जहाँ तपाइँ, त्यहीं खबरः हातमा खबर डट कम



समादरणीय पाठकवृन्द
देशले संविधान पाएको असोज तीनको शुभ दिनांक पारेर हामी आएका छौं, तपाइँको माझमा, हातमा खबर डट कमका साथमा । संसार अहिले व्यस्त छ, तपाइँ हामी सबै आआफ्नो कर्ममा जुटिरहँदा फुर्सद कम छ ।

तै पनि सूचना प्रविधि जगतमा आएको क्रान्तिकारी विकासका परिणतिहरुले तपाइँ हाम्रो सूचनाको अधिकारलाई झनै सजिलो बनाएको छ ।

हामी हातमा औंलाका चालमा विश्व शेयर गर्न र आफूलाई चाहिएको सूचना प्राप्त गर्न सफल भएका छौं । मानिसको व्यस्त दैनिकीका बीच छिटो, सरल र सहज रुपमा तपाइँको सूचनाको भोक मेटाउने हाम्रो सानो प्रयास हो, हातमा खबर डट कम ।

मानिसको व्यस्त दैनिकीका बीच छिटो, सरल र सहज रुपमा तपाइँको सूचनाको भोक मेटाउने हाम्रो सानो प्रयास हो, हातमा खबर डट कम ।

जहाँ तपाइँ, त्यही खबर । यही हो हाम्रो लक्ष्य । तपाइँले खबर प्राप्त गर्न अब धाउने होइन, खबर तपाइँको हातमा तात्तातै आईपुग्ने छ, हातमा खबरका साथमा ।

दिन दिनका घटना प्रसंग, छिन् छिन्का सूचना तरंगहरुलाई हामी तपाइँकै ठाउँ, परिवेश र माझमा पस्किरहन्छौं पल पल । र, सदा आमपाठक वर्गलाई सूसूचित गरिहनेछौं, हातमै खबर पस्कदै ।

निश्चयनै अहिलेको दुनियाँमा सूचना प्राप्तीका धैरै उपाय छन् । त्यस्तो बेलामा प्रश्न स्वभाविक रुपमा उठन सक्छ, किन हातमा खबर डट कम नै चाहियो र ? हो, अनलाईन पत्रकारिताको दुनियाँमा एक प्रकारको बाढी नै आईरहेको सन्दर्भमा हामी प्रष्ट भिजन, मिसन र प्लान सहित तपाइँहरुको सेवामा हाजिर छौं, हातमा खबरका साथमा ।

अनलाईन पत्रकारिताको दुनियाँमा एक प्रकारको बाढी नै आईरहेको सन्दर्भमा हामी प्रष्ट भिजन, मिसन र प्लान सहित तपाइँहरुको सेवामा हाजिर छौं, हातमा खबरका साथमा ।

अनलाईन वा युटुव च्यानलहरुले सस्तो लोकप्रियताका लागि मात्रै सञ्चार कर्म गर्ने बेलगाम बेथितिपूर्ण वर्तमानमा फरक मतसहित पाठकहरुका लागि जिम्मेवार, जनउत्तरदायी र भरोसायोग्य सूचना र समाचार खेती गर्नु हाम्रो मुख्य भिजन हो । हामी सत्य, तथ्य र विश्वसनिय सूचना र समाचार प्रवाहलाई हाम्रा दिनदिन र छिन् छिन्का समाचार तरंगहरुका साथ प्राथमिकता दिने छौं ।

हामी सूचना र समाचार प्रवाहको वर्तमान शैली भन्दा भिन्न रुपमा आममानिसको जिन्दगीमा सकारात्मक उर्जा र प्रेरणा थप्ने सूचना शक्तिका रुपमा तपाइँहरुको साथमा रहने प्रण गर्दछौं ।

समाचार, विचार वा कुनै पनि सूचनाजन्य हाम्रो प्रश्तुतीले तपाई आमपाठक वर्गमा नकारात्मक भाव, व्यवहार र संस्कारको संचारण नगराओस् भन्ने हाम्रो लक्ष्य रहने छ । हुन्न, भएन, बिग्रियो, खत्तम भो आदि, ईत्यादि समाचार प्रवाहमा क्रमभंगता गर्ने हाम्रो प्रयास रहने छ । किन भने सकारात्मक सोच र चिन्तनबाटै जीवन र जगतलाई सहज बनाउन सकिन्छ भन्ने हाम्रो मान्यता र विश्वास हो ।

हामी जानकारीमूलक, शिक्षाप्रद र उत्साहले भरिपूर्ण ज्ञान गुनका विषय प्रसंगहरुका सूचना र समाचार तरंगहरुका साथ तपाइँहरुको हात हातको मोवाइलमा हाजिर हुँदै गर्दा, हाम्रा प्रस्तुतीहरु तपाइँहरुका लागि बढी से बढी उपयोगी र हितकारी होउन्, रहुन् भन्नेमा सदा सचेत रहने छौं ।

खबरै खबरका वीच उर्जा, उत्साह र उमंगका साथ समाजलाई सत्यमार्गमा हिँडाउन प्रेरित गर्ने खबर संगालो हुने छ हातमा खबर डट कम ।

बिक्ने खबर होइन, व्यूँझाउने खबर, तर्सिने खबर होइन, केही गर्न तम्साउने, उक्साउने खबर, निराशाको ग्राफ बढाउने खबर होइन, आशा र विश्वासको दियो जगाउने खबर । खबरै खबरका वीच उर्जा, उत्साह र उमंगका साथ समाजलाई सत्यमार्गमा हिँडाउन प्रेरित गर्ने खबर संगालो हुने छ हातमा खबर डट कम ।

हामी नयाँ छौं, सानै छौं । तर प्रष्ट छौं की हाम्रो यो यात्रा भदौरे भेल होइन, तपाइँहरुको सेवामा सकारात्मक संचार कर्मको अविरल गतिको सुरुवात हो ।

हामी माटोको माया कर्मका गर्दै जनताको संचार सारथीका रुपमा अविछिन्न लागिरहने छौं । यसैले हाम्रो यो पवित्र कर्ममा हामी आम पाठक, विज्ञापनदाता र समर्थक, शुभेच्छुक सबैबाट सकेको होस्टेमा हैंसे चाहन्छौं ।

हाम्रो यो पवित्र कर्ममा हामी आम पाठक, विज्ञापनदाता र समर्थक, शुभेच्छुक सबैबाट सकेको होस्टेमा हैंसे चाहन्छौं ।

हाम्रो पहिलो प्रयासमा रहेका कतिपय त्रुटि कमजोरीहरुलाई आआफ्ना तर्फबाट औंल्याउदै हामीलाई अरु सतमार्गमा अघि बढ्न सबैले सधै कडा खबरदारी गरिहनका लागि पनि विनम्र आग्रह गर्दछौं ।

हामीलाई आलोचनात्मक राय सुझाव र हरपलको साथ सबैबाट मिल्ने विश्वासका साथ आफ्नो सूचना, समाचार, ज्ञान र विज्ञापनको एक आधार स्रोतका रुपमा हातमा खबर डटकमलाई आफ्नो संचार सारथी बनाउन अपील गर्दछौ ।

तपाइँ हाम्रो सत्कर्म पूर्ण सकारात्मक संचारले सधै सबैको शुभ होस्, मंगल होस्, कल्याण होस् । हामी आफैंले आफैंलाई हेर्ने, चिन्ने र संसार शयर गर्ने लामो यात्रामा हातमा खबर डटकम तपाइँहरु सबैको असल सारथी बन्न सकोस् । धन्यवाद । जय देश, जय जनता ।


उदयराज ढकाल
अध्यक्ष तथा प्रवन्ध निर्देशक, अभिसर्ग मिडिया प्रा.लि.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन