वेदमा राष्ट्रगान



केशवप्रसाद भट्टराई ।
(यजुर्वेद २२. २२)

आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य: शूरऽइषव्योऽतिव्याधी महारथो जायतां दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्धिर्योषा
जिष्णू रथेष्ठाः सभेयो युवास्य यजमानस्य वीरो जायतां निकामे निकामे नः पर्जन्यो वर्षतु फलवत्यो नऽओषधयः पच्यन्तां योगक्षेमो नः कल्पताम्‌॥

अर्थ:
—–
सवै ज्ञान -विज्ञान, चेतना र कर्मका अधिष्ठाता हे परमात्मा परमेश्वर !

हाम्रो राष्ट्र-राज्यमा वेद र विद्याको ज्ञान र ईश्वरीय चेतनाले प्रदीप्त विद्वान गुरू र ब्राह्मणहरू प्राप्त हुन् I  शस्त्र र शास्त्र विद्यामा निपुण, सवै किसिमका व्याधी विरूद्ध जनताको रक्षा गर्न र शत्रुहरूलाई दण्ड दिन समर्थ, न्याय चेतना प्रदीप्त, सुसंस्कारित, निर्भय, श्रेष्ट ,शूरवीर, सवै प्रकारले राष्ट्रलाई धन्य बनाउन समर्थ शाशक वर्ग उत्पन्न हुन् I

तिनीहरू राष्ट्रमा न्याय, सद्भाव र सदाचार स्थापनागर्न हर प्रकारले समर्थ रहुन, राष्ट्रमा गाईहरू अत्यन्त दुधालु हुन्, पर्याप्त भार वहन क्षमताका गोरूहरू हुन्, जस्तोसुकै भूमि र जलवायुमा पनि वायु भन्दा पनि तीव्र वेगले दौडिन सक्ने  घोडाहरू हुन् I महिलाहरू सुन्दर, व्यवहारिक ज्ञान, शीप शीलस्वभावयुक्त हुन् , विवेकपूर्ण र कर्म निपुण हुन् I रथारूढ रहेर मुलुकका सवै शत्रुहरूलाई सहजै परास्त गर्ने सामर्थ्य भएका शूरवीर हुनुका साथै सभा र वैठकहरूमा उत्तम, सभ्य , सुशील, ज्ञानवान , विद्वान र गुणवानहरूलाई सम्मान गर्ने, सवैलाई सुख पुर्याउने, सुख दिने र सुख उत्पन्न गार्ने सरल र सुविचार युक्त युवाहरू मुलुकमा होउन र  उनीहरू मुलुकको गौरव गाथा दिग् -दिगन्तसम्म विस्तार गर्न समर्थ होउन् I उनीहरूको ज्ञान, शीप, कर्म र पुरुषार्थको बलमा मुलुकको भविष्य समुन्नत, सुदृढ र सुरक्षित रहोस् I

समय समयमा सवै किसिमका अन्न, फल प्रदान गर्ने, बोट, विरुवा औषधीय वृक्ष,वनष्पतिहरूका आवश्यकता अनुसार मेघ -जल बर्सियोस I
जलाभाव नहोस् I

अन्न र फल फूलहरू र औषधीय वनष्पतिहरू रसपूर्ण होउन, आफैँ पाकुन I सवै जनताको स्वास्थ्य रक्षा र कल्याण हुने, रोग व्याधी मुक्त वातावरण, व्यवस्था र विधान राष्ट्रलाई प्राप्त होस् I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र

के नेपाली हुनुमा गौरव छ ?

डा. गोविन्दशरण उपाध्याय । स्थान : पशुपति परिसर, समय: ११ः३० के तपाईंलाई नेपाली