लघुकथा:पस्चाताप
प्रभादेवी पौडेल।
आफ्नो घरबार बिग्रिए पछि संगीता रोजगारको शिलसिलामा बाहिर गएकी थिई ।यता बाको मृत्यु भएको सामाचारले ऊ चिन्तित भई। उसलाई बा मरेको भन्दा पनि रोगी आमाको एक्लो पनले पिरोल्न लाग्यो। ऊ त्यता काम छोडेर स्वदेश फर्की। दाजुभाइ पनि उसलाई देखेपछि पर पर भए।
आमाको सबै जिम्मा उसको काॅधमा पर्यो।घरको न्यून आर्थिक अबस्था साथै आमालाई लाग्ने उपचारको खर्चले उसले काम त गर्नुनै पर्ने भयो। आमाको कारणले बाहिर गएर काम गर्ने अबस्था थिएन । घरकै पाली बारेर सानो चिया पसलबाट शुरु गरि।सबैले सोध्ने गर्थे, -“साहुनी के के पाईन्छ याहाँ ?” उसले चिया नास्ता उत्तर दिंदा मुख बिगारी हिड्थे सबै।उसले बाध्यताले पनि ब्यापार बढाउन कर लाग्यो। ग्राहकहरु अघिपछिका भन्दा ओइरो लाग्न थाले।ऊ आफ्नो आमाको लागि जुन सुकै मुल्य चुकाउन तयार थिई।
एउटा नियमित आउने ग्राहकले निक्कै सहानुभूति जनायो र भन्यो , -“बैनी आमाको अप्रेसन खर्च कति जति लाग्छ होला?” उसले उत्तर दिई ,-“दूई लाख लाग्छ रे।” -“त्यति सबै पैसा त एक्लै बेहोर्न सक्तिन म हाकीम सरसंग कुरा गर्छु।” बेलुका उसले हाकिमलाई पनि ल्यायो। कुनै शर्त राखे त्यो दिन खान पिनमा खुब रमाए ,भित्री कोठामा हाम्लाई पनि मायाले हेर संगीता भन्ने मीठो धुन बजिरहेको थियो।उनीहरुले अबला नारी माथि धेरै सहयोग गरे।
भोलिपल्ट पसल बन्द थियो। उनीहरुले भित्र गएर आमालाई सोधे । आमाले रुँदै भनिन् ,-“म अभागी जानु पर्ने ठाउँमा अस्पताल बाटै आफु गई बाबु।” उनीहरुले जिज्ञासा राखे,-” के भएको रहेछ आमा संगितालाई ?” -“दिउसो आएर दाजुले एटस लागेको रे भन्थ्यो , के हो त्यो एटस भनेको बाबु ?”