अद्भूत युवा सन्यासीः शंकराचार्य !



डा. गोविन्दशरण उपाध्याय ।

आज भारतवर्षका दुई आचार्य सिद्धान्तकारहरू जन्मेको विश्वास गरिन्छ : आचार्य शङ्कर र रामानुज । मलाई सबैभन्दा मन पर्ने दार्शनिक आचार्य शङ्कर हुन् । ३२ वर्षको छोटो उमेरमा सम्पूर्ण भारतवर्ष घुमेर बौद्ध र जैनीहरूलाई शास्त्रार्थमा जितेर सनातन धर्मको पुनः जग बलियो बनाउने काम यिनले गरेका थिए । आफ्नो ३२ वर्षको छोटो उमेरमा ७८ बटा संस्कृतका ठूलासाना पुस्तकहरू लेख्नु, अनेकौं स्थानमा देवमन्दिरहरू निर्माण र पुननिर्माण गरेर सनातन धर्मको सेवा गरेका थिए ।

–तुलनात्मक रूपले हेर्दा महावीर ८२ वर्ष, बुद्ध ८० वर्ष, रामानुजाचार्य १२० वर्ष, मद्वाचार्य ९७ वर्ष, निम्बार्क ५३ वर्ष जीवित रहेर आफ्नो मत वा सिद्धान्तको प्रचारप्रसार गरेका थिए । यी सबैको उमेरको तुलनामा आचार्य शङ्कर यो पृथ्वीमा थोरै जीवित रहे । तर आज पनि सनातनी हिन्दू सांस्कृतिक जीवनमा सबैभन्दा बढी प्रभाव आचार्य शङ्करकै देखिन्छ । जैन र बौद्ध अलगै धर्म भएकाले यो विषयको कुनै तुलना गर्नु पर्दैन ।

श्रीमदशंकराचार्यले दर्शनशास्त्रको क्षेत्रमा प्रयोगात्मक “अद्वैतवाद“ नामक सिद्धान्तको स्थापना मात्र गरेनन् अपितु यो सिद्धान्तलाई वैश्विकतहमा प्रचारप्रसार गर्न भारतवर्षका चारै कुनामा आचार्यपीठहरूको स्थापना गरेर सनातन धर्मका आधिकारिक विरक्त विद्वानहरूलाई ती गद्दीमा बसाले ्र यसले गर्दा बौद्धहरूले पुनः सनातन धर्ममा प्रहार गर्न पाएनन् ।

केही पश्चिमा र पश्चिमा पोषित विद्वानहरूले आचार्य शङ्करलाई बौद्ध धर्मको विनाशका लागि जिम्मेदार ठानेका छन् तर गृहस्थमा बसेर जीविकोपार्जन गर्न भन्दा बौद्ध–भिक्षु बनेर सित्तैमा र सम्मान पूर्वक बाँच्नेहरूको झुण्ड बढेपछि जनताहरू हायलकायल भएका थिए । राजा अशोकको वेलामा बौद्ध भिक्षुहरूलाई दान नदिने ग्रामिणहरूलाई दण्डित गरिन्थ्यो । फलतः लाखौंलाखको सङ्ख्यामा भिक्षुहरू गाउँबाट निस्कंदा तत्कालीन ग्रामिणहरू भोकभोकै मर्ने अवस्था थियो । यो सबै कुरा अरवका इतिहासकार तथा शंकराचार्य भन्दा केही समय अगाडी भारतवर्ष घुमेका अल–बरुनीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

बौद्ध भिक्षु र शंकराचार्यको मतका सन्यासीहरूको रूपरङ्ग उस्तै देखिने हुँदा शंकराचार्यलाई “नक्कली बौद्ध“ भन्ने आरोप लाग्ने गर्छ । तर बुझ्नु पर्ने तत्थ्य के हो भने उपनिषदहरूले नै सन्यास वारे चर्चा गरेका छन् जुन जैन तथा बुद्धभन्दा पहिलेका मानिन्छन् । बरू, बुद्धले भिक्षुको रूप दिंदा वैदिक सन्यासीको नक्कल गरेका थिए र तेस बखत त्यसको विकल्प पनि थिएन ।

आजको समयमा बुद्ध र आचार्य शङ्कर इतिहासका विषय हुन् तर गुरुशिष्य परम्परामा दूवै जीवित छन् । फरक एत्ति छ कि आचार्य शङ्करले आरम्भ गरेको अद्वैतवादी धारा एकलरूपमा परावर्तित छ भने बौद्धहरू अनेकौं सम्प्रदाय र उपसम्प्रदायमा विभाजित भएर विश्वभारी फैलिएका छन् । आचार्य शङ्करले शङ्करले “ब्रह्ममात्र“का रूपमा आफु र विश्वलाई पाए जसले सैद्धान्तिक रूपमा बुद्धलाई पनि ब्रह्म नै देख्यो भने बुद्धका अनुयायीहरू बुद्ध भन्दा वाहिरका विविधतालाई स्वीकार गर्न सकेनन् ।

आफ्नो ३२ वर्षको छोटो उमेरमा अद्वैतवाद नामक वेदान्तको स्थापना गर्न समर्थ, महान् आचार्य, वैदिक सनातन हिन्दू धर्मका पुनर्जागरण कर्ता विचारक महामना आचार्य शङ्करप्रति हार्दिक नमन ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विवादास्पद व्यवसायीबाट चन्दा लिएर पार्टी भवन बनाउन हुँदैन’ भन्दा कारबाही गर्ने कस्तो लोकतान्त्रिक दल ?

नारायण गाउँले । ‘विवादास्पद व्यवसायीबाट चन्दा लिएर पार्टी भवन बनाउन हुँदैन ।’ यत्ति

वैदिक संस्कृति विरुद्ध घृणावाद

डा. गोविन्दशरण उपाध्याय । (१) सामान्यतया राजनैतिक विषयमा टीकाटिप्पणी मेरो लेखनीको विषय हुँदैन

कम्युनिष्टहरु किन कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ?

डा. बाबुराम भट्टराई । नेपालका करिब एक दर्जन ‘कम्युनिष्ट’ नाउँ रहेका पार्टीहरूमध्ये संसदीय

सहकारीमा नागरिकको बचत हिनामिना गर्ने कसैलाई छुट दिनु हुँदैनः ओली(राजनीतिक प्रतिवेदनसहित)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी