कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?
रुक्मिणी देवी ।
आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन् । सबै इसाईको पर्व भन्नु उचित हुँदैन । सबै नेपाली इसाईहरूका लागि पनि यो पर्व स्वीकार्य छैन । यद्यपि जसले जिससको जन्म दिवसको रूपमा २५ दिसम्बरलाई क्रिसमस मान्छन्, उनीहरूका लागि ‘मेरी क्रिसमस’ भनेर शुभकामना दिनु उचित उचित नै हुन्छ । नेपाली समाजमा दुई–तीनतवरले क्रिसमस मनाउने गरिन्छ । उदाहरणका लागि ठमेलका पसलहरू, होटलहरूले जिससको जन्मदिनका रूपमा होइन, विदेशी पाहुनाको धार्मिक भावनालाई सम्मान गर्न क्रिसमसको रूख सजाएर राख्छन् र पाहुनाको खुसीको लागि ‘गीतसंगीत वा वा भोज’को आयोजना गर्छन् । यो व्यापारिक क्रिसमस हो । व्यापारिक क्रिसमस मनाउने विश्वभरी व्यापारिक दायित्वभित्र पर्छ भनेर बुझ्नुपर्छ ।
दोस्रो क्रिसमस विद्यालयहरूले मनाउने गर्छन् । उनीहरूले तर्क दिन्छन् कि नेपाल बहुधार्मिक देश भएकोले हरेक बालबालिकालाई धार्मिक चाडवाड वारे जानकारी दिनुपर्छ । यसले धार्मिक विविधतालाई सम्मान गर्ने उदारवादी दृष्टिकोणको विकास हुन्छ । तेस्रो, केही इसाई समुदायले आफ्नो प्रमुख धार्मिक चाडका रूपमा जिससको प्रार्थना गर्दै, बाइबल पढ्दै र परिवार वा समाज रुचिका व्यक्तिहरूसंग खुसी साटासाट गरेर क्रिसमस पर्व मनाउँछन् । अर्को चौथो ‘चुत्थो’ राजनैतिक समुदाय छ जसले इसाई भोट प्राप्त गर्नका लागि क्रिसमसको शुभकामना दिन्छ, जोकर टोपी लगाएर ‘जिससको पक्का’ भक्त भएको अभिनय गर्छ ।
आफ्नो मौलिक धर्म, संस्कृति तथा परम्पराअनुसारका आफ्ना चाडवाड मान्न र मनाउन पाउनु हरेक नेपालीकको अधिकार हो । इसाई संस्कृति अंगालेका नेपाली इसाईहरूले क्रिसमस मान्छन्, त्यसमा कसैले चित्त दुखाउनु पर्ने, आलोचना गर्नु पर्ने, सत्तोसराप गर्दै घृणा व्यक्त गर्नुपर्ने कुनै कारण छैन । तर नेपालमा जसरी इसाईहरूले धर्मपरिवर्तनको चक्र चलाईरहेका छन्, त्यसले गर्दा धेरै नेपालीहरूको मन दुखेको छ । यस्तो मनको दुःखेसो ‘क्रिसमस’जस्ता सार्वजनिक इसाई चाडवाडका वेला छताछुल्ल हुन्छन् । मलाई लाग्छ, कुनै पनि नेपालीले इसाई धर्म विरुद्ध होइन, धर्मपरिवर्तन गराउनेहरू विरुद्ध असन्तोष व्यक्त गरिरहेका हुन् । नेपाली संबिधानलाई मान्नु हरेक नेपाली नागरिकको कर्तब्य हो र यदि इसाईले धर्मपरिवर्तन गर्न काम गरिरहेका छन् भने त्यसको विरोध र प्रतिकार गर्नु हरेक नेपाली नागरिकको कर्तव्य र अधिकार हो ।
सहमति र असमति सबैसँग हुन्छन् । सबैसँग सहमत हुनुपर्छ भन्ने छैन तर अब्राहमले आरम्भ गरेका सम्प्रदायले (यहुदी, इसाई र मुस्लिम) एकअर्काको धार्मिक अस्तित्व स्वीकार गर्दैनन्, सिद्धान्ततः यो तत्थ्य सत्य हो । साथै, तिनै सम्प्रदायअन्तर्गत विकसित भएका उपसम्प्रदायहरूले एकअर्काको धार्मिक अस्तित्व अस्वीकार गर्छन् । उदाहरणका लागि जिसस र बाइबललाई नै मान्ने क्याथोलिक र प्रोस्टेस्टेन्टले एकअर्काको धार्मिक अस्तित्व स्वीकार गर्दैनन् भने सियाले सुन्नीको र सुन्नीले सियाको अस्तित्व स्वीकार गर्दैनन् । यो सत्यलाई कसैले चुनौती दिन सक्दैन । यस्तो अवस्थामा, अब्राहम भन्दा वाहिरका धार्मिक सिद्धान्त र अभिमतहरूलाई अब्राहमिकहरूले स्वीकार गर्छन्, समानताको व्यवहार गर्छन् भनेर सोच्नु बालुवा पेलेर तेल निकाल्नु सरह नै हो । यदि कसैले अब्राहमिकहरू धर्मनिरपेक्ष हुन्छन् र सबै धर्मसंस्कृतिप्रति समान दृष्टिकोण राख्छन् भनेर विश्वास गर्छ भने त्यो संसारको सबैभन्दा सोझो व्यक्ति हो वा राजनैतिक छलछामले भरिएको धूर्त राजनैतिककर्मी !
जसले जति विरोध गरे पनि, अस्वीकार गरे पनि, इसाईहरूप्रति घृणा व्यक्त गरे पनि आजको मितिमा विश्वको सबैभन्दा ठूलो धार्मिक समुदाय ‘इसाई’ छन् । इसाईहरूको जुनसुकै सम्प्रदाय किन नहोस् धर्मपरिवर्तन गराउने कामलाई सबैभन्दा महत्वपूर्ण मानेर योजना पूर्वक कामगरिरहेको हुन्छ । नेपालमा करिव २४३ वटा इसाई समुदायहरू धर्मपरिवर्तन गराउने कार्यमा योजनापूर्वक सक्रिय छन् । त्यसको लागि विभिन्न स्रोतबाट ठुलो धनराशी वाहिरबाट आइरहेको छ ।
सीधै चर्चमा न आए पनि समाजसेवाका नाममा खुएका आइएनजीओ/एनजीओ र अधिकारवादी आन्दोलनको आवरणमा पैसा प्राप्त भैरहेको छ भने युरोपेली, अमेरिकी, बेलायती, भारतीय, कोरियाली, जापानिज तथा अन्य देशका इसाई संगठनहरूले खुलेआम नेपालीहरूको धर्मपरिवर्तन गरिरहेको तत्थ्य नेपाल सरकारले जारी गरेको २०२१ को तत्थ्यांकले सुनिश्चित गरेको छ । अर्थात्, नेपालमा विश्वभरीका इसाई सम्प्रदायहरू छलछाम गरेर धर्मपरिवर्तन गराउन लागि परेका छन् । नेपाली जनताको यहीं चित्त दुःखाई छ ।
मैले क्रिसमसको विषयमा चर्चा गर्नुका दुईवटा कारण छन्ः पहिलो कुरा इसाई धर्मको विस्तार संगै नेपालीहरूमा फरक–विश्वास भएका समुदायप्रति घृणाको भाव बढेको छ, दोस्रो इसाई समुदाय नै नेपालको मौलिक संस्कृतिको निरन्तरता मास्न धर्मपरिवर्तन गराउने क्रियाकलापमा विदेशीहरूसँग गहिरो साँठगाँठ गरेर क्रियाशील छ । उदाहरणका लागि सन् २००२ सम्म नेपालमा केवल २७ वटा चर्च थिए र मन्दिर, गुम्वा तथा चैत्यहरूको सङ्ख्या १३००० हजारका हाराहारी थियो । सन् २०२४ को क्रिसमसका दिनसम्म नेपालमा चर्चहरूको सङ्ख्या १५७०० पुगेको छ भने मन्दिर, गुम्वाआदिमा कुनै पनि बढोतरी भएको छैन ।
यसैगरी इसाईका अगुवाहरूले दुईबटा राजनैतिक पार्टी समेत खेल्न भ्याएका छन् किनभने नेपाल क्रिस्चियन संघकाअनुसार अनुसार हाल नेपालमा सरदार २०–२२ लाख इसाईहरू छन् । तिनको भोट एकीकृत गर्न सके संसदमा आफ्नो आवाज राख्न सकिन्छ । साथै, माओवादी पार्टीले त घोषित रूपमा नै इसाईकरणलाई मलजल गरिरहेको तत्थ्य लुकेको छैन । नेपाली रैथाने जनताहरू इसाईहरूको सर्वसत्तावाद अर्थात् अर्काको धार्मिक तथा सांस्कृतिक अस्तित्व स्वीकार नगर्ने र परम्परागत नेपाली देवीदेवता र चालचलनहरूलाई ‘शैतानको जादु’ भनेर अपमान गर्नेहरूबाट त्रसित छन् । यही त्रास र इसाईहरूको घृणावादी दृष्टिकोण र व्यबहारले गर्दा नेपाली समाजमा पनि घृणावादी चेतना बलियो हुँदै छ ।
हिन्दू, जैन, बौद्ध तथा अन्य नेपालका रैथाने आस्था, धर्म र संस्कृतिले एकअर्काको धार्मिक तथा सांस्कृतिक अस्तित्वलाई स्वीकार गर्छन् भने नेपालको रैथाने संस्कृतिसंग कुनै सरोकार नराख्ने पराई ‘इसाई–मुस्लिम’को धार्मिकतासंग पनि कुनै समस्या छैन । अर्कालाई सधैं समस्याका रूपमा बुझ्ने धार्मिक संस्कृति भएका इसाई–मुस्लिम समुदायको बढ्दो उपस्थिति र क्रियाकलापले यी दुई बाहेकका धार्मिक समुहहरूमा पनि तिनीहरूको सिको गर्दै एकआपसमा घृणावाद प्रकट गर्ने (राजनैतिक रूपमा पनि) प्रवृत्ति बढ्दो छ । बेलायतको इसाई विश्वविद्यालयमा पढेका भारतीय डा. अम्बेडकरले बौद्ध संस्कृतिलाई इसाईको बाटोमा लागेको हुँदा त्यो समुदाय पनि अब्राहमिक समुदायझैं एकअर्कालाई घृणा गर्नु पर्ने बाटोको पैरवी गरिरहेको देखिन्छ । मूलतः नेपाली समाजमा घृणावादको विकास हुनुमा मार्क्सवादका नाममा खडा गरिएका घृणावादी समूह र धर्मनिरपेक्षताको छाता ओढेर धर्मपरिवर्तनको काममा सक्रिय रहेका अब्राहमिक समुदाय र तिनका राजनैतिक मतियारहरू हुन् भन्ने कुरामा शंका गर्नु पर्दैन ।
सामान्य अवस्थामा इसाईहरूको (सबै इसाईहरूको होइन) चाड क्रिसमसका अवसरमा धर्मपरिवर्तनसंग सरोकार नराख्ने इसाई समुदायलाई शुभकामना प्रदान गर्नु उचित नै हो । कुनै पनि इसाई विरुद्ध घृणा व्यक्त गर्नु सनातन संस्कृतिको अंग होइन तर पनि यदि कुनै रैथाने नेपालीले क्रिसमस र इसाईप्रति घृणा व्यक्त गर्दैछ भने त्यसको स्रोतचाहिं इसाई कट्टरपन्थीपन र असहिष्णुता नै हो । फेरि, धर्मपरिवर्तन गरेर इसाई बनिसकेका नेपालीहरूप्रति अनावश्यक घृणा व्यक्त गर्नुको कुनै औचित्य पनि छैन । सकिन्छ भने, धर्मपरिवर्तन गरेर इसाई वा मुसाई बनेका समुदायलाई स–सम्मान स्वधर्ममा फर्काउने पहल गर्नुपर्छ । साथै, वैदिक, बौद्ध, जैन तथा अन्य रैथाने समुदायहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई स्थानीयतहमा पाठ्यक्रम बनाएर पठनपाठनको व्यबस्था मिलाउनु पर्छ ।
राजनैतिक पार्टीहरू लोभी व्यापारीजस्ता हुन्छन्, जहाँ भोटको नाफा हुन्छ, त्यहीं रमाउँछन् र तसर्थ, इसाईहरूको चाडमा घृणावादी अभिव्यक्ति दिएर घृणा बढाउनु भन्दा क्रिसमसकै दिन आफ्नो धर्मत्यागेर इसाई बनेका नेपाली नागरिकहरूलाई स्वर्म दिवसमा फर्कने दिवसको रूपमा मनाउनेतिर जोड दिनु उचित हुन्छ ।
नेपालीहरूको धर्मपरिवर्तन गर्न गराउन कुनै भूमिका नभएका र २५ दिसम्वरलाई क्रिससमको चाडमान्ने सबै इसाई समुदायप्रति क्रिसमसको हार्दिक शुभकामना छ भने जसले स्वधर्म छोडेर विदेशी धर्म अङ्गीकार गर्नुभएको छ, उहाँहरू अमृतका सन्तान हुनुहुन्छ अमृतको बाटो छोडेर “जन्मजात पापी“मार्ग त्यागेर पुनः स्वधर्ममा फर्कनु हुन हार्दिक आह्वान गरिन्छ ।