राष्ट्रकै जिम्मेवारी पाएपछि मानसिकता गरिब र तन्नम् प्रकारको रहनु हुँदैन



जेपी गुप्ता ।
‘राजनीतिलाई धेरैले बिभिन्न भाष्यहरू दिएको छ ।..सम्भावनाहरूको खेल।..जहाँ प्रेम र हिंसामा पार्थक्य हुँदैन..’ आदि इत्यादी !
मैले पढेको थिए । सन् १९५६ मा बेलायत र मिस्रका बीच स्वेज क्यानल विवाद भयो। बेलायतमा प्रम थिए–एन्थोनी इडन, चर्चिलका सर्वाधिक प्रिय पात्र । बेलायतले ईखको लागि स्वेज नहर कब्जा गर्न मिस्रका उपर आक्रमण गर्यो। सारा संसार बेलायतको खिलाफमा ध्रुविकृत भयो। बेलायत धाराशायी भयो। सरकार अलोकप्रिय भयो, एन्थोनी इडनले राजिनामा दिई म्याकमिलन प्रधानमन्त्री भए ।

हेरोल्ड म्याकमिलन, जो इडनको मन्त्रीमण्डलमा चान्सलर थिए । मिश्रका अपर आक्रमणका पक्षपाति थिए, इडनलाई हौस्याएका थिए । उनैले बेलायतको आर्थिक अवनति तथा अन्तर्राष्ट्रिय बेइज्जतिका लागि इडनलाई दोषी ठहर्याउन पुगे ।

प्रधानमन्त्रीको रूपमा बडो शानका साथ हेरोल्ड महारानी एलिजावेथकोमा औपचारिक भेटका लागि गएका थिए । त्यस बेलाकी ऐलिजावेथ, २५ बर्षमा साम्राज्ञी भएकी र भर्खर उमेरको तेस्रो दशकमा रहेकी–कम अनुभव की थिई । हेरोल्डको अनुभव र प्रभाव ठूलो थियो ।
महारानीलाई थाहा थियो, हेरोल्डले पदका लागि इडनलाई धोका दिएका थिए । “यो प्रधानमन्त्रीको पद तिम्रो लागि बिषको कचौरा हो । कसरी सम्हाल्न सक्छौं त?” महारानीले नयाँ प्रधानमन्त्रीको स्वागत गर्दै भनेकी थिइन् । अपेक्षित रूपमा हेरोल्डले सबै दोष इडनको टाउकोमा थुपारे । मिश्रका उपर आक्रमण गर्नु उनको गल्ती थियो उनले भने, त्यस युद्धलाई उनले “इडन वार” भनेर सबै दोष थुपारी रहे ।

महारानीले भनिन्,“प्रम तिमी स्वयं आक्रमणको पक्षमा थियौं। त्यही सरकारमा चान्सलर थियौं । बडो प्रवल रूपमा तिमीले युद्धको वकालत गरेका थियौं । अहिले त्यसबाट पल्टेका छौं । के तिमीलाई लाग्दैन की संसदीय व्यवस्थामा कुनै सामूहिक जिम्मेवारी हुदैन?” मौन हुन पुगेका हेरोल्डलाई रानीले भनिन्, “प्रम हरेकलाई, हरेक परिस्थितिमा आफ्नो भागको जिम्मेवारी स्वीकार्नु पर्दछ। चाहे जति सुकै गडबडीको अवस्था किन न उत्पन्न भएको होस्।”

बेलायतमा संवैधानिक राजतन्त्रको स्वरूप निर्धारणमा यस्ता धेरै घटनाहरूको उल्लेख बिभिन्न राजनेताहरूले आ–आफ्ना आत्मकथ्यहरूमा, संस्मरणहरूमा लेखेका छन्। यस्ता सामान्य देखिने हजारौ सम्वादहरूले भरिएको छ, त्यहाँको संवैधानिक व्यवस्था । तर, ती सबै संस्थागत संस्मरणका बिषय तथा सम्पति हुन् । हरेकले यी कुराहरूको हेक्का राखेको पाइन्छ ।

नेपालका दुबै राष्ट्रपतिहरू गरिब परिवेशबाट आएका हुन्। राजपाठ र परम्पराको अनुभव नहुनु स्वभाविक नै हो। तर, अहिले त्यो बेला पनि हैन, जहाँ पदको गरिमा बुझ्नका लागि राजाको दरवारमै जन्मिनु परोस् । न त आज इतिहासको अध्ययन पुरानो युगको वेदको अध्ययन सरह नै छ, जहाँ वेदका ऋचाहरूको श्रवण मात्र गर्दा कानमा पग्लेका सिसा हालिन्थ्यो । सार्वजनिक जीवनमा मानिसको उद्भव र उत्थानको परिवेश गरिब तथा सुविधाहीन प्रकारको हुन सक्छ। तर, राष्ट्रकै जिम्मेवारी पाएपछि मानसिकता गरिब र तन्नम् प्रकारको रहनु हुँदैन ।

आज, दुर्भाग्यवश नेपालका राष्ट्रपतिको भूमिका बडो विवादमा परेको छ । यस्तै विवाद यसअघि पनि २/३ प्रसंगमा उठ्यो । तर, महामहिम महोदयाबाट सुधार भएन । अहिले, यतिखेर प्रधानमन्त्री ओलीजीले प्रचण्डका उपर जघन्य भ्रष्टाचार तथा मानवता बिरूद्धका अपराधका आरोपहरू दिनहुँ लगाई राख्नु भएको छ । प्रचण्ड र माधव कुमार नेपालहरूले पनि प्रधानमन्त्रीका उपर यस्तै कृत्य गरिरहनु भएको छ । के सहकार्यको अवस्था अपराधहरूबाट उन्मुक्तिको अवस्था हुन्छ र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको पहिलो बैठक सेटिङमा चल्योः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन

९० करोड टनभन्दा धेरै खाद्यपदार्थ प्रत्येक वर्ष भान्साबाट खेर जान्छ

विश्वव्यापी एउटा प्रतिवेदन अनुसार प्रत्येक वर्ष ९० करोड टन खाद्यान्न फ्याँकिने गरिएको छ

नारी दिवसको सकस

डा. गोविन्दशरण उपाध्याय । पश्चिमाहरूले हरेक विषयवस्तुलाई “वाद“मा परिणित गर्छन् । उनीहरूले नारीहरूको

विदेशी झोलेतन्त्र देशका लागि अभिसाप हो

भरत दाहाल । दशथरी एनजिओ र विदेशी दूतावासका शर्तहरु राखेर बनाईएको संविधान र