बकरइदको इतिहास र नेपाली अहमदी



रुक्मिणी देवी ।

विश्वको सबैभन्दा ठूलो दोश्रो धर्ममान्ने समुदायहरू मुस्लिम अर्थात् मुसलमानहरूको छ । मुस्लिम धर्मको स्थापना वर्तमान साउदी अरवमा सन् ५७० मा जन्मेका मोहम्मदले गरेका हुन् ।मुस्लिम समुदायले इस्लामका संस्थापक गुरू मोहम्मदलाई अल्लाहका अन्तिम दूत मान्छन । आज विश्वभरी १.९ विलियम मान्छेले इस्लाम धर्मको अनुशरण गर्छन् । प्राचीन अरवी बोलीमा इस्लाम शब्दको अर्थ “ईश्वरमा पूर्ण समर्पण” हुन्छ र यसरी जसले इस्लामलाई मान्छ त्यो मुसलमान हुन्छ । नेपालमा पनि करीव १० लाख मुसलमानहरू छन् जसले इस्लाम धर्मलाई आफ्नो आदर्श मान्छन् र त्यसअनुसार जीवनयापन गर्छन् ।

नेपालमा मनाइने अनेकन चाड पर्वमध्ये मुस्लिमको दोश्रो प्रमुख पर्व बकर इद (इदुल अज्हा) पनि एक हो र यो तीन दिन मनाइने गरिन्छ । यो वर्ष उपरोक्त पर्व शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन मनाइदैछ । मुस्लिमहरू नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाललगायत विश्वभरिका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् । पशुबली गर्नुपर्ने प्रमुख विशेषता रहेको बकरइदमा मुस्लिम समुदायका लागि हज (मक्काको तीर्थयात्रा) र पशुको बलिदान अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ । इस्लामी क्यालेण्डर अनुसार १४३५ हिजरी (साल) को अन्तिम महिना जिलहिजा १० तारिखका दिन यो पर्व विश्वभरि मनाउने चलन छ ।

बकरिदको इतिहास अचम्मको छ । मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख भए अनुसार पैगम्बर हजरत इब्राहिम लाई सपनामा अल्लाहले आफ्नो सबभन्दा प्यारो बस्तु आफ्नो नाममा बलिदान गर्ने आदेश दिनुभयो ।

अल्लाहको आदेशलाई स्वीकार्दै हजरतले संसारका सबभन्दा प्यारो चीज आफ्नो छोरा इस्माइललाई बलि दिने निर्णय गरे । बलि दिने निर्णयमा छोरा सहमत हुँदैन कि भन्ने डरले इब्राहिमले बलिदिने योजना वारे आफ्नो छोरोलाई बताउनु भएन । छोरोलाई बलि दिनका लागि गाउँ बाहिर लैजाने क्रममा अदृश्य आवाजले छोरो इस्माइललाई ‘तिम्रो बुबाले तिमीलाई अल्लाहको नाममा बलि दिन लैजादैछ’ भन्ने जानकारी दियो तर इस्माइल डराएन । वरू ‘अल्लाहको नाममा बलि चढ्नुभन्दा राम्रो कामसंसारमा केही पनि छैन, मेरो बलिदानको निर्णय गरेर तपाईले ठीक गर्नुभयो’ भन्दै भने । ‘मलाई बलि दिने क्रममा तपाईको हात नकामोस्, त्यसका लागि तपाईले त्यसबेला आँखामा पट्टी बाँध्नुहोला’ इस्माइलले भने ्र कुरानअनुसार इब्राहिमले छोराको घाँटीमाथि जुन बेला चक्कु चलाए, त्यसबेला मानिसको सट्टा बाख्राको आवाज सुनियो । छोरा इस्माइल केही पर सकुशल मुस्काउँदै खडा थिए ।

सोही दिनको सम्झनामा विश्वभरिक इस्लाम धर्मावलम्बी हरूले बकर इद मनाउने गरेको भनिन्छ । बोकाको बलि दिई मनाइने यो पर्वमा बलि दिएपछि जन्नत (स्वर्ग) को बाटो खुल्छ भन्ने विश्वास छ । कुरानअनुसार यस पर्वमा स्वस्थ्य चारखुट्टे पशुको बलिदान दिनुपर्छ । यस समुदायका सम्पन्न व्यक्तिले तीन दिन नै बलि दिने गरे पनि सामान्य आर्थिक अवस्था भएकाहरूले एक दिन मात्र बलि दिने गर्दै आएका छन् । यस पर्वमा हाँस, कुखुरालगायत साना पशुपक्षीको बलि दिइँदैन । कुर्वानीका लागि उपयुक्त मानिने पशुपक्षी स्वस्थ्य हुनुपर्छ । कुर्वानी दिइने पशुको सिङ, कान र पुच्छर काटेको हुनुहुँदैन । ठूला पशुमा सातजना मिलेर र खसी र बाख्रामा एकजनाले कुर्वानी दिनुपर्ने नियम रहेको छ ।
कुरानअनुसार बलिदानको मासुलाई तीन भागमा बाँड्नुपर्छ । यसमध्ये एउटा भाग आफ्नो घरमा राखिन्छ । दोस्रो र तेस्रो भाग क्रमश: मस्जिदमा पठाइन्छ र आफन्त कहाँ बाँडिन्छ ।

यस पर्वको अवसरमा विश्वभरिका लाखौं मुस्लिमहरू मक्कामदिना हजका लागि जाने गर्छन् । यस समुदायमा मक्कामदिना हज गर्न जान सक्नुलाई ठूलो धार्मिक सफलता मानिन्छ । मक्कामदिना जानेहरू त्यहाँ कैद गरी राखिएको भनिएका शैतानमाथि ढुङ्गा हान्ने गर्छन् । हानिएको ढुङ्गा शैतानमाथि लागेपछि मक्कामदिनाको हज सफल भएको मानिन्छ ।

विश्वभरी मुस्लिमहरूका ७३ फिर्का (सम्प्रदाय)हरू छन् । नेपालमा पनि शिया, सुन्नी, देववन्दी, इस्माइली, बरेलवी अहमदी तथा अलहदिसआदि समुदायको बसोवास रहेको छ । सबै मुस्लिम समुदायले बकरिद मनाउँछ । मैले व्यक्तिगत रूपमा चिनेको मुस्लिम समुदायका व्यक्तिहरूले अहमदी मुस्लिम हुन् जुन समुदायको स्थापना भारतको पंजाव प्राप्तको कादियान जिल्लामा जन्मेका मिर्जा गुलाम अहमदले २३ मार्च १८८९ गरेका थिए । यस मुस्लिम समुदायलाई मान्ने सानो समुदाय नेपालमा पनि रहेको छ ।
यस समुदायको मुख्यालय भारतको रब्बामा भए पनि तत्कालीन पाकिस्तानी सरकार प्रमुख जिया उलहकले अहमादियाहरूलाई गैर–मुस्लिम बनाउने कानुन ल्याएपछि यस सम्प्रदायका प्रमुख धर्मगुरू भागेर इंग्ल्यान्ड गए र त्यहीबाट आफ्नो धार्मिक अभियानलाई निरन्तरता दिए । हाल अहमदिया मुस्लिम समुदायका प्रमुख धर्मगुरू र मार्गदर्शक मिर्जा मसरूर अहमद हुन् । यिनले मुस्लिम र अन्य समुदायका बिचमा सहकार्य, सहअस्तित्व तथा शान्तिको स्थापनाका लागि अनेकौं पुस्तक लेखेका छन् र विश्वका अनेकौं देशमा शान्ति स्थापना र इस्लामिक मूल्यहरूको प्रचारप्रसारका लागि यात्रा गर्छन्, सम्बोधन गर्छन् ।

नेपालमा पनि यो समुदायका पाकिस्तानी शरणार्थीहरूसहित मिलेर बकर–इद मनाउंदै छ । नेपालमा यिनीहरूले आफ्ना सर्बोच्च धर्मगुरू र पाचौं खलिफा श्रीमिर्जा मसरूर अहमदले दिने धार्मिक प्रबचन टेलिभिजनमा हेरेर र नेपालको कानुनले स्वीकृत गरेका पशुहरूको बध गरेर बकरिद मनाउदै गरेको सूचना नेपालका अहमदिया संघ नेपालका प्रमुख मोइन अहमद (मोहन)ले जानकारी दिएका छन् । नेपालको काठमाडौँ, तनहुँ र तराईका परसोनी, बीरगन्ज, झापाआदि ठाउँमा अहमदीहरूको सानो समुदाय बसोवास गर्छ र देश र समुदायलाई आवश्यक परेको बखत विभिन्न मानवीय सहायता पनि प्रदान गर्छ । भुइचालोले निम्त्याएको मानवीय समस्याका बखत विश्वभरिका अहमदीहरूले नेपालका लागि स्वास्थ्य, खाद्यआदि क्षेत्रमा मानवीय सहयोग गरेको मोइन अहमदले (मोहन) बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलगत ट्रेड युनियन खारेज गर्नैपर्छ

सुमना श्रेष्ठ । राजनीतिक पार्टीहरूले आफूले सम्हाल्नै नसक्ने भस्मासुर निर्माण गरेका छन् र

रवि दाइ र मबीचको सम्बन्ध बुझ्न नसक्नु वा बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो

डा. मुकुल ढकाल । आज केही कुरा गरौँ …… अलि अलि तलमाथि हुँदै

अब स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको

खासमा हामी भ्रष्टाचारको संस्कारमा चुर्लुम्म डुबिसक्यौँ

सुवोधराज प्याकुरेल । यत्र लुच्चा तत्र लुटाहा, यत्रतत्र लुच्चा लुटाहा । गर्छन् के