सरकारले १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाले प्राधिकरण त्यसैअनुरुप अघि बढ्छः कुलमान घिसिङ



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगीले अबको १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइन बक्यौता नबुझाए फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएका हुन् ।

उनले सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाले प्राधिकरण त्यसैअनुरुप अघि बढ्ने बताए ।

उनले भने, ‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौ ।’

उनले यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत नियमन आयोगको निर्देशन अनसुार तीन महिना उद्योगीलाई सुविधा दिएको बताए ।

उनले अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेकाले यो सर्वसाधारण सरोकारवालाको चासोको विषयसमेत भएको बताए ।

उनले अब लाइन काट्ने र जोड्ने गर्नुभन्दा पनि दिर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताए । उनले भने, ‘अब प्राधिकरण लाइन काट्दै बक्यौता उठाउने बाटोतिर जाँदैन । हामीले अब लाइन काट्नेतिर नलागौँ भनेका छौँ । अहिले यो समस्या समाधानको अन्तिम चरणमा आइसकेको थियो। हामीले यस पटक पनि नेपाल सरकारको निर्देशन पालना गरेका छौँ।’

उनले बक्यौता नतिर्ने उद्योगीको पक्षमा भएका निर्णयले देशकै अर्थतन्त्र समस्यामा पर्न सक्ने चेतावनी दिए । उद्योगीले नियम अनुसारको बक्यौता तिर्नुको साटो विषयलाई अल्झाएर राजनीति गरिरहेको र यसले गम्भीर अवस्था ल्याउने चेतावनी दिएका हुन् ।

पहिले सामान उत्पादन गरेर स्टकमा राख्ने अनि प्राधिकरणले लाइन काटेपछि उद्योग नै ठप्प भयो, बेरोजगारी बढ्यो, महँगी बढ्ने भयो, औद्योगिक क्षेत्र धाराशायी बनाउने काम भयो भन्दै उद्योगीहरूले भावनात्मक कुरा गरेर चलखेल गर्ने गरेको घिसिङले आरोप लगाए ।

उद्योगीका भावनात्मक कुराको पछाडि लागेर बक्यौता असूल नगर्दा प्राधिकरणको बक्यौता असूलीमा ठूलो प्रभाव परिरहेको घिसिङको भनाइ छ ।

उनले भने, ‘हामीले एक हजार रुपैयाँ नतिर्ने ग्राहकको पनि लाइन काट्ने गरेका थियौँ तर अहिले त अर्बाैं रुपैयाँ नतिर्नेको लाइन जोडिदिने तर हाम्रो लाइन किन काट्ने भनेर चौतर्फी प्रश्न उठ्न थाल्यो ।’

बक्यौता नतिर्ने उद्योगीलाई देखाएर अरूले पनि बक्यौता नतिर्दा पछिल्ला केही महिनामा प्राधिकरणको बक्यौता असूली २० प्रतिशतले घटेर ८० प्रतिशतसम्म झरेको घिसिङले बताए ।

यस्तै अवस्था आएमा निजी उत्पादकहरूबाट प्राधिकरणले किनेको बिजुलीको पैसा भुक्तानी गर्न समस्या हुने र देशकै अर्थतन्त्र समस्यामा पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका

बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं ।  सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका