बेलायती प्रधानमन्त्री स्टारमर डब्लिन आयरल्याण्ड भ्रमणमा



ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यले बेलायतका प्रधानमन्त्री कीर स्टारमरले शनिबारदेखि आयरल्यान्ड भ्रमण सुरु गरेका छन् । यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्याण्ड भ्रमण हो ।

डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई “संयुक्त अधिराज्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण” भनेर वर्णन गरेको छ ।

आयरल्याण्डका समकक्षी साइमन ह्यारिसले स्टारमरलाई डब्लिनमा स्वागत गरेका छन् । “यो भ्रमणले बेलायत र आयरल्यान्डबीचको सहयोग र मित्रताको नयाँ युगलाई चिह्नित गर्दछ”, स्टारमरको कार्यालयले आयरल्यान्ड भ्रमण घोषणा गर्दै एक विज्ञप्तिमा भने ।

युके–आयरल्यान्ड सम्बन्ध “कहिले पनि आफ्नो पूर्ण क्षमतामा पुगेको छैन र म यसलाई परिवर्तन गर्न चाहन्छु”, डाउनिङ स्ट्रीटले जारी गरेको टिप्पणीमा स्टारमरले भने ।

बेलायतीहरूले सन् २०१६ मा एउटा ऐतिहासिक जनमतसंग्रहमा युरोपेली सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेका थिए र वर्षौँको राजनीतिक विभाजन र गतिरोधपछि अन्ततः सन् २०२० मा देश युरोपेली सङ्घबाट बाहिरिएको थियो।
कन्जर्भेटिभ पूर्व प्रधानमन्त्री बोरिस जोनसनको यो कदमलाई आयरल्यान्ड र उत्तरी आयरल्यान्डको ब्रिटिश प्रान्त बीचको सम्बन्धलाई अस्थिर पारेको भन्दै आलोचना गरिएको थियो ।

शनिबारको भ्रमणका क्रममा दुई देशका नेताहरुले ’गुड फ्राइडे सम्झौता, सन् १९९८ मा भएको ऐतिहासिक शान्ति सम्झौता र उत्तरी आयरल्यान्डमा मेलमिलापका लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जा भट्टीद्वारा सेवा सुरु

पेरिस । फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु, ६२ हजार घरमा क्षति

मापुटो । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको

अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा