकहरुले आफूले केही कमाएमा ’रिइन्भेस्ट’ गर्ने, कम्पनी ठूलो बनाउने, भारतको बजार क्याप्चर गर्ने तिर लाग्नुभन्दा यही जग्गामा थप लगानी गरेका भेटिए। सरकारले पुनर्लगानीको लागि दिने सुविधा पनि खासै केही छैन। त्यसैले देशमा साना उद्योग मात्र छन र सबै ठूला लगानिकर्तासँग डराउँछन् ।

ट्रक उद्योग जस्तै अन्य उद्योगमा पनि सिन्डिकेट बनाएर आफ्नो व्यवसाय बचाउन सकिन्छ भन्ने सोचाइ व्याप्त थियो,छ । एक कार्यक्रममा पाँचतारे होटलकै मालिकले अन्य पाँचतारे होटललाई लाइसेन्स अहिले दिनुहुँदैन भन्ने तर्क गरेको सम्झन्छु । वैंक, विमा कम्पनीमा लाइसेन्स राज त चाडैछ, निजी अस्पताल, निजी स्कुल पनि खोल्न दिनुहुँदैन भनेर त्यहाँ पनि नयाँँलाई छिर्न नदिने निर्णय एकताका भएको थियो। जलविद्युतको नयाँँ बजारको संभावनाहरु खोज्ने भन्दा लाइसेन्स बन्द गर्ने मै जोड देखीइराख्छ। मैले केही वर्षअघी अध्ययन गर्दा भन्सारको एजेन्टको लाइसेन्स नयाँँ नदिएको धेरै भएको थियोस अहिले स्टक मार्केटमा ब्रोकरेजको लाइसेन्स नदिएको धेरै भएको छ।

यसरी उद्योगधन्दामा स्वदेशी लगानी त रोकेर राखिएको छ भने विदेशी लगानीको कुरा नगरौं। कृषि कै कुरा गरौं । देशमा प्रविधिको अभावको अवस्था यस्तो छ कि लामो समयसम्म पुर्वी नेपालको अदुवा निर्यात गर्दा मुलुक भित्र सफा समेत नगरि निर्यात गरिने स्थिती थियो। यसरी मुलुक भित्र खबगिभ(बममभम उत्पादन हुने अवस्था भएन। स्वदेशी उपभोक्ताका सास्ती त झन अनगिन्ती छन। बजारमा गयो भने अरु सबैजसो देशमा दुधको बोत्तल किन्यो, घरमा ल्याएर खायो गर्न सकिन्छ । यहाँँ काठमाडौंमा पनि दुध किन्न “चिनेको“ “पक्का“ मानिस खोज्दै हिंड्नुपर्छ। अरु देशमा सुन्तलाको जुस किन्न प¥यो भने नट फ्रम कन्सन्ट्रेट जुस सजिलै बजारमा पाईन्छ, यहाँँ बजारमा विदेशबाटै ल्याएको कन्सन्ट्रेट जुस अमेरिका भन्दा धेरै महंगो मुल्यमा किन्नुपर्छ। तल्लो गुणस्तरका सामान महंगो मुल्यमा किन्नुपर्ने वाध्यता छ र पनि किसानहरु गरिवीमै छन् ।

स्वदेशी उद्योगपतिहरु, किसानहरुलाई बचाउनुपर्छ भन्नेमा दुई मत छैन, तर त्यसको लागि विदेशी लगानी रोक्नुपर्छ भन्ने हैन। हाम्रो मुख्य प्रश्न कसरी सस्तोमा उपभोक्तासम्म गतिलो सुविधा
पुर्याउने भन्ने हुनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातमा आएका कुनै पनि अध्यादेशले समस्याको व्यवहारिक समाधान दिने छैनन्

सुमना श्रेष्ठ । दुई तिहाइको सरकार आफ्नै, कर्मचारी सङ्गठनहरू आफ्नै, डेलिभरी दिन नसक्ने

राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।