केही त लेख्नुस् !



डा. गोविन्दशरण उपाध्याय ।
बुद्धले संसारलाई दुखका रूपमा बुझे | कार्लमार्क्सले संसारलाई शोषित त शोषकको सङ्घर्षका रूपमा बुझे | कसैका लागि संसार सङ्घर्ष हो, कसैका लागि संसार भाग्यले लिएर आएको सुखहरू भोग्ने थलो हो |

जन्म, मृत्यु, रोग र वृद्धावस्थाको प्रक्रियाबाट सबैले गुज्रिनु पर्छ | कसैले सुखका लागि दुख गर्छन् भने केहीले दुख गरेर सुख प्राप्त गर्न चाहन्छन् | धेरै मान्छेले सुखलाई स्वाभाविक रूपमा लिन्छन् तर दु:खलाई असामान्य बनाएर भोग्छन् |

मान्छेको बाध्यता नै भन्नुपर्छ – सुखदु:खको भोग तथा अनुभूतिबाट कुनै हालतमा भाग्न सक्दैन | सुखका ससाना पलहरूलाई स्वागत गर्न नसक्ने र सानो दुखलाई बडो तत्परताका साथ स्वागत गर्ने मानवीय स्वभाव आफैमा अचम्मको छ |

सिक्ने र सिकाउने शीप मान्छेको बाध्यता हो | कुनै पनि मान्छे तेसै वस्न सक्दैन | सिक्ने क्रियाकलाप दु:ख होइन | सिक्न तेसैले सक्छ जसमा सिक्ने क्षमता छ | जव हामीले संसारका अनुभूतिहरूलाई “प्रतिकुल” अर्थ दिएर बुझ्दछौँ, संसारमा सुखको एउटा बूँद पाइन्न | यदि अनुभूतिको संसारलाई “अनुकुल वेदना” रूपमा लिन्छौं, जताततै सुखका फूलहरू फुल्छन् |

हाम्रा पूर्खाहरू प्रकृतिमा सिक्थे | पछि सिकाउँने ठाउँ र सिकाउँले मान्छेहरू तयार भए | निश्चयनै अहिलेको पुस्ता “ठाउँ”मा सिक्न बाध्य छ | सिक्ने सिकाउने प्रकृतिका प्राकृतिक प्रशिक्षणहरूमा मान्छेले अधिपत्य जमाएको छ | म ढुक्कसंग भन्न सक्छु, मान्छेले प्रकृतिको स्कुलिंग छोडिसकेको छ | तेसैले आफ्नो उमेर नपुग्दै हरेक मान्छे परिपक्व बन्न बाध्य छ |

आजको मान्छेले अप्राकृतिक सिकाईका केन्द्रहरू खोलेर “सुख र दुख” भन्ने मानसिक बुझाईको विसालकाय मार्केटिंग गरिरहेको छ | दु:खका विषयमा आजको मान्छे एकदम अनुदार छ भने सुखका सवालमा पनि निकै अनुदार छ | अर्को शब्दमा भन्दा, दु:खप्रति अत्याधिक अनुदार भएको कारणले सुखका क्षणहरू पनि गुमाइरहेको छ |

आजको बालबालिका पुस्ताले आफ्नो बाल्यकाल गुमाइरहेका छन् | अप्राकृतिक “सिकाई”का चेपुवामा परेर आजका बालबालिकाहरू उमेर भन्दा बढी तर चांडो बुझ्न बाध्य छन् | मान्छेसंग फर्किने बाटो छैन, माटोसंग पौठेजोरी गर्दै सिक्ने प्राकृतिक स्वभाव “स्कूल”मा रुपान्तरित भएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाको नक्कली प्रोपोगान्डालाई विदेशी हस्तक्षेपको आधार बनाईंदै

  भरत दहाल । कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको

राज्यबाट निःशुल्क उपचार लिनेहरू राज्यका बोझ हुन् भने सबैभन्दा ठूलो बोझ को होला ?

– नारायण गाँउले ।  च्वास्स घोच्ने के ! -आजै प्रधानमन्त्रीले सक्दिन भनेर स्वघोषणा

आगे चुनाव छ ! किन यतिविधि अलोकप्रिय हुन खोजेको सरकार ?

गरिब जनताले २,००० /- तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरुलाई

वेदमा राष्ट्रगान

केशवप्रसाद भट्टराई । (यजुर्वेद २२. २२) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य: