विभेदपूर्ण शुभकामना !



डा. गोविन्दशरण उपाध्याय ।
आज मुस्लिमहरूको वकर इद मात्र होइन देशको ८१.१ प्रतिशत जनसंख्याले बडो पवित्रता र आदरका साथ निराहार बसेर तुलसी रोप्ने हरिशयनी एकादशीको पर्व पनि हो । तपाईंहरूले शायद विर्सनु भयो–तपाईं इसाई, मुस्लिम, बौद्ध किरातसहित हिन्दूहरूका पनि प्रतिनिधि हुनहुन्छ ? तपाईंहरूले जवाफ दिनुपर्छ के तपाईंहरूलाई नेपालको ८१.१ हिन्दू जनताले भोट दिएको होइन र ? तपाईंहरूले केवल बकरिदको शुभकामना दिंदा सायद मुस्लिमहरूको पनि चित्त दुख्न सक्छ किनभने नेपालका पुराना मुस्लिमहरूलाई हिन्दूहरूले ठूली एकादशी मान्ने गरेको राम्ररी थाहा छ ।

आज मुस्लिमहरूको बकर इद–पर्व हो । मुस्लिमहरूलाई इदको शुभकामना दिनुभयो राम्रो कुरा हो । तर आजकै दिन नेपालभरिका हिन्दू जनताले निराहार रहेर तुलसी रोपेर प्रकृति र आध्यात्मप्रतिको दायित्व पूरा गरिरहेका छन् । तपाईंहरूसँग शुभकामनाका लागि एक शब्द पनि छैन किन ? तपाईंहरूले सधैं हिन्दूहरूसंग किन शत्रुतापूर्ण व्यबहार गर्नु हुन्छ ?

एक पटक तपाईंका आफन्तलाई सोध्नुस् त उहाँहरू तुलसी रोप्ने तयारी गर्दै हुनुहुन्छ । निकटतम विष्णु मन्दिरमा दर्शन गर्ने तयारी गर्दै हुनुहुन्छ र केहीले बडो श्रद्धाका साथ निराहार रहेर एकादशी ब्रत गर्दै हुनुहुन्छ । निराहार रहेर आफ्नो मौलिक दायित्व पूर्ण गरिरहेका सनातनीहरूसंग तपाईंहरूले अङ्गीकार गरेको शत्रुतापूर्ण दृष्टिकोणले उचित होइन । तपाईंका एस्तै व्यबहारले गर्दा तपाईंहरूलाई विदेशी धर्महरूको दलाल भएको आरोप लाग्छ र कतिपय घटनामा तपाईंहरूका क्रियाकलापले यो आरोप सत्य भएको प्रमाणित पनि हुन्छ ।
नेपाली धर्मनिरपेक्षतावादको अनुहार बडो अचम्मको छ । नेपालमा कट्टरपन्थी मुस्लिम र इसाईहरू धर्मनिरपेक्ष मानिन्छन् । कुनै धर्म नमान्नेहरू (कम्युनिस्ट र समाजवादी)हरू मस्जिद र चर्चमा गएर धर्मनिरपेक्षताको हत्या गर्छन् तर मन्दिरमा जाँदा, कुनै हिन्दू सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा धर्मनिरपेक्षता खतरामा पर्छ ! प्रधानमन्त्री उज्जैनको शिव मन्दिरमा पहेंलो लुगा लगाएर जाँदा धर्मनिरपेक्षता खतरामा पर्यो भन्दै सांसदहरूले दोहोलो काडे र प्रधानमन्त्रीले आफु नास्तिक भएको बक्तव्य नै दिनु पर्यो तर माधव कुमार नेपाल, केपी ओलीले कोरियन चर्चको सेवा गर्दा होस् वा मंस्जिदमा गएर टोपी लगाउँदा होस् अथवा प्रचण्ड वा वावुरामले चर्च र मस्जिदमा गएर मुस्लिम इसाई तुष्टीकरण गर्न क्रस र टोपी धारण गर्दा नै किन नहोस् नेपाली सांसदहरूलाई धर्मनिरपेक्षता खतरामा परेको लाग्दैन !

जव एउटा हिन्दूले उपरोक्त द्वैधचरित्रका विषयमा प्रश्न उठाउँछ, अनि यी अमाननीयहरूले त्यो हिन्दूलाई अतिवादी भनेर आलोचना गर्छन् ! भारतीय धर्मनिरपेक्षतावादीहरूले एउटा मस्जिदमा आक्रमण भएको, एउटा इसाईका विरुद्ध प्रतिकार भएको देखा परेझैं नेपाली धर्मनिरपेक्षतावादीहरूले पनि करोडौं हिन्दूहरूको आस्थामा प्रहार भएको देख्दैनन् तर एउटा पनि धर्मनिरेक्षताका ठेकेदारहरूलाई (इसाई, मुस्लिम र अम्वेडकरवादी)का विरुद्ध एक शब्द पनि स्वीकार्य हुँदैन । नेपालको राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री भएर यस्तो द्वैधचरित्र त्याग्नुस् । बहुमतको चित्त दुख्यो भने तपाईंको अस्तित्व सधैंका लागि हराउने छ । तपाईंको नक्कली धर्मनिरपेक्षताको आयु छोटोछोटो हुँदै जानेछ ।

नेपाली नागरिकता प्राप्त गरेका हरेक नेपाली नागरिकको यो देशमा समान हक स्थापित हुने व्यबस्था संविधानले गरेको कुरा मैले यहाँलाई भन्नु पर्दैन तर यही संबिधानले नेपाली बहुसंख्यक हिन्दू जनताको अपमान गर्न, तिनको मान मर्दन गर्न, तिनको उपहास गर्न र धर्मनिरपेक्षताको खोलमा विदेशी धर्मसंस्कृतिको पक्ष पोषण गर्न छूट दिएको छैन । तपाईंले हरेक नेपाली नागरिकको मान राख्नुपर्छ तर तुष्टीकरणका लागि चरम कट्टरपन्थी समुदायलाई धर्मनिरपेक्षतावादी शक्ति र उदारवादी हिन्दू–बौद्ध समुदायलाई धर्मनिरपेक्षताको विरोधी शक्तिका रूपमा परिभाषित गर्दै हिन्दूहरूसंग दुराग्रह राख्नु उचित हुँदैन ।

कुनै पनि व्यक्ति वा समुदाय धर्मनिरपेक्ष हुनै सक्दैन । आफ्नो मौलिक धर्म, संस्कृति र परम्पराले नै व्यक्ति वा समुदायको पहिचान सुनिश्चित हुन्छ । मुस्लिमहरूलाई मुस्लिम बनाउने कारकहरूमा गुरू मोहम्मद, कुरान, एकेश्वरवाद, नमाज, जकात र त्यस सम्बन्धि चाडवाड हुन् । बाइबल, जिसस, एकेश्वरवाद र अन्य धार्मिक समुदायको आध्यात्मिक अस्तित्वको अस्वीकृति इसाईका विशिष्टता हुन् । हिन्दूहरूमा एस्तो कट्टरता भेटिन्न । वेदको प्रमाणिकतालाई अस्वीकार गर्नेहरू पनि हिन्दू नै हुन्छन् । नेपाली नागरीकता प्राप्त गरेका हरेक व्यक्ति नेपाली नागरिक हुन् । प्रम प्रचण्डले बकरिदको शुभकामना दिंदै गर्दा नेपाली जनता र मुस्लिम समुदायलाई अलगअलग रूपमा व्याख्या गरेका छन् । एकता विरुद्ध घृणावाद यसरी नै बढ्दै जाने हो । प्रचण्ड र उहाँका सल्लाहाकारले चाहेको भए हिन्दू र मुस्लिम दूवै समुदायलाई शुभकामना दिन सकिन्थ्यो ।

सर्वसाधारण हिन्दूले अन्य कट्टरपन्थीहरूले झैं तपाईंहरूका भेदभावपूर्ण व्यवहारका लागि तुरुन्त प्रतिक्रिया दिंदैन तर उसको चित्तचाहिं दुखेकै हुन्छ । यदि तपाईंहरूले बहुसंख्यक रैथाने मौलिक शक्तिहरूको चित्त दुखाएर, विदेशी शक्तिहरूको चाकरी गरेर अनन्तकालसम्म नेपालमा शासन गर्छौं भन्ने ठान्नुभएको छ भने वर्तमान गणतन्त्र, धर्मनिरपेक्षताका लागि चिहान निर्माण गर्दैहुनुभएछ । हिन्दूहरूका लागि अन्य समुदायको अपमान होस् भन्ने कुनै पनि हिन्दूले चाहना राख्दैन तर आफ्नो निरन्तर अपमान, अवमानना, अवमूल्यन् तथा संहार हुँदै गर्दा अनन्तकालसम्म हातमा दही जमाएर बस्ने स्थिति रहन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलगत ट्रेड युनियन खारेज गर्नैपर्छ

सुमना श्रेष्ठ । राजनीतिक पार्टीहरूले आफूले सम्हाल्नै नसक्ने भस्मासुर निर्माण गरेका छन् र

रवि दाइ र मबीचको सम्बन्ध बुझ्न नसक्नु वा बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो

डा. मुकुल ढकाल । आज केही कुरा गरौँ …… अलि अलि तलमाथि हुँदै

अब स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको

खासमा हामी भ्रष्टाचारको संस्कारमा चुर्लुम्म डुबिसक्यौँ

सुवोधराज प्याकुरेल । यत्र लुच्चा तत्र लुटाहा, यत्रतत्र लुच्चा लुटाहा । गर्छन् के