श्राद्धमा महिलाको सम्मान



डा. गोविन्दशरण उपाध्याय ।

वसुरूप स्वर्गीय आमा, रूद्ररूपा हजुरआमा, आदित्यरूपा जीजुआमालाई यो तील मिसिएको जल र पिण्डले त्रीप्ति मिलोस् | नमस्कार, नमस्कार र नमस्कार छ |
………………………
हिजो एउटा अनलाईन समाचारमा एकजना नारीवादी महिलाले “श्राद्धले महिला विरुद्ध विभेद गर्न प्रोत्साहित गर्छ र यो दासताको प्रतिक भएकोले विरोध गर्नुपर्छ” भनेर लेखेको पढेपछि मलाई श्राद्धको मूल किताव पल्टाएर पढ्नु र हेर्नु पर्यो | मैले नेपाली समाज महिलाप्रति विभेद गर्दैन भन्दिन तर एसको स्रोत वैदिक संस्कार हो भन्नेहरूप्रति सहमत छैन |

असलमा, मूसाईहरुको नूनको सोझो गर्न वैदिक सनातनीहरूलाई “महिला विभेदकारी”को आरोप लगाउनेहरूले श्राद्धगर्दा पिता पक्ष र माता पक्ष (घर र मावली) का स्वर्गीय पुरुषमात्र होइन महिला (हजुरआमा, बूढी हजुरआमा, जिजू हजुरआमा) र आफ्नै घरकी (आमा, हजुरआमा, बूढी हजुरआमा तथा जीजू हजुरआमा समेत स्वर्गीय सौतेली आमालाई समेत बसु, रूद्र तथा आदित्यको रूप मानेर पिण्ड तथा तर्पण दिनैपर्छ | यदि यसरी तर्पण र पिण्ड प्रदान गरिएन भने ठूलो पापको भागीदार बन्नुपर्छ |

श्राद्धमा स्वर्गीय महिला र पुरुष दुवैका लागि समानतहमा तर्पण र पिण्डदान गर्नुपर्छ | दूवै (स्वर्गीय महिला र पुरुष) बसु, रूद्र तथा आदित्यसरह नै हुन्छन् | मावली पक्षका स्वर्गीय महिलाहरूलाई समेत समानतहमा सम्मान गरिएको छ | महिलाहरूलाई लूटको धन मानेर दामासाहीमा बाँडेर वस्तुका रूपमा प्रयोग गर्ने संस्कारमा हुर्केकाहरूको नक्कल गर्नेहरूले वैदिक संस्कारमा उल्लेखित एस्तो संस्कारमा पनि खोट नै निकाल्ने छन् | कारण प्रष्ट छ – उनीहरूको उद्देश्य जसरी पनि वैदिक सनातन संस्कारको निन्दा गर्नु र मूसाईहरूको बर्चश्व स्थापित गर्ने लक्ष हुन्छ |

मुसाईहरू महिलाहरूको आत्मसम्मान, अस्तित्व, सांस्कृतिक (धार्मिक) सहभागिताको प्रत्यक्ष रूपमा तथाकथित पैगम्वर र ईसपूत्रका मुखबाट विरोध गर्छन् | कसैले महिलाहरूलाई “जोत्ने खेत”का रूपमा परिचय दिन्छन् भने अर्कोले “धार्मिकस्थलमा महिलालाई माथिल्लो पदमा वस्न र बोल्न दिनुहुँदैन किनभने निजहरूलाई ईश्वरले पुरुषको उपभोग्य सामाग्रीका रूपमा सृष्टि गरेको हो” भनेर पूर्ण वन्देज गर्छन् |
तथाकथित प्रगतिशील, आधुनिक तथा प्रजतान्तान्त्रिक पक्षधर केही अधिकारवादी (मूलत: पुरुष तथा महिला रूपी रथका दुई चक्का मध्ये एउटा चक्काको हावा निकालेर एकआपसमा मनभेद उत्पन्न गरेर घृणालाई मलजल गर्ने)हरूले वैदिकश्राद्ध विधिमा उल्लेखित अनिवार्य कर्ममा महिलाप्रति गरेको उच्च र समानतामूलक सम्मान पढ़ूँन् र एसको अभ्यास गरूँन् | पश्चिमाहरूलाई खुसी पार्न खेलिने नारीवाद भन्दा श्राद्धले स्थापित गरेको नारीवाद धेरै शक्तिशाली र महत्वपूर्ण ठहरिन्छ |

मुसाई जगतमा मेरी वाहेक कसैको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्मान छैन | आजसम्म कुनै पास्टर वा फादर (क्याथोलिक इसाई धर्ममा धर्मगुरूलाई फादर भनिन्छ र फादर फादर शब्द आफैमा पुरुष बाचक हो | यसरी महिला धर्मगुरू, उपदेशक वा पोप हुनसक्ने सम्भावनालाई नै पूर्णतया नष्ट गरिएको छ) महिला भएको पाएको छैन | यदि कुनै महिला इसाई धर्मकी प्रचारक छन् भने त्यो मूलत: इसाई धर्मसंगको विद्रोह हो | अर्को शब्दमा धार्मिकता विरुद्ध हो |

हिन्दू संस्कृतिमा महिलाप्रति व्याबहारिक विभेद छन् तर तेसको स्रोत हिन्दू धार्मिक परम्परा पटक्कै होइन | वेदका ऋषिकाहरू एसका बलिया प्रमाण छन् भने वर्तमान समयमा पनि अनेकौं महिलाहरूलाई गुरूका रूपमा, देवीका रूपमा हिन्दू संस्कृतिले मूलधार मै स्वीकार गरिरहेको छ | महिला र पुरुषका बीचमा मतभेद उत्पन्न गराएर डलर कमाउने प्रबृत्तिले वैदिक संस्कृतिका असल प्रचलनहरूतिर फर्केर समीक्षा गर्न नै चाहन्न | घृणावाद फैलाउनेहरूलाई “…वादी” भन्दै प्रोत्साहन गर्छ भने आफ्नो धर्मसंस्कृतिको विनम्रता पूर्वक अनुसरण गर्दै गुरुत्व प्राप्त गरेका वन्दनीय महिलाहरूप्रति “अन्धविश्वासी” भएको आरोप लगाउन आफ्नो उर्जा खर्च गर्छ |

घृणावाद र विभेदवादका असली सूत्रहरूको सूत्राधार मूसाई-संस्कृति हो र मुसाई संस्कृतिको एउटा अंगको रूपमा विकसित भएको पश्चिमा राजनीति तथा मानवतावाद हो | हामी नेपालीहरूले जतिसक्दो चाँडो यो तत्थ्य बुझेर मूलधारका रूपमा वैदिक संस्कृति नै पक्षमा उभिएको राम्रो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने