मन्दिर र तपाईं



डा.गोविन्दशरण उपाध्याय ।

नेपालमा कति मठमन्दिर छन् ? कसैसंग अभिलेख छैन | निजी, सार्वजनिक र गूठी यी तीन श्रेणीमा नेपाली मन्दिरहरूलाई राख्न मिल्छ भन्ने मेरो ठहर हो त्यैपनि गूठीअन्तर्गत निजी र सार्वजनिक दूवै प्रकारका मन्दिर छन् भनेर बुझ्नुपर्छ |

मन्दिरको अर्थ ‘घर’ हुन्छ | मन्दिर त्यो घर हो जहाँ हामी हिन्दू, जैन तथा बौद्धहरूका आराध्यदेव देवीहरूको आराधना गरिन्छ | मन्दिरसंग आस्था, विश्वास, इतिहास, त्याग, दान, संस्कृति तथा दैनिक संस्कारहरू जोडिएका हुन्छन् |

हरेक सनातन धर्मिका लागि मन्दिर एउटा “आत्मिक घर वा समुह र परिवार जोडिने पवित्र” मिलनस्थल हुन्छ | जहाँ पुगेपछि धनिगरीव, ऊंचनीच, छुतआछुतजस्ता भिन्नताहरू समाप्त हुन्छन् | मन्दिरमा आराधना गरिने देवीदेवता सबैका साझा हुन्छन् र हरेक व्यक्तिको आध्यात्मिक, मानसिक समस्याहरूको समाधान गर्ने आधार हुन्छन् |

नेपालीहरूको मन्दिरको इतिहास नेपालजत्तिकै प्राचीन छ | नेपालका निर्माता ने-मुनिले नेपालको जग भगवान् शिवको मन्दिर निर्माण गरेर राखेका थिए | साच्चिकै भन्नुपर्दा हामी नेपालीका लागि नेपाल पनि एउटा वृहदकाय मन्दिर हो जहाँ हामी सबै मिलेर आराधना गर्छौं |

नेपालमा असंख्य मठमन्दिरहरू छन् जसले सर्वसाधारण नेपालीहरूको धर्म, संस्कृति, संस्कार तथा असल-कमसल कार्यको नियन्त्रण हुन्छ | हरेक मठमन्दिरले धर्म, संस्कृति तथा संस्कारहरूको पुस्तान्तरण गर्छन् | मन्दिरमा गएर अर्पित गरिने नगद वा वस्तु, गरिने ढोग, सम्पदान गरिने संस्कार यी सबैले हामी वैदिक संस्कृतिका अंश भएको प्रमाणित गर्छन् |

मन्दिरहरू : हिन्दू वैदिक सनातन धर्मका असली जग अर्थात् स्रोत हुन् | जसले सबैभन्दा पहिले मन्दिर वनाएर वैदिकहरूलाई मन्दिर जान उत्प्रेरित गरे उनी वास्तव नै दूरदर्शी थिए | हामी भाग्यमानी छौँ, मन्दिर र मन्दिर निर्माताले राखेको विश्वासको जगले गर्दा हरेक प्राचीन मन्दिरहरूको वारम्वार पुनर्निर्माण, पुनउद्धार र पुन: संस्कृति सिकाउने थलोका रूपमा सुरक्षित छन् | धेरै राजाका सुन्दर महलहरू हराए तर एउटा मन्दिरहरू हाम्रो आस्थाका कारण जीवित छन् |

मन्दिरहरू हामी वैदिक (हिन्दू, जैन, बौद्ध) हरूका स्वाभिमान हुन् | हाम्रा पूर्खाहरूको त्याग, तपस्या तथा दूरदृष्टिका जीवित प्रतिमान हुन् | मन्दिरको अपमान गर्नु वा मन्दिरहरूको वेवास्ता गर्नु भनेको आफ्नो स्वाभिमान त्याग्नु वा तेसको महत्वलाई नबुझ्नु हो | जीर्ण भएका मन्दिर, वेवास्तामा परेका मन्दिर तथा अतिक्रमणमा परेका मन्दिरहरूले हाम्रो गीर्दो स्वाभिमान देखाउंछन् | मैले सम्पूर्ण योरोप घुम्दा कुनै पनि चर्च वेवास्तामा परेको देखिन, भेटिन |

काठमाडौँलाई मन्दिरहरूको सहर भनेर बुझिन्छ | हरेक मन्दिरले त्यो चाहे ठूलो होस् वा सानो, एउटा इतिहास, आस्था, विश्वास र संस्कृतिको प्रतिनिधित्व गरिरहेको हुन्छ | एउटा मठमन्दिर नष्ट हुनु भनेको एउटा सम्पूर्ण इतिहासको धरोहर नष्ट हुनु हो | अहिले मन्दिर तथा गुठीहरूको जग्गा कब्जा गरेर तेसको इतिहास नष्ट गर्ने व्यक्तिहरूको वर्चश्व छ | एस्ता व्यक्तिहरू आफ्नै धर्म, संस्कृति तथा धरोहरका शत्रु हुन् | दण्ड इतिहासले दिनेछ |

हाम्रो समाजमा मठमन्दिरलाई वेवास्ता गर्ने जमातहरू बढेको छ | एस्तो जमात आफुलाई “आधुनिक र प्रगतिशील” ठान्छ | यो एउटा आत्मघाति प्रबृत्ति हो | हरेक अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई कमसेकम हप्ताको एक दिन निकटतम मन्दिरमा लैजानु पर्छ, आराधनामा समावेश गर्नुपर्छ र दान दिने संस्कृति सिकाउँनु पर्छ | इसाई-मुस्लिमहरूबाट हामीले धर्मप्रतिको समर्पण सिक्नुपर्छ | आज मुस्लिम र इसाई समुदाय क्रमशः दोस्रो र पहिलो ठूलो धार्मिक समुदाय हो किनभने उनीहरूले मस्जिद र चर्चलाई कहिले पनि वेवास्ता गर्नेनन् |

हामी हिन्दूहरू मन्दिरहरूको संरक्षणका सवालमा निकै पछि परेका छौँ | हरेक सानोठूलो समुदायले एउटा मन्दिरको संरक्षण गर्ने जिम्मा लिनुपर्छ | आजभोली एस्तो प्रबृत्ति बढेको छ तर मन्दिरहरूको तुलनामा हाम्रा प्रयाशहरू निकै कम छन् | यदि हामीले मन्दिरहरूको संरक्षण गर्यौं भने मन्दिरहरूले हाम्रो धर्म, संस्कृति तथा इतिहासको गौरवलाई निरन्तरता दिने छन् | हाम्रो धार्मिकताले मन्दिरको र मन्दिरले हाम्रो धर्मसंस्कृतिको रक्षा गर्ने छन् |

धर्मको कोलममा हिन्दू लेख्दैमा हिन्दू धर्मको रक्षा हुँदैन | मन्दिरप्रतिको दायित्व हामीले पूर्ण गर्नुपर्छ | मन्दिरले आयोजना गर्ने कार्यक्रममा सक्रियता पूर्वक भाग लिनुपर्छ | आफुले कमाएको धन मध्ये केही प्रतिशत नियमित रूपमा दान दिनुपर्छ | महिनामा एक पटक मन्दिरमा स्वयंसेवक बनेर मन्दिरको संरक्षणमा टेवा दिनु पर्छ |

सबैभन्दा महत्वपूर्ण कुरा, आजभोली केही प्रगतिशील भनाउंदा र विदेशी धर्महरूले “मठमन्दिर, पण्डितपुरोहित, पूजाआजा”हरू सामन्तवादका प्रतिनिधि हुन्” भन्ने जस्तो नितान्त घृणित, विभेदकारी र आफैलाई नष्ट गर्ने “वैचारिक-जाल”हरू फैलाएर आफ्नै धर्म, संस्कृति तथा इतिहासप्रति हीनताबोध उत्पन्न गर्ने काम भइरहेको छ | एस्ता घृणावादी सोचको प्रतिवाद गर्नुपर्छ | मन्दिरहरू हाम्रो पहिचान हुन्, हाम्रा इतिहास हुन् | हाम्रो संस्कृतिको निरन्तरताका लागि अनिवार्य सोपान हुन् | यी घृणावादीको बैचारिक जालमा परेर आफ्नै धर्मका विरुद्ध बोल्नेहरूको बौद्धिक प्रतिवाद गरौँ |

अन्त्यमा, मन्दिरहरू, मठहरू, हरू, गुम्वाहरू, चैत्यहरू, हाम्रा जीवित धर्म, संस्कृति र इतिहास हुन् | हाम्रो स्वाभिमानी इतिहास यिनैसंग जोडिएको छ | मन्दिरको वेवास्ता गर्नु आत्मघात हो | मन्दिर र मन्दिर संस्कृतिसंग आफु र आफ्नो परिवारलाई जोडौं | सनातन धर्मको विनम्र तर स्वाभिमानी अनुयायी भएको प्रमाण बनौं | धन हुनेले धन, मन हुने ले मन र शारीरिक सेवा दिन सक्नेले स्वयंसेवा प्रदान गरौँ |

हामी गर्न सक्छौं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट