हिन्दुधर्मले दल बनाउने, धर्म परिवर्तन गर्नेमा विश्वास गर्दैन



-दीर्घराज प्रसाई

राजा ज्ञानेन्द्रले गिरिजालाई प्रधानमन्त्रीमा शपथ दिलाएको गणतन्त्र’ ल्याउने सर्तमा थियो र ? थिएन ! २०६३ सालपछि सत्ता कब्जा गरेका माओवादी, कांग्रेस, एमालेको कुशासन र ब्रम्हलुट संसारभरी नैं चौतर्फीरुपमा भण्डाफोर भइसकेको छ।

२०६३ वैशाख ११ गतेको शाही घोषणापछि त्यसलाई स्वीकार गरी सत्तामा आएका दलहरू र तिनको नेतृत्वले त्यसको मर्म र भावनाविपरीत गई स्वेच्छाचारी तथा जवाफदेहीविहीन रूपमा आफूलाई सञ्चालन गरेकाले संविधानविहीन अवस्था सिर्जना भएको हो। २०६३ जेठ ४ मा अबउप्रान्त राजसंस्थाको उत्तराधिकारी छोरी पनि संसद्ले गर्ने घोषणा गरेको !’ गिरिजालाई प्रधानमन्त्रीमा राजा ज्ञानेन्द्रले शपथ दिलाएका ‘गणतन्त्र’ ल्याउने सर्तमा थिएन ! ‘-युवराज घिमिरे

‘नेपाली काँग्रेसमा मूल समस्या भनेको कोइराला वंशवाद या थर, जातको होइन कोइरालाहरुले पनि अरु जात थर जत्तिकै या त्योभन्दा पनि धेरै या उत्तिकै राष्ट्र र नेपाली जनता र प्रजातन्त्रका लागि काम गरेका छन् उत्सर्ग भएका छन्, बलिदान दिएका छन् । मूल समस्या भनेको ०४६/०४७ पछाडी को राजनैतिक परिवर्तन पछाडीको पहिलो जननिर्वाचित प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालामा जुन प्रवृत्ति मईमत्त भएर आयो त्यसले प्रजातन्त्र र सुशासनलाई ओझेलमा पार्दै भ्रष्टाचारलाई बढाउने काम गर्यो । सिंगो पार्टी कोइराला जात थरले होइन गिरिजा प्रवृत्तिको कुविचार, कुसंस्कार र कुशासनले कोइराला परिवार जस्तो प्रजातन्त्रको पर्यायवाची बनेको परिवारलाई बदनाम गर्दै सम्पूर्ण राष्ट्रलाई नै आतंकारी माओवादी र विदेशीको पोल्टामा हाल्ने काम गर्यो जसले राष्ट्रलाई पनि अपहेलना गर्ने काम गर्यो । बिपीवादलाई स्थापित गर्दै राष्ट्रलाई बचाउने बेला आएको छ । मुख्य गरेर नेपाली कांग्रेसका साथीहरुले आजको मूल समस्या भनेको कोइरलावाद, जात र थर होइन गिरिजा प्रवृत्ति हो भन्ने बुझे काँग्रेसले मात्रै होइन सिंगो राष्ट्रले निकास पाउने छ ।’ -–मिन बहादुर थापा

‘हाम्रा देशका नेताहरुले नेपाली जनताहरुलाई शब्द जालमा फसाउदै आएका छ्न्। अब पनि ठुला ठुला निर्णयहरु एस्तै शब्द जालमा पार्न बुनिदै छ हामी सम्पुर्ण नेपाली जनताले अतिनै ध्यानपुर्बक शब्दहरुको अध्यन गर्न जरुरी देखिन्छ। र नेताहरुको भासणमा नफसौ आफ्नो शोबिभेक पनि प्रयोग गरौ।अहिले मातृभुमी नेपाललाई सचेत नेपाली जनताको एकता खाचो छ तेसैले जनता एक जुट भै नेपाल आमाको रक्षा गरौ।’
-Raj Kumar Thapa

नेपालको सार्वभौम एकतालाई बचाउनु छ। बितेको १३ बर्षदेखि माओवादी, कांग्रेस, एमालेका राष्ट्रघाती नेताहरुले नेपाललाई बिगार्ने मात्र काम गरिआएका छन् । जसरी हुन्छ जसरी हुन्छ ठूल्ठूला भवन बनाउने, देशभित्र ब्रम्हलुट मच्चाएर राष्ट्रको राजश्व लुट्ने, आफ्रना कार्यकर्तालाई मात्र पोस्ने, व्यवस्थापिका, कार्यपालीका, न्यायपालीका र प्रशासकीय व्यवस्थालाई भागवण्डा मिलाएर नेपाल र नेपाली जनतालाई धोका भएको छ । २०६३ सालपछि सत्ता कब्जा गरेका माओवादी, कांग्रेस, एमालेको कुशासन र ब्रम्हलुट संसारभरी नैं चौतर्फीरुपमा भण्डाफोर भइसकेको छ।

हिमाल, पहाडको तुलनामा नेपालअधिराज्य भरमा तराई् सुविधायुक्त, सुगम तथा उर्बराभूमि हो । श्री ५ महे्न्द्रबाट तराईक्षेत्रमा औलो उल्मुलन गराई, मेचीदेखि महाकालीसम्मका क्षेत्रमा आवश्यता अनुसार बाटो घाटो, स्वास्थ्य, सिचाई, अस्पलाल, ठुल्ठूला उद्योगहरु, औद्योगिक क्षेत्र लगायत शिक्षाको राम्रो सविधाको व्यवस्था गरेको थियो । तराईका जनतालाई कहिले पनि राज्यले पक्षपात गरेन र गरेको छैन । तर भारतीयहरु भन्छन्–नेपालको तराईलाई विवेध गरिएको छ भनेर झूठा तर्कहरु पेज गरेर नेपालका माओवादी, कांग्रेसका गद्दारहरुलाई घोडा बनाएर नेपालको एकतामा भाँजी हाल्न सक्रिय छन् ।

प्राचीन समयमा नेपाल अहिलेको भन्दा धेरै ठूलो थियो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानशरोवर र दक्षिणमा गंगासम्मको भूभाग ‘हिमवत्खण्ड’ हो । समयकाल परिस्थितिले हिमवतखण्ड विभिन्न टुक्रामा विभाजित हुन पुगेको थियो । चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा–‘कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ)को वीचको देशलाई ‘नेपाल’ भनी लेखिएको कुरालाई हेर्दा प्राचीनकालमा हिमवतखण्ड नेपाल भन्नाले आजको भन्दा ठूलो र प्रभावशाली थियो भन्ने कुरा थाहा हुन्छ ।

हिमवत्खण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको– ‘भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि‘ भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ । पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकतालाई जीवन्त रहेको हो । विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना राज्यहरुमा विभाजित भएका थिए । यसक्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो ।

पृथ्वीनारायण शाह जस्तो सपूत यसक्षेत्रमा नजम्एिका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने स्थिति थियो । नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाकोरुपमा स्वतः रुपान्तर हुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गएको सबै जाति र समूहले आत्मसाथ गरेका थिए । भारतबर्ष पचासौं राष्ट्रमा विभाजित भएको र समग्र एकीकृत भारतलाई हिन्दुस्थान भनिनुभन्दा अगाडि नैं विक्रम संवत् १८०० तिर नैं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले– ‘नेपाल–यो असल हिन्दुस्थाना हो’ भनेका थिए ।

साम्राज्यवादी शक्तिसँग भिडेर नेपालका राजाहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जाति, भाषा, धर्म र क्षेत्रीयतालाई संतुलित राख्न र अनेकतामा एकताको नीति कायम गर्न सक्ने नेपालको राजसंस्था नैं नेपालको सार्वभौमसत्ता र हिन्दु तथा बौद्धहरुको संरक्षक भएकाले हामी कुनै नेपालीहरुले देशको हितको पनि हिन्दुअधिराज्य र राजसंस्था युगयुगान्तुसम्म बचाउन सक्नुपर्छ । राजसंस्थाबीना नेपालको सार्वभौमसत्ता सुदृढ हुन सक्तैन ।

वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं । नेपालमा पशुपतिनाथ, मक्तिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, गोरखनाथ, गोरखकाली, मनोकामना, गुजेश्वरी, पाथिभरा, बराहक्षेत्र, जानकीधाम, बुद्धको जन्मस्थल लगायत अनेकौं तीर्थस्थल भएकाले यो देवभूमि संसारका हिन्दु तथा बौद्धहरुको लागि तीर्थस्थल नैं हो । हामी हिन्दु तथा बौद्धहरुको चासो समान छ । हिन्दुधर्म विश्वभरिका सबै मानवका लागि नैं हो । हिन्दुधर्मले दल बनाउने, धर्म परिवर्तन गर्नेमा विश्वास गर्दैन ।

सम्पूर्ण हिन्दुग्रन्थहरुमा मानिसले आफ्नो कर्मद्वारा नैं आफ्नो गौरव, शक्ति, ज्ञान, बुद्धि र दौलत प्राप्त गर्छ । यसअर्थमा हामी नेपाली भाग्यवानी छौं कि सार्वभौम नेपाल कहिले पनि विदेशीहरुबाट लुटिएन, बिटुलो भएन । तर हिन्दु धर्मभित्र उब्जेका विकृतिहरुमा सुधार गर्नमा हामीहरु सहमत हुनुपर्दछ । हामीभित्र विभाजन ल्याएर हाम्रो सभ्यतालाई भङ्ग गर्न चहानेहरु पनि छन् । हामीलाई पराईधर्मको ज्ञान चाहिंदैन । हिन्दु जगत आफै सम्पन्न छ, वैदिक हिन्दु धर्म नैं विश्वमा सभ्यताको द्योतक हो ।

हामी नेपालीहरुको लागि सबैभन्दा गौरवको कुरा हो– अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड–नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरुलाई एकीकरण गरेकोबेलादेखिको नेपाल विश्वको एक मात्र हिन्दुअधिराज्य हो । हामी नेपालीहरुले हिन्दुअधिराज्य र राजसंस्था युगयुगान्तुसम्म बचाएर नेपालको सार्वभौम अस्तित्व बचाउन हामी सबै एकत्रित बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा

यिनै भिजनविहीन र निष्ठारहित नेताबाट समृद्धि सम्भव होला ?

डा. बाबुराम भट्टराई । धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो।