‘कम्तीमा अन्यत्र मन्त्रीहरूमा हुने सादगी, नम्रता र सहिष्णुता पनि धेरैथोरै सिक्नुभए कस्तो हुन्थ्यो होला ?’



नारायण गाउँले ।

स्वास्थ्यमन्त्रीको कार्यशैली र अभिव्यक्तिलाई लिएर आमजनताले गरेको टिप्पणीलाई पर्यटनमन्त्री योगेश भट्टराईले ‘स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोशिस भइरहेको र यसको जनस्तरबाट भण्डाफोर हुने’ भनेर जबाफ दिनुभएछ ।

विश्वभर सरकारको आलोचना हुन्छ तर जिम्मेदार अधिकारीले यस्तो जबाफ फर्काएको बिरलै सुन्न पाइन्छ । बरु तिनले विनम्रतापूर्वक माफी माग्छन् र आलोचनालाई गम्भीर रूपमा लिइएको विश्वास दिलाउँछन् । जनताकै करबाट पालिएर जनतालाई नै ‘घिनौला सुँड’ भन्ने टिप्पणी बढ़ी नै ‘हार्स’ भयो ।

यो पुस्ताले त आलोचनाबाट सिक्ने हो । अस्ट्रेलिया आगलागीसँग जुध्दै थियो । उहाँको अस्ट्रेलिया कार्यक्रम विवादित भयो । सफाइ त ठीक थियो, तर त्यसमा आलोचना गर्नेहरू उहाँले भनेजस्तो ‘नियत नै खराब भएका अराष्ट्रिय तत्त्व’ थिएनन् ।

एअरपोर्टको शौचालयबारे धेरैले तस्बीर सहित नै टिप्पणी गर्दै आएका छन् । एउटा पर्यटकको टिप्पणी आयो । ‘ट्वाइलेट फोहोर नभएर के फोहोर हुन्छ त ? अलिअलि फोहोर त भइहाल्छ नि !’ यो उहाँको जबाफ थियो । अझ केही वर्षपहिले विदेशीका ट्वाइलेट पनि यस्तै त हुन्थे भन्नु त कत्ति पनि जिम्मेबार जबाफ थिएन ।

विश्व स्वास्थ्य सङ्गठनले आपत्काल घोषणा गरिसक्दा पनि तपाईंले चीनकै मिडियामा नेपाललाई कोरोनामुक्त देशका रूपमा प्रचार गर्ने अनौठो आइडिया प्रस्तुत गर्नुभो । यसले त चीनकै घाउमा नुनचुक दल्नेमात्रै होइन, हाम्रै स्वास्थ्य सुरक्षालाई पनि गम्भीर चुनौती दिन सक्थ्यो । स्वभावतः धेरैले विरोध गरे । तर तपाईंले यस्तै नमिठो जबाफ फर्काउनुभयो ।

देशमा कोरोनाभाइरसका सङ्क्रमित व्यक्ति भेटिएको दुई महिनासम्म पनि यदि विभागीय मन्त्रीलाई पीपीई भनेको के हो भन्ने थाहा हुँदैन भने या तपाईंहरूले यो महामारीसँग लड्न भनेर बनाएको उच्चस्तरीय समितिमा एउटा पनि डाक्टर या विज्ञ हुँदैनन् भने आलोचना हुनु स्वाभाविक हो । यस्तो संवेदनशील आलोचना या टिप्पणीलाई पनि ‘स्वार्थी राजनीतिको घिनौला सुँड’ भनेर तपाईंले गाली गर्न नसुहाउनुपर्ने हो । विश्वभर घुम्नुभएकै छ । कम्तिमा अन्यत्र मन्त्रीहरूमा हुने सादगी, नम्रता र सहिष्णुता पनि धेरैथोरै सिक्नुभए कस्तो हुन्थ्यो होला ?

यो पनि

लकडाउनका क्रममा गल्ती भएकै हो, सच्याउँदै अघि बढ्छौंः योगेश भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन

अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

एनाआरएनको बद्री केसी पक्षले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनको कानुनी उपचार खोज्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको