लघुकथा:जय गुन्द्रुक
प्रभादेवी पौडेल।
ढिलै भएपनि आफ्नो पढ्ने रहर तिब्र हुनाले म कलेज भर्ना भएँ। छोरो सानै थियो छोरी कलेज जान्थि।दिउसोको पढाई भएपनि अन्तरिक परीक्षा भने बिहान आठ बजेबाट एघार बजे सम्म हुन्थ्यो। छोरीको भने जाँचको तयारी बिदा थियो। भान्छामा छिर्न मरिजाने छोरीलाई खाना बनाउन कर लाग्यो। एघार बजे परीक्षा सकेर बाहिर निस्कदा भोकले थाल नै निलूॅ जस्तो हुन्थ्यो। कतै न भुली म फटाफट घर आएँ। कपडा नै नफेरी हात गोडा धोएर सिधै भान्छा तिर गएँ ।पहिलो दिन दाल र तरकारीको संयुक्त रुप गुन्द्रुक पाकेको थियो। मैले चिसै खाना खाएँ।
भोकको झोकमा निक्कै मीठो लाग्यो। नलागोस् पनि कसरी? माईती टाढा हुनाले एकछाक अरुले पकाएर दिएको खान पनि रहरै थियो। त्यसरीनै अर्को दिन पनि घरमा गुन्द्रुक पाक्यो।मन मनै सोच्दथ्याॅ, अर्को तिहुन पकाएनि हुन्थ्यो भनेर ,तर त्यही पनि नपकाउली भनेर मुख खोलिन। मुखलाई मीठो भएपनि शरिरलाई चाहिने सम्पूर्ण तत्व त मिल्ने थिएन गुन्द्रुकमा । उसको पनि परीक्षा आएकोले ऊ पढाईमा नै ब्यस्त हुन्थि। अर्को मनले लाग्थ्यो ,आधा घण्टा कस्सिएर पकाउने भने त दाल तरकारी पनि पाक्छ।
अर्को दिन गुन्द्रुकको पोको डब्बा डब्बीको पछाडी लुकाएर गएँ। त्यो दिन पनि गुन्द्रुक नै पाक्यो। अब त अतिभो भनेर मैले पोको पल्तिर देउरानिको घरमा लगेर लुकाएँ। परीक्षा सकियो घर आएँ। गेट देखिनै मीठो प्याजको हरर बास्ना आयो। आज त मुख फेरिने भयो भनेर मुख मिठ्याउॅदै के पस्न लागेकी थिएँ छोरीले भनि , -“बुढी माउ केही चिज पनि ठेगानमा राख्नु छैन, काकी पनि बिहानै माईत जानु भएको रहेछ काकासंग एक कचौरा मागेर ल्याएँ।”