कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु



मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बताएका छन् ।

गभर्नर निकोलस गार्सियाले बताएअनुसार एक कामदारको उपकरण पत्थरमा ठोकिएर निस्केको झिल्कोले खानीमा चुहावट भएको ग्यास टिपेपछि खानीमा विस्फोट भएको हो ।

अग्निनियन्त्रक र उद्धारकर्मीहरू खानीको प्रवेशद्वारमा उद्धारका लागि पुगेको स्थानीय सञ्चारमाध्यमका तस्बिरहरूमा देखाइएको छ भने मृतक श्रमिकका केही नातेदारहरू आफ्ना प्रियजनहरूको बारेमा जानकारीको पर्खाइमा बसिरहेका छन् ।

गार्सियाका अनुसार श्रमिकहरू नौ सय मिटर (दुई हजार नौ सय ५० फिट) जमिनमुनि फसेकोले खोजीमा खटिएका एक सयभन्दा बढी उद्धारकर्तालाई उनीहरूसम्म पुग्न कठिन भएको थियो ।

उनले भने, “खानीमा विस्फोटपछि चाँडै नै अक्सिजन कम हुने भएकोले उनीहरूलाई जीवितै उद्धार गर्न असम्भव भएको हो ।”

तेल र कोइला कोलम्बियाको मुख्य निर्यात हो भने खानीमा हुने विस्फोट र दुर्घटनाहरू बारम्बार हुने गर्छन् ।

गत अगष्टमा मध्य कुन्डिनामार्सा क्षेत्रमा रहेको अवैध कोइला खानीबाट नौ जना मजदुरलाई उद्धार गरिएको थियो ।

सन् २०२१ मा, चौथो ठूलो ल्याटिन अमेरिकी अर्थव्यवस्थामा खानीका घटनामा एक सय ४८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलसँगको युद्धविराम हिजबुल्लाहको जित भएको समूहका प्रमुख कासिमको दावी

बेरुत । हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिएका छन्

इजरायली आक्रमणमा परी गाजामा तीन सहायताकर्मीको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले हमासद्वारा सञ्चालित क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी

रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण

भ्लादिभोस्टोक । रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक