रामराम सा



डा. गोविन्दशरण उपाध्याय ।
आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता २०९० ताका भारतीय अयोध्याको बाबरी मस्जिदसंग जोडिएको छ । त्यसबेला भारतीय जनता पार्टीले ‘जैश्रीराम’को नारा लगाएर पार्टीसँग हिन्दूहरूलाई जोडेको थियो ।

अहिलेको भारतीय जनता पार्टीको सरकार त्यही ‘जैश्रीराम’को नाराबाट आर्जन गरेको लोकप्रियताले बनेको हो । हालै अयोध्यामा नवनिर्मित राम मन्दिर पनि १९९० ताकाको ‘जैश्रीराम’कै निरन्तरता हो र आसन्न चुनावमा जैश्रीरामको प्रभावकारिताको परीक्षण पनि ।

रामानन्द सागरले बनाएको रामायण सिरियलमा हनुमानले ‘जयजय श्रीराम’को नारा लगाएर वानर सेनालाई युद्धका लागि उत्साहित गर्थे । भारतीय जनता पार्टीले सन् १९९० पछि यही ‘नारा’लाई भारतीय जनतालाई (हिन्दू) पार्टीसंग जोड्न प्रयोग गरिरहेको छ र सफल छ ।

आलोचकले जे–जस्तो कुरा गरे पनि लोकतन्त्रमा बहुमतको शक्ति हुन्छ । जैश्रीरामले भारतीय जनता पार्टीलाई बहुमत दिएको हो र दिने छ । जैश्रीरामको आलोचना गर्ने समुदायले बहुमत प्राप्त गर्न जैश्रीराम भन्दा लोकप्रिय नारा ल्याउन सक्नुपर्छ ।

भारतीय प्रवासमा रहेर लामोसमयसम्म शिक्षा प्राप्त गरियो । त्यो अवसरमा त्यहाँका हिन्दी, मारवाडी तथा हरियाणवी भाषी गाउँगाउँमा पुग्ने अवसर मिल्यो । गाउँका मान्छेहरू मुस्लिम होस् वा हिन्दू भेट्दा र छुट्टिदा ‘रामराम जी’ भन्थे । गतवर्ष राजस्थानको एउटा दुर्गम गाउँ ‘कमलसर’ पुग्दा त्यहाँका पुजुर्गहरूले ‘रामराम सा’ भन्दै स्वागत गरे ।

रामराम जी, रामराम सा, सीतारामजी, जय सीताराम’ भारतीय समाजको प्राकृतिक ‘नमस्ते’ हो भने ‘जैश्रीराम’ चाहिं राजनैतिक आवरणमा हिन्दू जागृतिको लागि विकसित भएको नया ‘सम्बोधन’ हो । त्यहाँ प्राकृतिक नमस्तेका रूपमा रामराम सा, रामराम जीको प्रयोग हुन्छ । हिन्दू स्वाभिमान (अभिमान, अहङ्कार, राजनैतिक शक्ति प्रदर्शनका लागि) जैश्रीरामको उपयोग हुन्छ ।

जसले जति आलोचना गरे पनि एउटा तत्थ्य सत्य हो कि ‘जैश्रीराम’ले भारतीय हिन्दूहरूलाई हिन्दूत्वको आफ्नो पहिचान संस्थागत गर्न राजनैतिक शक्तिका रूपमा एकीकृत गरेको छ । जैश्रीरामले यस पटकको चुनावमा पनि भारतीय जनता पार्टीलाई दिल्लीमा स्थापित गर्ने लक्षण देखेको छु । तर कसैले पनि भविष्य देख्न सक्दैन ।

नेपाली हिन्दूहरूको मन दुखेको छ । यहाँका तथाकथित समाजवादी तथा उदारवादी समूहहरूले नेपाली रैथाने हिन्दूहरूलाई ‘शरणार्थी, आक्रमणकारी, शोषक, विभेदकारी’जस्ता घृणावादी शब्दहरूको प्रयोग गरेर मन दुखाएका छन् । देशको ८१% जनसंख्याको प्रतिनिधित्व गर्ने समुदायले “हिन्दू अस्मिता“को उठाउँदा विदेशी र अवान्छित सरह व्यबहार (राजनैतिक रूपमा) गरिने तीतोसत्य भोग्नु परिरहेको छ ।

आजको यथार्थ हो – नेपाली हिन्दूहरूले पनि नेपाली हिन्दू पहिचानको रक्षा गर्ने “जैश्रीराम“को खोज गरिरहेका छन् । नेपाली हिन्दू समुदायमा पुनर्जागरणले प्रवेश पाएको छ तर यसको एकीकृत नेतृत्व गर्दै राजनैतिक शक्तिमा रुपान्तरित गर्ने शक्ति अझैं गर्भमा छ वा सङ्गठित छैन ।
जय महाशक्ति पार्वती

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने