कोभिड भ्याक्सिनको अनुभव



नारायण गाउँले ।

हिजो साँझ पहिलो डोज लगाइयो ! पाखुरा दुःखेर एक रात अनिदोजस्तो बित्यो ! कोभिड़-भ्याक्सिन नयाँ भए पनि यसको प्लेटफर्म र प्रविधि निकै पुरानो, परीक्षित र विश्वसनीय भएकाले कुनै धक भएन । उसो त भ्याक्सिनले मान्छेलाई गोही बनाउँछ भन्नेजस्तो ‘एन्टी-भ्याक्सिन भावना’ मान्छेमा जहिले पनि हुने रहेछ । र, यस्तो धारणा राख्नेले जुन समयमा पनि केही मान्छेलाई बहकाउने रहेछन् । उदाहरण म आफै हुँ ।
भ्याक्सिनका यस्तै व्याख्या पत्याएर मेरा अभिभावकले मलाई कुनै पनि खोप दिनुभएको रहेनछ । धन्न कुनै दुर्घटना भएन । बेलायत आइसकेपछि जागीर खोज्ने क्रममा गरिएका परिक्षणपछि बल्ल यो नोटिस भयो । केही खोप यो उमेरमा पनि दिन मिल्ने रहेछ, केही सधैँका लागि छुटेछ ।

यो थपुवा है  भ्याक्सिन तेस्रो चरणको ट्रायलमा पुगेपछि भयङ्कर नाफ़ा हुने आशामा फाइजरको अलिकति शेयर किनिएको थियो । तर, सोचे जति बढ़ेन । दुई-तीन कारण मुख्य रहेछन्:

-महामारीभरि ‘उल्लेख्य’ नाफ़ा लिएर बेच्न नैतिक सङ्कट भएकाले आर्थिक रूपमा भ्याक्सिन-सेलले ठूलो फरक नपर्ने रहेछ ।

-दुई सय खर्बभन्दा ठूलो मार्केट क्याप रहेको कम्पनीमा ३-४ खर्बको भ्याक्सिन सेलले खास फरक नपर्ने रहेछ । रिभेन्यु बढ़े पनि मार्जिनमा प्रेसरले गर्दा नेट प्रोफिट उकालो नलाग्ने रहेछ । अहिले पनि कम्पनीको आम्दानी र शेयर मूल्यको अनुपात (PE ratio) औसतभन्दा धेरै छ ।
३-यी सबैभन्दा मुख्य कुरो, कोभिड़ भ्याक्सिनका लागि कम्पनीका ल्याब, वैज्ञानिक र साधनस्रोत खर्च भएपछि पाइपलाइनमा भएका अन्य प्रोजेक्ट प्रभावित हुने रहेछन् । यसले कम्पनीको ओभरल ग्रोथमा असर पर्ने नै भयो । आज मार्केट खुलेपछि बेच्ने निर्णय गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)