अवैतानिक दूत हुन किन मरिहत्तै गर्छन् व्यापारिक घरानाका व्यक्तिहरु ?



किर्गिजस्तानका अवैतनिक दूत एवं उद्योगी शुलभ अग्रवाल गतसाता पक्राउ परे । अग्रवाल पक्राउ परेपछि त्यसको रहस्य खुल्यो किन व्यापारिक घरानाका व्यक्तिहरु महावाणिज्य दूत हुन त्यसै मरिहत्ते गर्छन् ? कुटनीतिज्ञहरुले पाउने सम्बन्धित देशको झण्डा र नीलो नम्बर प्लेटको गाडीमा बसेर ५ हजारको थर्मल गन १५ हजारमा बेचिरहेका बेला अग्रवाल पक्राउ परेका थिए ।

ग्राहकको भेषमा रहेका प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो । उनी जगदम्बा स्टिलसहितको शंकर ग्रुपका प्रबन्ध सञ्चालक समेत हुन् । तर यसबाट स्पष्ट भएको छ कि उनीहरु विनातलवी महावाणिज्यदूतले परराष्ट्र मन्त्रालयको सिफारिसमा राज्यले करोडौंको गाडी आयात गर्दा लाग्ने करोडकै भन्सार महसुललगायत सबै कर शून्य अथवा पूर्ण छुट हुने गर्दछ ।

उनीहरुलाई सुरक्षा गार्ड पनि उपलब्ध हुन्छ । यस्ता महावाणिज्य दूतहरु ५१ जना छन् । र सबै व्यापारिक घरानाका । एउटै घरका बाबु, छोराहरु सबै महावाणिज्य दूत छन् । अग्रवाल समातिएपछि परराष्ट्र मन्त्रालयले अहिले महावाणिज्यदूतको सबै सुविधा कटौती गरेको छ।

हेर्नुस् त सूची को को छन् महावाणिज्य दूत ?

१) भियतनाम – राजेशकाजी श्रेष्ठ

२) युक्रेन – किरण वैद्य

३) टर्की – प्रेम प्रसाद खेतान

४) तान्जनिया – राजेश चौधरी

५) स्वीडेन – गजेन्द्र बहादुर श्रेष्ठ

६) स्पेन – श्रीमती अम्विका श्रेष्ठ

७) साउथ अफ्रिका – प्रदीप कुमार श्रेष्ठ

८) स्लोभेनिया – हरि भक्त शमौ

९) स्लेभाक रिपब्लिक – पासाङ्ग दावा

१०) सर्विया – निर्वाण चौधरी

११) रोमानिया – नारायण बज्राचार्य

१२) पोर्चुगल – राजेन्द्र कुमार खेतान

१३) पोल्याड – लोकमान गोल्छा

१४) फिल्पिन – सुरज वैद्य

१५) पेरु – सुमित कुमार अग्रवाल

१६) पपुवा न्यूजिनिया – पुन भण्डारी

१७) नेदरल्याड – Mr. Pepijn Trapman, Honorary Consul,

१८) मोरक्को – बसन्त चौधरी

१९) मँगोलिया – Mr. Tsetan Gyurman Shrestha, Honorary Consul

२०) म्याक्सिको – नरेश दुगर

२१) माल्टा – दिनेश श्रेष्ठ

२२) माल्दीभ्स – राहुल चौधरी

२३) लकजाम्बर्ग – श्रीराम लामिछाने

२४) लिथुनिया – शोभाकर नेउपाने

२५) लतमिया – करण वैद्य

२६) किर्गिजज रिपब्लिक सुलभ अग्रवाल

२७) काजिकास्तान – बरुण चौधरी

२८) इटली – प्रतिभा राणा पाण्डे

२९) आयरल्याण्ड – मनोज बहादुर श्रेष्ठ

३०) इरान – नरेश श्रेष्ठ

३१) इण्डोनेशिया – चन्द्र प्रसाद ढकाल

३२) हँगेरी – अरुण कुमार चौधरी

३३) गुनिया – अशोक कुमार अग्रवाल

३४) ग्रिस – विक्रम पाण्डे ३५) जर्जिया शिव रतन शारङ्का

३६) फिनी – पारस शाक्य

३७) इथोपिया – राजेन्द्र गिरी

३८) इस्टोनिया – नवराज दाहाल

३९) इकोडोर – शशीकान्त अग्रवाल

४०) डेनमार्क – हरि धरेल

४१) साइप्रस – पद्य ज्योति

४२) क्रोसिया – अमिर प्रताप राणा

४३) कोलम्बिया – विनयमान श्रेष्ठ

४४) चिली – वसन्त राज मिश्र

४५) चेक रिपब्लिक – विष्णु कुमार अग्रवाल

४६) क्यानडा – डा. बुद्ध बस्न्यात

४७) बुल्गेरिया – भोला विक्रम थापा

४८) बोस्निया एण्ड हर्जगोभिना – शशी अग्रवाल

४९) बेल्जियम – आङ्छिरिङ्ग शेर्पा

५०) बेलारुस – अजयराज सुमार्गी

५१) अस्ट्रिया – राजेश बाबु श्रेष्ठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

कानुन बनाएर समस्यालाई सम्बोधन गर्नुको साटो तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्नु दुर्भाग्य हो

नारायण गाउँले । के तपाईंले पनि पछिल्ला दिनहरूमा एनसेलको गुणस्तर खस्किएको महसुस गर्नुभएको