वैदेशिक रोजगार प्रवद्र्धन कोषको रकमबाट विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने सरकारको निर्णय



काठमाडौं । सरकारले विदेशमा अलपत्र परेकाहरु नेपालीहरुलाई वैदेशिक रोजगारी प्रवद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना कहरका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित गरेको जानकारी दिए ।

कार्यविधि पारित भएसँगै स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र बनेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गरिने उनले बताए । उनले लकडाउनको अवधिभर देशभित्र रहेका बिमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका साथै पार्किङका लागि लाग्ने शुल्कमा सहुलियत दिने निर्णय पनि गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीका व्यक्तिलाई नेपाल आउन दिने निर्णय छ । प्रवक्ता खतिवडाका अनुसार नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिइनेछ ।

त्यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल आउन दिइने मन्त्री खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले सञ्चारमाध्यमहरुका लागि नवीकरण शुल्क छुट दिने निर्णय पनि गरेको छ। राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको प्रवक्ता खतिवडाले बताए । कोभिड १९ को महामारीका कारण सञ्चारमाध्यमलाई सहुलियत स्वरुप यस्तो छुट दिइएको उनले जानकारी दिए ।

बैठकले बिभिन्न स्थानमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । त्यस्तै स्मार्ट टेलिकमको नवीकरण दस्तुर तिर्ने समय दुई महिना थप गरिएको छ ।

टेलिकमले कोभिडका कारण गरिएको लकडाउन कारण समस्या भएको भन्दै निवेदन दिएको थियो । सोही निवेदनलाई आधार मान्दै मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्मलाई समय थप गरेको खतिवडाले बताए ।

यसअघि कम्पनीले असार मसान्तभित्र नवीकरण दस्तुर तिर्नुपर्ने थियो । प्रदेश र जिल्लामा स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरमा प्रदेश निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई समेत समावेश गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत निर्वाचन विधेयक सङ्घीय संसदमा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

काठमाडौँ।  सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय

विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा

अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने