धर्भभक्त माथेमाले सहादत प्राप्त गरेको स्थानमा स्मृतिसभा आयोजना



काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौँको सिफल उकालोमा आइतबार स्मृतिसभा आयोजना गरिएको छ ।

सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृतिसभा गरिएको हो ।

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरकाका उपप्रमुख सुनिता डंगोलले जनमानसमा सहिदको योगदान पुर्याउने काम गरिएको बताइन् ।

माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्दै डंगोलले भनिन्, ‘माथेमामा राजनीतिक चेतनाथियो । उहाँशारीरिक सुगठन (व्यायाम) काप्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायामसिकाउने शिक्षकभएर पनिनिरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो । शासकसँगको सम्बन्धकाकारण व्यक्तिगत रुपमाउहाँलाई सुख सुविधा सबै प्राप्तहुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताकालागिज्यानदिनतयार हुनुभयो । उहाँको बलिदानीकाकारण आजहामीमनमालागेका कुरा यहाँउभिएर बोलिरहेका छौँ ।’

शारीरिक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उनले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए । वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथप्रजा परिषद गठन गरेका थिए ।

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो । उनी बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । ३ पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादतप्राप्त भएको थियो । त्यस बेलाउ उनी ३१ वर्षको मात्र थिए ।

वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शासकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएरर ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदीकिनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा पूर्वाधार निर्माण हुँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

धनगढी । कैलालीमा छाउगोठमा सुतिरहेकी एक महिलामाथि बाघले आक्रमण गरेको छ । कैलालीको

पाथीभरा या मुक्कुमलुङ्लाई जस्ताको त्यस्तै बाँच्न दिऊँ

-नारायण गाउँले । पाथीभरा केबलकार प्रोजेक्टको स्थानीय लिम्बू समुदायले विरोध गरेको रहेछ ।

बडिमालिकामा हिमपात

बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकाको मुख्य मन्दिर । यतिबेला हिउँपरेपछि यो