पहिलो प्रेमपत्र र भेलेन्टाइन–डे



डा. गोविन्दशरण उपाध्याय ।
यस पटक भेलेन्टाइन–डे र बसन्त पञ्चमी एकै दिन परेको छ । धेरैजसो बैंसले मातिएकाहरूले भेलेन्टाइन–डेका दिन विवेक गुमाउँछन् । प्रेम, दिवस, प्रणय दिवसलाई ‘सेक्स–डे’का रूपमा मनाउन आतुर पनि धेरै होलान् । भेलेन्टाइन–डे को उद्देश्य हेर्ने हो भने प्रेम–साटासाट गर्ने हो तर प्रेमको अर्थनै रेस्टोरेन्ट, रक्सी, होटलको कोठा र सेक्स’ नै लागेपछि प्रेमको अर्थ नै सेक्स हो भन्ने ठहरिन्छ । प्रेमको बाटोमा सेक्स एउटा सानो प्रक्रिया हो जुन १० मिनट देखि २३ मिनटसम्मको समय ओगट्छ ।

बसन्त पञ्चमी पर्व पनि प्रेम साटासाट गर्ने दिन नै हो । फरक यत्ति छ कि बसन्त पञ्चमी पर्वको आरम्भ परिवारका सबै जना मिलेर देवो सरस्वतीलाई सर्स्युको फूल, रङ्गीविरंगी प्राकृतिक कलरहरू समर्पण गरेर मनाइन्छ । पूजाआराधना पछि एकआपसमा देवी सरस्वतीको प्रसाद स्वरूप आपसमा रङ्गहरू दलेर प्रेम प्रकट गरिन्छ । यो पर्वमा परिवारका सबै सदस्यहरू प्रेम साटासाट गर्छन् । बसन्तको सुन्दर ऋतु आरम्भ भएपछि विवाहित पतिपत्नीकाबीचमा प्रणयको रङ्ग बढी नै चल्छ । काठमाडौँ उपत्यकाका नेवारहरूले त झन् बसन्त राग गाएर बसन्तको स्वागत नै गर्छन् ।

बसन्त पंचमी र भेलेन्टाइन–डेको सम्झना गर्दैगर्दा मलाई भगवान् श्रीकृष्णकी प्रथम पत्नी रुक्मिणीजीले श्रीकृष्णलाई लेखेको प्रेमपत्रको (श्रीमद्भागवत १०÷५२) याद आयो । श्रीकृष्णलाई रुक्मिणीले लेखेको प्रणयपत्र सम्भवतः विश्वको पहिलो होला ! मैले ओडिसी वा एलियाडमा कुनै प्रेमपत्र लेखेको पढेको छैन । आफुलाई मन परेको व्यक्तिप्रति प्रेम प्रकट गर्नु, प्रेमको याचना गर्नुलाई वैदिक संस्कृतिमा अनुचित ठानिन्छ । त्यस्तो अनुचित भएको भए रुक्मिणीले श्रीकृष्णलाई प्रेमपत्र लेख्ने आँट नै गर्ने थिइनन् । भेलेन्टाइन–डेमा विश्वास गर्ने र बसंतोत्सवमा रमाइलो गर्न चाहनेले देवी रुक्मिणीले लेखेको प्रेम पत्र पढ्नुपर्छ ।

हो, आजभन्दा पांचहजार वर्ष पहिलेको समाज र आजको समाज वदलिएको छ । संस्कृति निरन्तर परिवर्तन भैरहन्छ । आज स्त्री र पुरुषका आवश्यकताहरू, मानसिक व्यबस्थाहरू, सांस्कृतिक मान्यताहरू तथा जीवनका भोगाईहरू बदलिएका छन् । तर प्रेम र प्रेमीहरूको मन जस्ताको तस्तै छ । विवाह संस्था पनि प्रचलनमा नै छ । नितान्त भौतिक क्रिया “सेक्स र त्यसको सान्दर्भिकता“ पनि उस्तै छ । तर प्रेम र प्रेमप्रतिको परिभाषा र बुझाई बदलिंदै छ । लिभिंग टुगेदर होस् वा विवाहपूर्व यौनक्रिया केही व्यक्तिहरूमा स्वीकार्य देखिन्छन् । प्रेम धुमिल भएको छ, सेक्स चम्केको छ ।

एउटा कुरा पक्का हो – आधुनिक बजारले सेक्सलाई व्यापारीकरण गरिदिंदा नितान्त प्राकृतिक यो प्रक्रियाप्रति उमेर नपुग्दै, असुरक्षित तवरले आकर्षण बढेको छ । एकातिर कानुनले १८ वर्ष मुनिका लागि सेक्स वर्जित गरेको छ अर्कोतिर बजारीकरण गरेर उमेरभन्दा पहिलानै सेक्सप्रति अनावश्यक उत्सुकता जगाएको छ । यसैका विचमा युवापुस्ता होस् वा बजारीकरणको प्रभावलाई थेग्न नसक्ने कुनै पनि उमेरका व्यक्तिहरूले सेक्स र प्रेमका विचको ‘सीमा’ विर्सिन थालेका छन्। बसन्त – पञ्चमी प्रेम र सेक्सबिचको मीठो सीमा हो भने भेलेन्टाइन–डेले यस्तो सीमा मिचीसकेको छ । बाँकी कुरा भेलेन्टाइन–डेका दिन सुदीप र पलशाहहरूलाई सम्झिनु बढी उचित हुन्छ ।

यहाँ रुक्मिणीले श्रीकृष्णलाई लेखेको प्रेमपत्र टाँसेको छु । जाँगर हुनेले नेपाली, अंग्रेजी वा हिन्दीमा अर्थ खोजेर पढ्नु । अनि, भेलेन्टाइन–डे मनाउने हो कि बसन्त पञ्चमी मनाउने भन्ने कुराको टुङ्गो गर्नु । आफ्नो संस्कृति सबैको सजिलो हुन्छ, अर्काको संस्कृति मांगेर लगाएको कोटझैं नमिल्दो हुन्छ । प्रेम गर्नु तर प्रेमका नाममा होस् न गुमाउनु । प्रेम बलियो भए विवाहपछि सेक्स र प्रेम दूवैलाई धर्म, संस्कृति, परम्परा तथा कानुनले स्वीकृति दिएकै छन् । रुक्मिणीले प्रेमपत्र लेखेर प्रेम प्रकट गरेपछि श्रीकृष्ण र रुक्मिणीको विवाह भएको हो ।
हामी सबैको कल्याण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही साँच्चिकै गर्ने हुटहुटी छ तपाईंहरूमा भने केही हुन्छ कि ?

नारायण गाउँले । प्रिय शिक्षामन्त्री सुमना श्रेष्ठ र लोकप्रिय मेयरद्वय बालेन र रेनु

हत्या, ठगी जस्ता गम्भीर आपराधिक मुद्दामा समेत सत्तामा हुँदा र नहुँदा पूरै उल्टो अडान पनि हुन्छ र ?

नारायण गाउँले । गत माघमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहलाई १७ वर्षका विद्यार्थीको

स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष