बास्कोटालाई डण्डा तर चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरीलाई उन्मुक्ति ?



ठीक दुई वर्ष अघि नेकपा अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएर सरकारी निवास वालुवाटार सरेपछि आफ्नो वालकोटस्थित नीजि निवासमा गोकुल प्रसाद बास्कोटालाई राखे । आफ्नो मन्त्रीपरिषदका सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका बास्कोटा प्रधानमन्त्रीका कति नजिकका विश्वास पात्र थिए भन्ने यो एउटा सानो उदाहरण थियो । बास्कोटाको पक्षमा ओलीका धेरै रक्षात्मक भाषण र दस्तावेजहरु पनि जीवन्त छन ।

ठीक २ वर्षपछि फागुन ८, २०७६ मा सरकारका प्रवक्ता समेत रहेका उनै बास्कोटामाथि जब एक अडियो टेप प्रकरणमा संलग्नताको आरोप लाग्यो, तब प्रधानमन्त्री ओलीले बास्कोटालाई राजीनामा गर्न लगाए । आफूमाथि प्रश्न उठेपछि नैतिकताको आधारमा बास्कोटाले बिहिवारै राजीनामा दिईसकेका छन । शुसासनका लागि आफ्नालाई पनि नछाडने प्रधानमन्त्रीको बोली व्यवहारमा नै देखियो ।

एक बिवादाष्पद अडियो प्रकरणमा मुछिएकै कारण प्रधानमन्त्रीका विश्वासिला भएर पनि बास्कोटा सरकार छाड्न वाध्य भए । जब की सत्ताशक्ति प्रदर्शन गरेर उनी सरकारमै रहिरहन पनि सक्थे । किन की अडियोको वैज्ञानिक जाँच भएको थिएन, अन्य अनुसन्धान सुरु भएकै थिएन । प्रधानमन्त्री, पार्टी र सरकारको नाक जोगाउन उनले जे गरे, ठीक गरे ।

यो प्रसंग चिकित्सा शिक्षा आयोगका बिवादाष्पद उपाध्यक्ष श्रीकृष्ण गिरीका हकमा पनि ठयाक्कै मेल खाने खालको छ । जब सार्वजनिक पदमा रहेका व्यक्तिहरुमाथि आर्थिक अनियमितताको आरोप लाग्छ, तब उनीहरुले छानबिनमा सहयोग गर्न पदत्याग गर्नैपर्छ, नैतिकता आधारमा । पूर्वसभामुख कृष्णबहादुर महरा एक उदाहरण हुन, जसले आरोप लाग्नासाथ राजीनामा दिएर, अन्ततः अदालतबाट सफाई पनि पाइसके ।

अहिले डा. श्रीकृष्ण गिरी चिकित्सा शिक्षा आयोगका सबैभन्दा प्रमुख कार्यकारी अधिकारी हुन । उनलाई झापाको प्रश्तावित विएण्डसी मेडिकल कलेजको सम्वधन माग्न जादा २० करोड घुस मागेको आरोप छ । यो आरोप पत्रकार सम्मेलन नै गरेर कलेजका संचालक दुर्गा प्रसाईले लगाएका हुन । यस विरुद्ध प्रसाईंले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण बिभागमा पनि लिखित उजुरी पहिल्यै दत्र्ता गरिसकेका हुन । जसमा सुरुवाती छानबिन चलिरहेको बुझिएको छ ।

चिकित्सा शिक्षा आयोग ठूलो संघर्षपछि सरकार र जनबलको संयुक्त उपलव्धीका रुपमा गठन भएको हो । यो आयोगमा स्वच्छ छबिका योग्य व्यक्ति रहनुपर्छ, कार्यकारी उपाध्यक्ष जस्तो संवेदनशील र जिम्मेवार पदमा ।

तर नियुक्तिमा पनि नक्कली कागजातको साहारा लिएका र नियुक्त भएपछि पनि प्रश्तावित कलेज संचलाक प्रसाईसंग घुस मागेको आरोप लागेका उपाध्यक्ष डा. गिरी नैतिकतालाई मनोहरा खोला किनारतिरै बगाएर जर्बजस्त आयोगको मुख्यालयमा आशन जमाईरहेका छन ।

कृष्णबहादुर महरादेखि गोकुल बास्कोटासम्मले नैतिकताका आधारमा आरोप लागेकै भरमा पदत्याग गर्ने संस्कारले के देखाउछ भने नेकपाभित्र मौलाएका बिकृतिहरु वा आर्थिक अनियमितताका प्रसंगमा करेक्सनको कठोर शैली स्थापित हुदैछ । यो राम्रो संस्कार पनि हो किन भने मान्छेमा हुने सामान्य कमजोरीहरुबाट यो सत्ता र सरकारका कुनै पनि अधिकारी मुक्त हुन सम्भव छैन ।

तर नेकपाकै सरकारका शिक्षामन्त्री गिरीराजमणी पोखरेलको विशेष पहलमा आयोगमा बिबादका वीच पुगेका डा. गिरीले भने सरकारलाई नै नैतिक रुपमा अपठ्यारो पर्ने परिस्थिति बनिरहदा पनि नैतिकताको आधारमा राजीनामा दिएका छैनन् । उल्टै उनले घुस मागिएका मेडिकल उद्यमी प्रसाईलाई प्रहरी प्रशासन लगाएर थुन्ने थुनाउने असफल प्रयाश गरे । त्यसमा तालुकदार मन्त्री र सरकारी अंग रमिते वा भित्री सहयोगी बने । तर हिम्मतिला प्रसाई आफै जोगिदै घुस माग्ने गिरी विरुद्धको लडाईंमा एक्लै लडिरहेका छन ।

मेडिकल उद्यमी प्रसाईले पत्रकार सम्मेलन गरेर लगाएको आरोप निराधार भनेर डा. गिरीले सफाई दिन सकेका छैनन् । बरु सरकारी पदको दुरुपयोग गरेर प्रसाईलाई दुःख दिन खोज्दा आफैं तीन वल्ड्याँग खाएका छन । यसको मत्लव उनी पानीमाथिको ओभानो हुन एकपछि अर्को झुट र षडयन्त्रमा तल्लिन छन ।

त्यसैले अब चिकित्सा शिक्षा ऐनको व्यवस्था अनुसार पदेन अध्यक्ष रहेका नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नै आयोगका बिवादाष्पद उपाध्यक्ष डा. गिरीलाई सकेसम्म राजीनामा गराउन, अन्यथा बर्खास्त गर्न सक्नैपर्छ । आयोगको अस्मिता र गरिमा नै जोगाउन नसकेका उपाध्यक्ष डा. गिरी, प्रधानमन्त्री ओलीका लागि गोकुल बास्कोटा भन्दा निकट वा विश्वासिला पात्र होईनन् । संयोगले मात्रै ओलीले गिरी उपाध्यक्ष रहेको आयोगमा पदेन अध्यक्ष बन्नु परेको जगजाहेर छ ।

भ्रष्टाचार विरुद्ध शून्यसहनशीलताको नीति लिएका प्रधानमन्त्री ओलीले २० करोड घुस मागेको आरोप लागेका आयोग उपाध्यक्ष डा. गिरीमाथि सिघ्र कडा एक्सन नलिने हो भने, यो प्रधानमन्त्रीको उदेश्यमाथि नै प्रहार हुनेछ । आफैले नैतिकता दर्शाउन नसकेपछि अब डा. गिरीलाई प्रधानमन्त्रीले नै सिधै बर्खास्त गर्न सक्नुपर्छ । यसो भयो भने मात्र डा. गोविन्द केसीहरुको आन्दोलन समेतको उपलव्धीका रुपमा जन्मेको आयोगको औचित्य साबित हुनेछ । होईन भने गोकुल बास्कोटालाई नैतिकता लागू हुने देशमा आयोग उपाध्यक्ष डा. गिरी मात्रै अपवाद हुन सक्दैनन् नी सक्छन र सम्माननीय प्रधानमन्त्री ज्यू ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)