आत्मा-परमात्मा र परमात्मासम्म पुग्ने बाटाहरू



हरिप्रसाद रिमाल ।

१.‘आत्मा र परमात्मा जानेपछि वा बुझेपछि जान्नुपर्ने र बुझ्नुपर्ने कुरा केही बाँकी रहँदैन, हुँदैन । भूत, भविष्य र वर्तमान, सृष्टि, स्थिति र लय सबै बुझिन्छ, मुक्तिको द्वार पनि खुल्ला हुन्छ’ भनिएको छ ।’ त्यसो भए आत्मा र परमात्मा भनेका को हुन् त ? यही विषयमा आज अलिकति चर्चा गरौं ।

२.जानिफकारहरूमध्ये दार्शनिकहरूले ज्ञानद्वारा जानिने ईश्वर वा ब्रह्मलाई मानेका छन् । योगीहरूले योगद्वारा ध्यानस्थ हुँदै गएपछि साक्षात्कार हुने परमात्मालाई सर्वोच्च तत्त्व ठानेका छन् र भक्तिमार्गीहरूले चाहिं भक्तिद्वारा नै परम दयालु भगवान्लाई भेट्न सकिन्छ भनेका छन् । त्यसो भए को हुन् त यी ज्ञानद्वारा प्राप्त गर्न सकिने ब्रह्म, योग र ध्यानद्वारा मिल्ने परमात्मा र भक्तिद्वारा भेटिने भगवान् ?

३.लामो र घुमाउरो कुरा नगरिकन भन्ने हो भने माथि उल्लेख गरिएका ती तीनै तत्त्व एकै हुन् । ब्रह्म, परमात्मा र भगवान् नाम मात्र फरक हुन् । ती सबै एकै हुन् । तिनमा मिल्न वा तिनलाई प्राप्त गर्न मानिसहरूले आफ् आफ्ना रुचि अनुसार मार्ग पक्रिएका मात्र हुन् । पुग्नुपर्ने वा प्राप्त गर्नुपर्ने तत्त्व सबैको एकै हुन् परमात्म तत्त्व र तिनैलाई प्राप्त गरी त्यसैबाट मुक्ति वा मोक्ष प्राप्त गर्न सकिने हिन्दूधर्मको विश्वास छ । ज्ञान, ध्यान र भक्ति नामका यी बाटाहरू मात्र हुन् । यहाँ एक सरल दृष्टान्त हेरौं—चढ्न खोजिएको त आखिर सगरमाथा हो । बाटो भने अवस्था र रुचि अनुसारका हुने भए उत्तरी मोहडा, दक्षिणी, पश्चिमी, पूर्वी मोहडा आदि ।

४.परमात्माका बारेमा त यी कुरा भए अनि आत्मा को हो नि ? आत्मा परमात्म तत्त्वकै अंश हो । त्यसैलाई हामी जीव पनि भन्छौं । हामीभित्र वा हाम्रो शरीरभित्र रहेको चेतन तत्त्वलाई नै कसैले जीव मानेका छन् । कसैका विचारमा चेतना र जीव फरक कुरा हुन् । जीवको शरीरभित्र अस्तित्व रहुञ्ज्याल चेतना सलबलाउँछ र जीव विदा भएपछि चेतनाको पनि विलय हुन्छ । ‘परमात्माबाट भड्किएर आएको आत्मा वा जीवले परमात्मामा नमिसिउञ्ज्याल मुक्ति पाउन सक्दैन’ भन्ने शास्त्र वचन छ । । जीवको नामो निसान तवमाात्र समाप्त हुन्छ, जव ऊ परमात्मामा मिल्न पुग्छ । तर परमात्मामा मिल्ने कुरा सजिलो छैन । यसका लागि अत्यन्तै फराकिलो ज्ञान, गहिरो ध्यान वा अतिसमर्पित खालको भक्तिको आवश्यकता पर्दछ ।

५..माथिका ध्यान, ज्ञान र भक्ति मार्गमध्ये कलियुगमा सहज र सजिलो मार्ग भक्ति हो भन्नेहरूको जमात ठूलो छ । भनिएको पनि छ ‘कलौ तु हरिकर्तनात्’ तर जुनसुकै बाटो पक्रिंए पनि एक अर्को मार्गका थोर बहुत प्रभाव भने एक अर्कामा पर्छन् नै । भक्ति बुझ्नलाई ज्ञान त थोरबहुत चाहिन्छ नै । ज्ञान मार्गमा हिड्नेमा पनि भक्तिमार्गका श्रद्धाभाव केही न केही नभएर हुँदैन । योगमार्गमा हिड्न पनि ज्ञान र श्रद्धा हुनुपर्छ । ज्ञान र भक्तिमार्गमा एक चित्तसङ्ग लाग्ने हुन योग र ध्यान पनि आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको

लोग्नेस्वास्नीका चारवटा शत्रु !

डा. गोविन्दशरण उपाध्याय । १. यो वर्ष नेपालमा सम्बन्ध विच्छेद गर्ने लोग्नेस्वास्नीको सङ्ख्या