नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई क्यान्सर



काठमाडौं । नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।

कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा. अन्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताइन् । उनले रगतबाहेक मस्तिष्क तथा ढाड, ग्रन्थी, आँखा, हड्डी , मिर्गाैला, मांसपेशीलगायतमा क्यान्सर हुने देखिएको बताइन् । डा पण्डितले घाँटीमा गाँठो देखिनु, गिजाबाट रगत आउनु, आँखामा धब्बाहरु देखिनु, गालामा ट्युमर देखिनुलगायत क्यान्सरका लक्षणहरु भएकाले यसको समयमै उपचार गर्नुपर्नेमा जोड दिइन् ।

उनले समयमै क्यान्सर पत्ता लगाउन सके उपचारले निको हुनेसमेत जानकारी दिइन् । डा पण्डितले बालबालिकामा हुने क्यान्सरमध्ये बालकलाई तीन वर्ष र बालिकालाई दुई वर्षमा उपचार गरी निको पार्न सकिने उल्लेख गरिन् । ।काठमाडौँ मेडिकल कलेज एन्ड शिक्षण अस्पतालका डा. आशिषलाल श्रेष्ठले बालबालिकामा हुने क्यान्सरको उपचार नेपालमा नै सम्भव रहेको बताए ।

“बैलैमा रोगको जाँच र निदान भएमा बाल क्यान्सर पूर्ण रुपमा निको हुन्छ,” उनले भने । डाक्टर श्रेष्ठले गर्भवती अवस्थामा मद्यपान तथा धुम्रपान गर्नाले, विकिरण तथा रसायनका कारणले, प्रदूषित वातावरण तथा अत्यधिक कीटनाशकको प्रयोगले र गर्भावस्थामा भ्रुणमा देखापरेको वंशाणुगत असन्तुलनले बालबालिकामा क्यान्सरको समस्या हुने गरेको बताए ।

उनले क्यान्सर भएका बालबालिकाका अभिभावकामा जनचेतना फैलाउन नसक्दा यसको उपचारमा कमी आएको उल्लेख गरे । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विश्वव्यापी समस्याका रुपमा रहेको बाल क्यान्सरबाट नेपालमा पनि थुप्रै बालबालिकाहरु पीडित भएका र यसको रोकथामका लागि महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले काठमाडौँ महानगरवासीलाई स्वास्थ्य राख्न यस्ता सामाजिक संस्थासँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही संस्थाका बाल्यअवस्थाको क्यान्सर सचेतना कार्यक्रमका संयोजक विकासमान सिंहले नेपालमा बाल क्यान्सरको अवस्था भयावह रहेको तर उपचारका लागि निकै कम मात्रामा स्वास्थ्य संस्थामा पुग्ने गरेका र पुगेकाहरुमध्ये पनि ३० प्रतिशतले मात्र उपचारमा निरन्तरता दिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटलमा युवक मृत भेटिएपछि सँगै बसेकी युवती र होटल संचालक पक्राउ

झापा । झापाको एक होटलमा युवा मृत फेला परेका छन् । बिर्तामोडस्थित एभरेष्ट

कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कठै मेरो देशः सिमेन्टका जनावरका मूर्ति बनाउँछ, तर स्वास्थ चौकी बन्द हुन्छ

  डा. युवराज संग्रौला । हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ ।