बजेट कार्यान्वयन हुनेमा शंका नगरौंः अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८ /७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् । उनले यो बजेट केबल सुनाउनका लागि मात्र नभई कार्यान्वयन गर्नका लागि ल्याइएको बताए ।

उनले बजेट कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित गरिएको र कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्ने बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको दाबी गरे । आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उनले जनाए । उनले भने, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन ।’

उनले सरकारले निर्वाचनका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए ।

सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतिको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताए । सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाए ।

उनले खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट पारे । उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको बताए ।

संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछि पनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए । कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उनले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको बताए ।
अर्थमन्त्रालयका सचिव रामशरण पुडासैनीले कोभिड १९ संक्रमणको माहामारीबाट प्रभावित भएको अर्थतन्त्राई पुनरुत्थान गर्नका लागि सरकारले केही सामान र क्षेत्रमा कर छुट दिएको स्पष्ट पारे ।

सचिव पुडासैनीले सरकारले अघि सारेको कर छुट कार्यक्रमले लगानी बढाउने, नयाँ उद्योग स्थापना हुने, औद्योगिक क्षेत्र फस्टाउने र अन्ततः त्यसले राजश्व पनि बढाउने विश्वास आफूहरुले लिएको बताए । कुल बजेटको ६२ प्रतिशत भन्दा बढी राजश्वबाट नै परिपूर्ति गरिने भएकाले चालु आयोजनालाई निरन्तरता दिनका लागि र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि त्यसो गरिएको उनले स्पष्ट पारे ।

अर्थमन्त्रालका सचिव शिशिर ढुंगानाले कोभिड १९ संक्रमणको महामारीका कारण आर्थिक गतिविधि नै कम भएको क्षेत्रलाई अस्तित्वमा राखिराख्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कर छुटको व्यवस्था गरिएको स्पष्ट पारे ।

ढुंगानाले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि नै यस्तो व्यवस्था गरिएको बताए । उनले विद्युत् खपथ बढाउनका लागि विद्युतीय सामग्रीमा कर छुट गरिएको बताए ।

उनले कोभिड १९का मारमा परेको क्षेत्रलाई सरकारले अघि सारेको राहत र पुनरुत्थानका कार्यक्रमले उत्पादन बढाउन तथा रोजगारी श्रृजना गर्न सक्ने भएकाले त्यसैलाई आधार बनाई ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको बताए ।

बजार खुल्ने वित्तिकै हुनसक्ने अर्थतन्त्रको चलायमानका आधारमा राष्ट्र बैंकले गरेको अध्ययनका आधारमा यस्तो लक्ष्य राखिएको र खोप दिइसकेपछि आर्थिक गतिविधिलाई पुनरुत्थान गरि पुरानै लयमा फर्काउने छौ भन्ने विश्वासका साथ आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच युद्धविराम सम्झौता

बीबीसी । इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता

निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानुन सर्वोच्चद्वारा बदर

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास

खानेपानी अभावमा काकाकुल छन् सर्लाहीका ९ सय बढी घर परिवार

बरहथवा । सर्लाहीको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव भोग्न बाध्य छन्

पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि