अध्यात्म र पर्यटन वर्ष २०२०



डा. गोविन्दशरण उपाध्याय

नेपालमा आध्यात्मिक पर्यटन नेपाल शाक्त, शैव, वैष्णव, जैन, बौद्ध, बोन्पो र किरातीहरूको साझा तीर्थस्थल हो | नेपालका शक्तिपीठहरू, कोटहरू विश्वभरिका शाक्तहरूका तीर्थस्थल हुन् भने पशुपतिनाथसहित गौरीशंकर हिमाल शैवहरूका तीर्थस्थल हुन् |

मुक्तिनाथ, जनकपुर, बाल्मिकी धाम, काठमाडौँका नारायण मन्दिरहरू विश्वभरिका वैष्णवहरूका लागि अति आराध्य तीर्थस्थलहरू हुन् | यसैगरी जैनहरूका लागि मुक्तिनाथ, पुलहक्षेत्र, जनकपुर पवित्रतीर्थस्थल हुन्, विश्वका हरेक जैन आफ्नो जीवनमा एकपटक यहाँ आउन चाहन्छन् | बौद्धहरूका लागि नेपाल ठूलो तीर्थस्थल अरू काहीं छैन |

बौद्धहरूका लागि नेपाल ठूलो तीर्थस्थल अरू काहीं छैन |

माथिल्लो डोल्पा, मुस्तांगका केही प्राचीन बोन्पो गुम्वाहरूले विश्वभरिका नृशास्त्री तथा बोन्पोहरूका लागि खोज तथा आराधनाका केन्द्र हुन् भने नया विकसित हुँदैगरेको किराती धार्मिक समुहहरूको आध्यात्मिक क्षेत्र नेपाल नै रहेको छ |

यस वाहेक काठमान्डौको नया बजार स्थित प्राचीन नानक मठ विश्वभरिका शिखहरूका लागि पवित्र तीर्थस्थल बन्न सक्छ किनभने मानसरोवरको यात्रामा जाँदा गुरु नानक देवले यहाँ तीन दिन निवास गरेका थिए |

हामीले उपरोक्त धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वका केन्द्रहरूको महत्व बुझेका छौँ | यी सबै आध्यात्मिक स्थलहरूको समुचित विकास तथा प्रवर्धन लागि सहकार्यमा अग्रसरता लिन प्रेरित गर्नु र सहभागिता सुनिश्चित गर्नु हाम्रो उद्देश्य हो जुन सबैको उदेश्य हुनुपर्छ |

नेपाल सरकारले धार्मिक पर्यटनमा आधारित अर्थतन्त्रलाई थोरैमात्र ध्यान दिने हो भने न युवाहरूले आफ्नो यौवन विदेशमा विताउनु पर्छ न विदेशी बैंकहरूबाट अनावश्यक ऋणनै लिनुपर्छ |

सबै आध्यात्मिक स्थलहरूको समुचित विकास तथा प्रवर्धन लागि सहकार्यमा अग्रसरता लिन प्रेरित गर्नु र सहभागिता सुनिश्चित गर्नु हाम्रो उद्देश्य हो जुन सबैको उदेश्य हुनुपर्छ |

ऋणले ऋणी उत्पादन गर्छ भने धनले धन नै उत्पादन गर्छ | एत्ति सानो तत्थ्य बुझे पुग्छ | विदेशमा वस्ने नेपालीले भारतीयहरू, र विदेशीहरूसंग सहकार्य गर्ने सक्ने यो भन्दा सजिलो विषय केही छैन |

NRN हरूमा आफ्नो मातृभूमिप्रति ठूलो माया सम्मान छ भन्ने कुरामा शंका छैन तर उपरोक्त काममा सहकार्य गर्ने हो भने NRN महत्व र भूमिका अझैं फलदायी हुन्छ | हामी सहकार्य गर्न सघाऊँन तयार छौँ |

नेपाल सरकारले पनि एसलाई महत्व दिएको छ तर सिद्धान्त र वास्तविकता नमिल्दा अल्मलिएको छ | सरकारले बुझ्नुपर्छ कि विदेशीहरू हाम्रो देशमा ठूला सिमेन्टका घरहरू वा महङ्गा कारहरू हेर्न आउने होइनन् |

सरकारले बुझ्नुपर्छ कि विदेशीहरू हाम्रो देशमा ठूला सिमेन्टका घरहरू वा महङ्गा कारहरू हेर्न आउने होइनन् |

यी सबै हाम्रा आवश्यकता हुन् तर धार्मिक धार्मिक तथा सांस्कृतिक पर्यटनको अर्थतन्त्र “माउन्टेन-राइदिंग” भन्दा धेरै ठूलो र आस्थासंग जोडिएको छ | हामी सबै नेपाल सवाल र सक्षम बनाउन चाहन्छौं तर आफ्नै जरोकिलोमा नउभिएसम्म हाम्रो उदेश्य सफल हुँदैन किनभने हामीले सफलताका सूत्रहरू बुझ्न नै सकेनौं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालीको प्रतिव्यक्ति आय १,३८१ डलर, सार्वजनिक ऋण भार ६३ हजार ३१० रुपैयाँ

काठमाडौं । प्रत्येक नेपालीको भागमा सार्वजनिक ऋणको भार ६३ हजार रुपैयाँ पुगेको छ।

सङ्घीय सरकारको बजेट घाटा २१ अर्ब ३१ करोड पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको

ओलीलाई देउवाको प्रश्नः ईपीजी प्रतिवेदन तीन वर्षअघि तयार भएको हो, त्यतिबेला किन बुझिएन त ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

अशोक घिमिरे, काठमाडौं । स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते