स्वतन्त्रताको प्रत्याभूति ऋषि संस्कृतिमा



डा. गोविन्दशरण उपाध्याय ।
आज विश्वस्वतन्त्रता दिवस हो । आजको विश्व मानव समाजमा स्वतन्त्रताको मांग अत्याधिक बढेको छ । हरेक व्यक्ति आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनैतिक रूपमा पूर्णस्वतन्त्रता चाहन्छ । अमेरिका सहित पश्चिमाहरूले सभ्यताको ठेक्का लिएर स्वन्तन्त्रताको पक्ष पोषण गर्ने दावी गरिरहेका छन् । भारतवर्षीयहरू पनि पूर्ण निस्पक्ष र मतग्रह रहित छन् भन्ने पूर्ण दावी गर्न मिल्दैन । नेपाली समाज ‘विश्वमा सबैभन्दा छिटो र छोटो समयमा प्रभावित हुने’ मानसिकता भएको तरल अवस्थाको समाज हो भन्ने तत्थ्यको प्रमाण हाम्रो राजनीति, अर्थनीति, जीवनदर्शन, शिक्षानीतिआदि छर्लंग छन् ।

एकातिर व्यक्तिगत तथा सामुहिक स्वतन्त्रताको मांग बढ्दो छ भने अर्कोतिर बढ्दो डिजिटल प्रविधिको प्रयोग र उपयोगका कारण मान्छेले बडो नाटकीय तथा आश्चर्यजनक तवरले डिजिटल घोषणा मार्फत आइटी कम्पनीहरू र शक्तिशाली राष्ट्रका कानुन समक्ष आफ्नो स्वतन्त्रताको बलिदान दिंदै छन् । दार्शनिक तथा मनोविज्ञानिक क्षेत्रमा बहसको विषय बन्नुपर्छ । घरको बेडरूपमा पुगेको इन्टरनेट, हातहातमा रहेका मोबाइल तथा स्मार्ट–घडीहरू, जताततै जडान गरिएका डिजिटल क्यामेराहरू र सरकारी तथा अन्य कम्पनीहरूले राखेका शर्तअनुसार हामीले गर्नु पर्ने बायोमेट्रिकहरूले सामाजिक, राजनैतिक, सांस्कृतिक, धार्मिक तथा व्यक्तिगत स्वतन्त्रतामा गहिरो क्षय भएको छ ।

विश्व स्वतन्त्रता दिवस वारे परिचर्चा गर्दैगर्दा फेसबुकको खाता खोल्दा फेसबुकले अगाडी सारेका लगभग ३६ पेज लामो शर्त र बन्देजहरू सूचि कसैले पनि बढेको हुनु आश्चर्यजनक तत्थ्य हुने छ । यस्ता लाखौँकरोड़ों एप्स तथा वेभसाइटहरूले व्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गरिरहेका छन् भने राजनैतिक शक्तिहरूले यिनै डिजिटल–मार्गहरूको सहाराको योजनागतरूपले प्रयोग गरेर मानवीय स्वतन्त्र चिन्तनशक्तिलाई समेत मताग्रही बनाउन सफल भैरहेका छन् । आज कुनै पनि पूर्वाग्रही सरकारले साच्चिकै चाहाने हो भने आफ्ना हरेक नागरिकको प्रत्येक स्वासप्रस्वासको हिसावकिताव राख्न सक्ने अवस्थामा छ । उदाहरणका लागि हालै चुनावमा विजयी भएका अमेरिकी राष्ट्रपति दिनाल्ड ट्रंपले घोषित रूपमा नै “अमेमेरिकी विरोधी चिन्तन भएका व्यक्तिहरूको स्क्रिनिग गरेर अमेरिका बाहिर निकालिने छ“ भन्ने घोषणा गर्दै चिन्तनतहमा हुने स्वत्रन्त्रतामा राजनैतिक प्रहार गर्ने बाटो खोलिदिएका छन् ।

मेरो जन्म, सिकाई र हुर्काइ नेपालमा भयो । म नेपाली वैदिक हिन्दू हुँ – यही मेरो बास्तविक परिचय पनि हो । आफूलाई निरपेक्ष ठान्ने धेरै ‘बुद्धिजीविहरू’लाई मेरो कथन चित्त नबुझ्ला तर कसैको चित्त दुखाउँन वा बुझाउन सत्य बोलिन्न । आब्रह्मिक धर्महरू र व्यक्तिले आरम्भ गरेका धार्मिक, दार्शनिक तथा सांस्कृतिक चिन्तनका आधारमा विकसित भएको व्यक्तिको बौद्धिक स्वतन्त्रता स्वतः परतन्त्र भएको हुन्छ । ‘ईश्वरसंग डराउँ’ भन्ने अब्रह्मिक दार्शनिक चिन्तन होस् वा ‘सम्पूर्ण संसार दुःखमय छ’ बुद्धको चिन्तन दूवैले आफ्नो बौद्धिक स्वतन्त्रता “पूर्वस्थापित मान्यताको विश्वास“संग गुमाएका छन् । वैदिक दर्शनका केही व्यक्तिले स्थापित गरेका सम्प्रदायहरू वाहेक ‘व्यक्तिको बौद्धिक स्वतन्त्रता’ निर्वाध रहेको देखिन्छ ।

उदाहरणका लागि श्रीमद्भगवत गीताका दुईपात्रहरू श्रीकृष्ण र अर्जुनको संवादलाई लिन सकिन्छ । गीताको तेश्रो अध्यायको दोस्रो र तेस्रो श्लोकमा अर्जुनले श्रीकृष्णलाई चुनौति दिएका छन् ‘यदि निष्काम कर्म उचित हो भने यस्तो भयङ्कर युद्धका लागि मलाई किन प्रेरित गर्दैहुनुहुन्छ र तपाईंको दोहोरो अर्थ लाग्ने काइते उपदेशले मेरो बुद्धि अझैं अल्झियो ? यहाँ गुरूरूप कृष्णका अगाडी डरले अर्जुनले आत्म समर्पण गरेर खुरुखुरु ‘होवाद’लाई अङ्गीकार गरेका छैनन् । यसैगरी अर्को ठाउँमा पनि अर्जुनले कृष्णलाई चुनौति दिएका छन् ।  एकातिर विवस्वत मनु म भन्दा प्राचीन हुन् भन्ने अर्कोतिर मसंगै अहिले छलफल गरिरहेका तंपाईले गीताको उपदेश दिएँ भन्नेजस्तो असम्भव तत्थ्य किन पत्याउने (गीता ४/४) । गुरू र शिष्यका विचमा संवादको यो स्वन्त्रताले प्राचीन ऋषि परम्पराभित्र विकसित भएको शिक्षादीक्षा र तेसबाट विकसित भएको मनोविज्ञान प्रतिविम्बित हुन्छ ।

उदाहरणका लागि गीता प्रबचनको अन्त्य गर्दै श्रीकृष्णले ‘अव तिमीले जे चाहन्छौं त्यही गर (गीता १८/६३) भन्ने अर्जुनले प्रश्न सोध्द्दा देखाएको पूर्णस्वतन्त्रता र कृष्णले ज्ञानयोग, भक्तियोग, कर्मयोग, ज्ञानयोग आदि अनेकौं विकल्पहरू मध्ये एउटा रोज्न अर्जुनलाई बाध्य पार्न सक्थे तर धार्मिक, सामाजिक, राजनैतिक, व्यक्तिगत तथा सांस्कृतिक रूपमा स्वतन्त्रता र परतन्त्रताको अर्थ बुझेका श्रीकृष्णले अर्जुनको ‘चयन (Choice) स्वन्तन्त्रतालाई पूर्ण सम्मान गरे । अर्जुनले पनि ‘मैले तपाईंका बचनको पालन गर्ने छु (गीता १८।७३) तर कुन उपदेश पालन गर्छु भन्ने कुरा गोप्य नै राखे ।

विकल्पसहितको शिक्षा, दीक्षामा प्रष्टता र मानवीय निर्णय होइन चयनमा विश्वास गर्ने परम्परा केवल वैदिक दर्शनमा मात्र प्रत्याभूति गरिएको छ । विश्वका कुनै पनि धार्मिक ग्रन्थले “विश्वका हरेक मान्छेले आ–आफ्नो परिवेशअनुसार आ–आफ्नो धर्म, संस्कृति तथा परम्पराको पालन गरेर मोक्ष प्राप्त गर्न सक्छन् भन्ने मनुका बचनको आँट त्यसै आएको होइन । मनुका यी बचनहरूको आधारमा विकसित भएको मनोविज्ञान नेपाली जनतासंग छ । त्यसैले विदेशी प्रतिमानको राजनीति, विदेशीप्रतिमानका धार्मिक तथा सांस्कृतिक अतिक्रमणहरूलाई स्वागत गर्ने क्षमता छ । क्राइस्ट र मोहम्मदको फोटो आफ्नो पूजास्थलमा राख्नु नै अर्काको सम्मान र आफ्नो मौलिक स्वतन्त्रताको बलियो उपयोग हो । अहिलेको समय परिवेशमा नेपालीहरूको उदारवाद आत्मघाती सिद्ध हुँदैछ – यो फरक तत्थ्य हो । स्वतन्त्रता र स्वच्छन्दताका विचको सीमाहरू ध्वस्त हुँदैगर्दा नेपालीहरूले आफ्नो मौलिक स्वतन्त्रताको सद्गुण गुमाउंदै छौं । कसरी ? एक पटक आफैसंग सोधौं र मनन गरौँ ्र हामीले स्वतन्त्रताको प्रत्याभूति ऋषि संस्कृतिमा रहेको तत्थ्य निर्विवाद रूपमा भेट्ने छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै

‘जनयुद्व’ शब्द प्रकरणमा सर्वमान्य अभ्यासको अवलम्वन संवैधानिक इजलासमा किन हुन सकेन ?

देव गुरुङ । नेपाल सरकार र मधेस प्रदेस सरकारको आर्थिक वर्ष २०८१/८२ को

सबै विवेकी बन्ने हो भने हिरासत र पुलिस नै किन चाहिन्छ र !

नारायण गाउँले । हिरासतमा आजभोलि सीसीटिभी सामान्य रहेछ । बेलायतमा त ट्वाइलेटमा समेत