१७ वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत



काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बिहीबार बसेको परिषद्को ११३औँ बैठकले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामग्रीको बजार मागका आधारमा हाल कायम रहेका गुणस्तरलाई परिमार्जन गरी पारित गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । उनका अनुसार बैठकले गरगहना, पानी, माटो परीक्षणसँग सम्बन्धित आइएसओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तरअनुरुप परिक्षण विधिका गुणस्तर स्वीकृत गरेको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्य सचिव विभागका महानिर्देशक हुने प्रावधान छ । विभागका महानिर्देशक ज्योति जोशी भट्टले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरी पारित गर्ने प्रावधान रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दार्चुलाको

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौँ । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास

हिमाल हेर्न कोखेडाँडा

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै