बिहेअघि यौन सम्बन्ध राख्न नदिने प्रस्तावित कानुनको इन्डोनेशियामा चर्को विरोध



इन्डोनेशियाको संसद्‌बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ।

प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको चर्को विरोध भएको छ।

उक्त मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानहरू पनि विरोध भयो।

मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएपछि त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मान्नेछ।

तत्कालका लागि उक्त मस्यौदा कानुनलाई पारित गर्ने विषयलाई पछि सारिएको छ। तर प्रदर्शनकारीहरू त्यो संसद्‌बाट अन्तत: पारित हुने चिन्तामा छन्।

विवादास्पद मस्यौदामा के छ?

प्रस्तावित अपराध संहितामा निम्न विषय छन्:

  • विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध हुनेछ र त्यसो गरेमा एक वर्ष जेल सजाय हुन सक्नेछ
  • विवाह नगरी सँगै बसेमा छ महिनाको जेल सजाय हुन सक्नेछ
  • राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झण्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन
  • चिकित्सकीय कारण वा बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ

संसद्‌मा मङ्गलवार उक्त प्रस्तावित कानुनमा मतदान हुने योजना थियो। तर राष्ट्रपति जोको विडोडो मतदान सारिएको भए पनि इन्डोनेशियालीहरू उक्त कानुन संसद्‌बाट पारित हुने आशङ्का व्यक्त गर्छन्।

ले त्यसमा थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रवारका लागि स्थागित गरिदिए। देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने एउटा कानुन पारित गरिएकाले पनि मानिसहरू आक्रोशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका