इजरायलमा संयुक्त सरकार गठन हुने



इजरायलका प्रधानमन्त्री र मुख्य विपक्षी नेताबीच संयुक्त सरकार बनाउन अग्रसरता लिने एउटा उल्लेखनीय सहमति भएको त्यहाँका राष्ट्रपतिले जनाएका छन् ।

राष्ट्रपति रूभेन रिभ्लिनले प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्ससँगको भेटपछि दुवै नेताले महत्वपूर्ण कदम चालेको बताएका हुन् । राष्ट्रपतिले दुई प्रतिस्पर्धी नेतासँग गरेको छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

तर उनले भने, “हामीले एउटा विशेष कदम अघि बढाएका छौँ।“ संयुक्त वक्तव्यमा प्रधानमन्त्री नेतन्याहु र ग्यान्ट्सले पनि नयाँ सरकार गठनको निम्ति वार्ता गर्ने सहमति भएको जनाएका छन् ।

उनीहरूका अनुसार दुवै दलका वार्ताकारहरूबीच मङ्गलवार छलफल हुनेछ । यो वर्ष दोस्रो पटक भएको गत साताको निर्वाचनमा कसैको बहुमत नआएपछि त्यहाँ राजनीतिक अन्योल कायम छ ।

ग्यान्ट्सको गठबन्धनले ३३ र नेतन्याहुको दलले ३१ सीट जितेका छन् । राष्ट्रपतिले दुवै पक्षलाई सरकारमा सहभागी गराउने उपाय सुझाएका छन् ।

आफ्ना वार्ताकारहरूको छलफलपछि दुवै नेताले फेरि राष्ट्रपतिलाई भेट्ने बताइएको छ । राष्ट्रपतिले एक वर्षमा तेस्रो पटक चुनाव गराउनुपर्ने अवस्था आउन नदिने आफूले सक्ने सबै कुरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा बर्डफ्लुको प्रकोप

टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका

गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु

गाजा । इजरायली सेनाले गाजा पट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

मस्को । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको

गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

गाजा । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता