जमरा राख्दा चित्रा र वैधृतियोगको शान्ति गर्नुपर्ने



–प्राडा देवमणि भट्टराई ।

चित्रा र वैधृति योगको शान्ति गर्नू अघि निम्न कर्म गर्ने

१) सकभर रातो शुद्घ वस्त्र धारण गरी शुद्घ आसनमा बस्ने ।

२) आचमन गर्ने, आसनलाई शोधन गर्ने, प्राणायाम गर्ने, भगवतीलाई जल चढाई नमस्कार गर्ने ।

३) घण्ट, शङ्ख, डमरू बजाएर सेतो ससर््यूँ चन्दन, अक्षता, फूल, जौ,तिल, चारै तिर छर्केर पूजामा विघ्नकारक भूतादिलाई अपसारण गर्ने ।

४) कर्मपात्र निर्माण गर्ने, चित्रा र वैधृतिको शान्ति पूर्वक घटस्थापना गरी देवी पूजा गर्ने अधिकार प्राप्तिकालागि प्रायश्चित्त गोदान गर्ने, प्रतिज्ञा सङ्कल्प गर्ने ।

५) ऋष्यादिन्यास, करन्यास, अङ्गन्यास गरी दुर्गा भगवतीको ध्यान गर्ने । यथाशक्ति भगवतीको मूलमन्त्र जपगर्ने । जल चढाउने । भगवतीलाई नमस्कर गर्ने ।

६) अर्घस्थापना गर्ने र शङ्ख, घण्ट, डमरूको पूजा गर्ने ।

७) दीप, कलश, गणेशको पूजा गर्ने ।

चित्रा नक्षत्रको शान्ति

१) ईशान कलशको बायाँ पट्टि चित्रा नक्षत्रको पूजाकालागि कलश स्थापनाको विधिले कलश स्थापना गर्ने । सो कलश माथि तामाको थालीमा श्रीखण्ड चन्दनले अष्ठ दल लेखी सो थाली माथि सुनको प्रतिमालाई आगोमा तताई शुद्घ गरी गङ्गाजलले धोएर चित्रानक्षत्रको स्वामी त्वष्टाको प्रतीकको रूपमा स्थापना गर्ने । प्राण प्रतिष्ठाको विधिले चित्रा नक्षत्र र त्वष्टाको प्राण प्रतिष्ठा गर्ने ।
२) चित्रा नक्षत्रको दायाँ पट्टि सूर्यलाई “चिन्त्रनदेवानामुदगात्” भत्रे मन्त्रले सूर्यलाई पूजा गर्ने । चित्रा नक्षत्रको बायाँ पट्टि वायुलाई “वायुरनिलममृततमथेदम्” भत्रे मन्त्रले पूजागर्ने । यस पछि चित्रा नक्षत्र र त्वष्टालाई आराध्य देव मानी पञ्चोपचार वा षोडशो पचारले पूजा गर्ने । यस पछि
ॐ त्वष्ठ तुरीयो अद्भूत इन्द्राग्नी पुष्टिबर्धनम् ।
द्विपदाच्छन्दऽइन्द्रियमुक्षा गोत्रवयोदधः ।।
यो मन्त्रले त्वष्ठाको ध्यान गरी पुष्पाञ्जलि  चढाउने र
ॐ अमृतोद् भव धिष्णेश यतस्त्वं शङ्करात्मकः ।
धननाशाच्च मां रक्ष तव वश्यश्च धिष्ण्यपः ।।
यो मन्त्रले चित्रा नक्षत्रको ध्यान गरी पुष्पाञ्जलि चढाउने ।

वैधृतियोगको शान्ति

१) ईशानकलशको दायाँ पट्टि वैधृतियोग र अदितिको पूजाका लागि कलशस्थापनाको विधिले तामाको कलश थापी त्यसमाथि अष्टदल लेखेको तामाको थाली राख्ने । सो थालीमाथि आगोमा तताई गंगाजलले धोएको सुनको प्रतिमा राख्ने । त्यसलाई वैधृतियोग र अदितिको प्रतिमा(मूर्ति) परिकल्पना गर्ने र प्राणप्रतिष्ठा गर्ने ।

२) अष्टदलको वीचमा रुद्रलाई , दायाँ पट्टि सूर्यलाई र उत्तर पट्टि सोमलाई आ–आफ्नु मन्त्रले पूजा गर्ने । वीचमा मृत्युञ्जयलाई पूजा गर्ने । यस पछि अदिति र वैधृति योगलाई पञ्चोपचार वा षोडशोपचारले पूजा गर्ने । ॐ अदितिद्र्याैरदितिः……..यो मन्त्रले अदितिलाई र वैधृति योगलाई ॐ वैधृतियोगाय नमः भनी प्रणाम गरी पुष्पाञ्जलि चढाउने । यथाशक्ति गायत्री जप र मृत्युञ्चयको जप गर्ने । सकेमा पञ्चवारुणी होमपूर्वक–चित्रा,त्वष्टा अदिति र वैधृति योगलाई १०८ का दरले हवन गर्ने । गायत्री र मृत्युञ्जयलाई पनि १०८ का दरले हवन गर्ने । चित्रा र वैधृतिको शान्तिकालागि १ गोदान गर्ने ।

माथि उल्लेखित विधि गर्न नसकेमा ।
(क) ईशान कलशमा, चित्रा, त्वष्टा वैधृति अदिति र मृत्युञ्जयको पूजा गर्ने चित्रा र वैधृतिको शान्तिकालागि १ गोदान गर्ने ।
यो पनि गर्न नसकेमा

ईशान कलशमा चित्रा नक्षत्र, त्वष्टा देवता, वैधृति योग आदिति(देवमाता)र मृत्युञ्जयको पूजा गर्ने । चित्रा र वैधृति योगको दोष नलागोस् भनी नवदुर्गा भगवतीसँग प्रार्थना गरी नमस्कार गर्ने ।

चित्रा र वैधृतिको शान्ति पछि मूल वेदीमा विधि पूर्वक घटस्थापना गरी कलसमाथि थालीमा दुर्गायन्त्र अथवा भगवतीको मूर्ति स्थापनागरी पूजा गर्ने र यवारोपण(जमारा राख्ने) गर्ने । प्रतिदिन विहान बेलुका भगवतीको पूजा आरति जप पाठ, ध्यान आदि गर्ने । षष्ठीको दिन वेलको रुखमा नवपत्रिकाको आवाहन गर्ने सप्तमीको दिन नवपत्रिका (फुलपाती भित्रायाउने पूजा गर्ने । भद्रकाली र सरस्वतीको पूजा गर्ने । अष्टमीको दिन विशेषपूजा र कालरात्रि गर्ने । नवमीको दिन खड्गिनीको पूजा गर्ने र कुमारीको पूजा गर्ने । दशमीको दिन जया,विजया,अजिता,अपराजिता को पूजा गर्ने अन्त्यमाः –

चित्रा नक्षत्र र वैधृतियोगको शान्ति समेतलाई उल्लेख गरी दुर्गा पूजन निमित्तक गोदान, पूर्णपात्र र दक्षिणा सङ्कल्प गर्ने, अभिषेक लिने, तोरण टीका जमरा जल प्रसाद लगाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनमोहन सिंह आर्थिक सुधारक र विश्वका एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव

डा. बाबुराम भट्टराई । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको दुःखद निधनमा नेपालले एक

पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा