विश्वासको बन्धनले क्वारेन्टाइनमा राख्न तथा बस्न सजिलो हुन्छ



अहिले हामी मझदारमा उभिएका छौं | हाम्रो सानो प्रयासले सुरक्षित हुने कि सानो हेल्चेक्राइले खतरा निम्त्याउने भन्ने कुरा हाम्रो हातमा छ | कोरोना संक्रमणको दोस्रो स्टेज यस्तो बिन्दु हो जहाँबाट पहिलो स्टेजमा फर्केर सुरक्षित जोनमा जान सकिन्छ वा तेस्रो चरणमा पुगेर भयाबह अवस्था सामना गर्नुपर्ने हुन्छ | सुरक्षित जोनमा आउनको लागि तलका उपायको बिकल्प हामीसंग रहेन |

– प्रहरी, राजनैतिक पार्टीका वडा तथा गाउँ समिति, स्वास्थ्यकर्मी, संचारकर्मी तथा आम नागरिकले बाहिरबाट आएको व्यक्तिलाई अनिबार्य रुपमा २ – ३ हप्ता क्वारेन्टाइनमा राख्ने | उनीहरुको परिवार वा आफन्तसंग भेट भएको छ भने उनीहरुलाई पनि क्वारेन्टाइनमा राख्ने | बाहिरबाट आएको व्यक्तिलाई स्कुल वा यस्तै खाली भवनमा राख्ने, परिवार तथा आफन्तलाई होम क्वारेन्टाइनमा राख्ने | सबै मिलेर क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुगमन गर्ने, उनीहरुलाई सहयोग गर्ने | जसले क्वारेन्टाइनमा बस्न मान्दैन, उसलाई फोर्स क्वारेन्टाइनमा राख्ने |

– कोरोना संक्रमण सरेको व्यक्तिलाई सामान्यतया २-१० दिनभित्र लक्षण देखिन्छ | यो संक्रमण कालमा संक्रमित व्यक्ति अरु व्यक्ति जस्तै स्वस्थ्य हुन्छ | उ आफुलाई स्वस्थ ठानेर धेरै जनालाई भेट्छ, भेलामा सहभागी हुन्छ | त्यो अवस्थामा उसले धेरैलाई कोरोना संक्रमण सार्दछ | तसर्थ कुनै व्यक्ति स्वस्थ्य छ भनेर ढुक्क नबनौं | भारत लगायत बाहिरबाट आएको जुनसुकै उमेरको जो कोहीलाई पनि क्वारेन्टाइनमा राख्नुपर्दछ |

– एउटा सलाईको काँटीले बन जलाउन सकेजस्तै एउटा संक्रमित व्यक्तिले पुरै गाउँ संक्रमित बनाउन सक्छ | यसको अर्थ मलाइ सरेको छैन वा मलाइ सर्दैन भनेर ढुक्क नबसौं | इटली, अमेरिका लगायतका मुलुकमा यदि मनस्थितिको कारण आज ठूलो पीडा छ |
– बाहिरबाट आएको व्यक्तिलाई सामाजिक बहिष्कार वा तिरस्कार नगरौं | उनीहरुलाई माया गरौँ, सहयोग गरौँ, उनीहरुको विश्वास जितौं | विश्वासको बन्धनले क्वारेन्टाइनमा राख्न तथा बस्न सजिलो हुन्छ |

– सम्भव हुन्छ भने संक्रमित जिल्लामा पालो गरेर जनस्तरबाट गस्ती गरौँ | यसो गर्दा रातिमा कुनै समयमा बाहिरबाट नयाँ व्यक्ति आएको थाहा हुन्छ | त्यस्तै कसैले क्वारेन्टाइनको नियम पालना गर्यो कि गरेन भन्ने पनि थाहा हुन्छ |
– हामी भयभित हुने, त्रसित हुने, आतंकित हुने, निरास हुने नगरौं | कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | १०० जना संक्रमितमा २-३ जनाको मात्र मृत्यु हुने हो | हल्लाको पछि नलागौं | सहि सुचना आधाकारिक ठाउँबाट लिने बानी गरौँ |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)