यसकारण छन् सरकारसँग जनता निराश



विजय खड्का

गैर आवासीय नेपालीहरूको छाता संगठन एनआरएनए चुनावको संघारमा छ,उपेन्द्र महतो देखि भवन भट्टसम्म आईपुग्दा एनआरएनए विश्वभर रहेका नेपालीहरूको मूल प्रवाहको छाता संगठनको रूपमा विकास हुन सफल भएको छ ।

साथै नेपालको आर्थिक समृद्धि, विकास,निर्माण,प्राकृतिक प्रकोपमा यो संस्थाले खेलेको अहम् भूमिकाले केही अपवादको वावजुद नेपालीहरूको मनमा वस्न समेत सफलता मिलेको छ।समग्रमा यो संस्था प्रति सवै नेपालीले गर्व गर्ने र सिर ठाडो पार्नै पर्ने वातावरण वनाउन संस्था सफल रहेको महशुस भएको छ ।

अहिले मुलुक चरम राजनीतिकरणबाट जेलिएको छ । मुलुकका ठूला दुई दल कम्युनिस्ट काग्रेसले हरेक घटना परिघटना, राज्यमा रहेका हरेक तह र तप्कालाई राजनीतिकरण गरेका छन् । राज्यको कुनै क्षेत्र राजनीतिवाट मुक्त छैन ।

मुलुकका ठूला दुई दल कम्युनिस्ट काग्रेसले हरेक घटना परिघटना, राज्यमा रहेका हरेक तह र तप्कालाई राजनीतिकरण गरेका छन् ।

यसको परिणाम संस्थाहरूले आम शुभचिन्तकको विश्वास गुमाउँदै जानसक्ने सम्भावना रहेको छ । सवै क्षेत्रमा दलको उम्मेदवार, दलगत हस्तक्षेप, स्वार्थले संस्थाको स्वतन्त्रता,निष्पक्षता,कार्यक्षमता प्रभावहीन हुँदै गएका छन,नेताको आशिर्वाद, दलको अन्धभक्त हुनुनै संस्था हाक्ने योग्यताको रूपमा परिभाषित गरिदै छ ।

दलको झोला नवोक्नेहरू संस्थामा जतिसुकै योगदान गरेपनि, गहिराइ वुझेपनि, संस्था हाँक्ने भिजन भएपनि दलको सदस्य नभई योग्य हुन नसक्ने वातावरण तयार भएको छ,यस्तो चरम राजनीतिक विकृति चिरेर संस्थागतको निर्णय,राजनीतिक हस्तक्षेप मुक्त एनआरएनए वन्नु पर्छ भन्ने राप्रपाको दृढ अडान छ ।

एनआरएनए राजनीति भन्दा माथि उठनु पर्दछ । यसले कुनै अमुक दलको वैशाखी टेक्नु हुँदैन । नेपालका सवै दलहरूलाई समान दृष्टिकोणले हेर्न सक्ने नेतृत्व हुनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । अथवा यसपटकको नेतृत्व राजनीति आग्रह पुर्वाग्रह भन्दा माथि रहोस् भन्ने राप्रपाको चहाना हो।

राप्रपा राष्ट्रवादी शक्ति हो । अहिले नेपालीहरूको जनघनत्व रहेको विश्वका २५ भन्दा वढी मुलुकहरूमा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाजको गठन र यसले प्रवासको क्षेत्रमा प्रभावकारी उपस्थिति वनाएको छ ।

अष्ट्रेलियादेखि जापानसम्म, खाडीको मरूभूमि देखि मलेशियाको जंगलमा काम गर्ने प्रवासी मनहरूको साझा संगठनको रूपमा यो संस्था स्थापित छ । नेपालको परिवर्तित राजनीतिक परिवेशले सत्ताधारी र प्रतिपक्षसंग जनता निराश र उदास छन् ।

यो विषम परिस्थितिमा संख्यात्मक रूपमा केहि कमजोर देखिएता पनि वैचारिक रूपको मुख्य प्रतिपक्षी दल राप्रपा नै हो । प्रवासमा समेत तमाम राजावादी,हिन्दुवादी,राष्ट्रवादीको साझा संगठनको रूपमा काग्रेस,कम्युनिस्टको संगठनलाई सशक्त चुनौति दिनेगरि यो संस्था उभिएको छ ।

नेपालको परिवर्तित राजनीतिक परिवेशले सत्ताधारी र प्रतिपक्षसंग जनता निराश र उदास छन् ।

नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको युएई,मलेशिया लगायतका मुलुकहरूमा त प्रवासी नेपाली एकता समाज काग्रेस कम्युनिस्टको संगठन भन्दा माथि छ । युएईको ७ स्टेट मध्ये दुवई,अवुधावि लगायतका ३ स्टेटको अध्यक्ष राप्रपा समर्थितले जित्नु तथा मलेशियामा महासचिव लगायत अन्य पद जित्नुले पनि यो कुरा प्रमाणित हुन्छ।

यस्तै युरोप,अमेरिका,अष्ट्रेलिया,लयायतका अन्य एसियाली मुलुकहरूमा समेत राप्रपा समर्थितहरूको यस पटकको एनआरएनएमा प्रभावशाली उपस्थिति रहेको छ । कतिपय मुलुकहरूमा कुनै पार्टी संगठनमा भएका व्यक्तिहरू एनआरएनएको पदाधिकारी सदस्य वस्न नपाउने नियमले प्रवासी नेपाली एकता समाजले स्वतन्त्र तथा वैचारिक रूपमा नजिक व्यक्तिहरूलाई सहयोग गरि जिताएको छ । त्यस्ता व्यक्तिहरूको समेत यो सम्मेलनमा उपस्थिति रहने छ ।

राप्रपाका प्रवासका प्रभावशाली नेताहरू,शुभेच्छुक,समर्थक,एनआरएनएमा प्रतिनिधित्व गरिसकेका साथिहरूको पनि उल्लेख्य उपस्थिति छ । सरसर्ति हेर्दा राजनीतिक रूपमा वा राप्रपाको वैचारिक आस्था वोक्नेहरूनै यो चुनावमा निर्णायक हुने परिस्थिति निर्माण भएको छ ।

राप्रपा स्वतन्त्र, राजनीति भन्दा माथि उठेको एनआरएनए चहान्छ । संस्था स्वतन्त्र हुनु पर्दछ भन्ने मान्यता राख्दछ । अहिले दलको समर्थनलाई उम्मेदवारको जित हारको कारक वनाईयो भने आउने नेतृत्वले स्वतन्त्र भएर काम गर्न सक्दैन ।

अहिले दलको समर्थनलाई उम्मेदवारको जित हारको कारक वनाईयो भने आउने नेतृत्वले स्वतन्त्र भएर काम गर्न सक्दैन ।

प्रत्यक्ष वा परोक्ष रूपमा दलहरूले आफ्नो भारि वोकाउने नै छन् । व्यक्तिको आफ्नो विचार हुन्छ त्यसमा सवै स्वतन्त्र छन् । एनआरएनएमा पनि सवै विचारको व्यक्ति छन् तर संस्था राजनीति विचार मुक्त र आफ्नो मुद्धा केन्द्रीत हुनु पर्दछ ।

राप्रपाको प्राथािकता यहि हो, एनआरएनए आन्दोलनलाई सक्षम नेतृत्व दिएका, राजनीति आग्रह पुर्वाग्रहवाट मुक्त हुन सक्ने, मुलुकमा लगानी भित्राउन सक्ने, राष्ट्रिय भावना स्वार्थ र नेपाली समाज परिवेशलाई उच्च प्राथमिकता दिने उम्मेदवारहरू नै हाम्रा प्राथमिकता हुन् ।

यस विषयमा विश्वभर रहेका प्रवासी नेताहरू, मतदाता तथा शुभचिन्तकहरूसंग राप्रपा प्रवास विभागको घनिभूत छलफल जारी छ । राम्रो व्यक्तिहरू, योगदान दिनसक्नेहरू दलको पेलाईमा नपरून्, राम्रा उम्मेदवारहरूको विजयको सुनिश्चितता होस् भन्ने हाम्रो चाहना छ ।

यसैतर्फ राप्रपा प्रवास विभागको ध्यान रहने छ । यसै कारणले पनि दलवाट उम्मेदवार उठाउने विषय हामीले प्राथमिकता दिएका छैनौं । गैर दलिय उम्मेदवार हुनु पर्दछ भन्ने मान्यता राप्रपाको छ।

अहिले राप्रपा एकीकरणको प्रक्रियामा छ, वार्तामा छ, राप्रपा मात्र नभएर यो विचार संग सहमत वा आस्था राख्ने सम्पूर्ण राष्ट्रवादी शक्ति, समूह, राजसंस्थावादी, हिन्दूवादीहरू एकीकरणको प्रयासमा छन् ।

अहिले राप्रपा एकीकरणको प्रक्रियामा छ, वार्तामा छ, राप्रपा मात्र नभएर यो विचार संग सहमत वा आस्था राख्ने सम्पूर्ण राष्ट्रवादी शक्ति, समूह, राजसंस्थावादी, हिन्दूवादीहरू एकीकरणको प्रयासमा छन् ।

यी सवै समूहको प्रवासमा प्रतिनिधित्व गर्ने प्रवासी नेपाली एकता समाज, विश्वभर रहेका राष्ट्रवादी प्रवासी नेपालीहरूको र स्वदेशमा रहने तमाम राष्ट्रवादी ताकतको साझा संगठन हो ।

प्रवासमा रहने तमाम राष्ट्रवादी शक्ति राप्रपा लगायतका समान विचारधाराको एकीकरणको लागि तिव्र दवाव दिएका छन् । अहिले प्रवास वा स्वदेशमा यो विचार समूह उत्साहित छ ।

नेपाली जनताको चाहना यो संविधानले र ठूला भनाउँदा राजनीतिक दलले वेवास्ता गरेकोले संविधानकै परिधिभित्रवाट व्यापक जनदबाब श्रृजना गरि धर्म, संस्कृति, परम्परा मूल्य र मान्यता पुनःस्थापित गर्दै समृद्ध समाजको निर्माण गर्नु आजको कार्यभार हो ।

तमाम राष्ट्रवादी यसतर्फ सचेत छन् । नेपाली समाजमा देखिएको चरम असन्तुष्टि राजधानी लगायतका सडकमा छ छल्किएका छन् । यो वितृष्णाले राजनीतिक समिकरणलाई समेत महत्वपूर्ण प्रभाव पार्ने छ ।

नेपाली समाजमा देखिएको चरम असन्तुष्टि राजधानी लगायतका सडकमा छ छल्किएका छन् । यो वितृष्णाले राजनीतिक समिकरणलाई समेत महत्वपूर्ण प्रभाव पार्ने छ ।

अर्थात् संख्यात्मक रूपको राजनीतिक गणितमा वलियो लागेपनि ठूला दलहरू धमिराले खाएका रूखहरू जस्ता भएका छन् । यस्तो अवस्थामा दलकै समर्थनमा कसैले आफूलाई उभ्याउँछ भने त्यो उम्मेदवारको लागि चुनावमा सफलता प्राप्त गर्नु फलामको चिउरानै सावित हुने निश्चित छ।

एनआरएनएको यो विश्व सम्मेलनले तमाम चुनौतिको सामना गर्दै एउटा दर्विलो विश्वासिलो,नेतृत्व दिन सकोस्, यसको गौरवमय ईतिहास झनै उर्जामय होस्, सबै प्रवासी नेपालीहरू भावनाको नेपालवाट भूगोलको नेपनलमा हार्दिक स्वागत अभिववादन टक्राउँदै नेपालीहरूको महान चाड वडादशैको हार्दिक मंगलममय शुभकामना।

खड्का राप्रपाका केन्द्रीय सदस्य तथा
प्रवास विभाग प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा